1. ताजा अपडेट
Comments Add Comment
sanju baba
२०७५ भदौ ३१ गते १७:०२
थुक्क बुदि बिग्रेका, पैसा कमाउन अापनै चेलीबेटीलार्इ बेश्याकाे लार्इसेन्स दिन लागेकाे, अनि युवापिढीलार्इ त्यस भुमरीमा पारेर देशकाे विकास गर्ने रे । थुर्इक्क .....
सन्तोष थापा
२०७५ भदौ ३० गते १२:१९
प्रदेश नं ४ का मुख्यमन्त्री माननिय पृथ्वी गुरूङज्यूले ब्यबस्थित 'रेडलाईट' एरिया तोक्ने प्रस्ताव एकदम राम्रो लग्यो। यसबाट सरकारलाई कर सहयोग हुने र यौनजन्य अपराध, जस्तै बलत्कार र बलत्कार पछि हुने हत्याहिंसा हन नदिन धेरै मदत पुग्नेछ । यसले घरभित्र, हाडनातामा हुन सक्ने वा अप्रत्यक्ष यौन अपराध धेरै हदसम्म घटनेछ । हाम्रो देशमा उमेर पुगेका युवकयुवती बीच एकअापसको मञ्जुरीमा होटल, रेष्टुरेन्टहरूमा हुने यौनक्रीडालाई कानुनी मान्यता नदिएको हुंदा प्रहरीहरूबाट होटल, रेष्टुरेन्टबाट महिनावारी उठाउने र हैरानि खेप्नुपर्ने भैरहेको यथार्थ सबैको सामु लुकेको छैन । यौन ब्यवसायलाई कानुनी मान्यता दिनसके राज्यलाई कर र जो शिक्षा, रोटीरोजीबाट बन्चित, असहाय, र अनियन्त्रित यौनईच्छा भएकाहरूले पनि अाफ्नो खुट्टामा उभिन सक्नेथियो कि ? जब कुनैसुकै कुराको डिमाण्ड हुन्छ त्यहां कुनै न माध्यमबनट सप्लाई थ
मोहन पौडेल
२०७५ भदौ ३० गते ११:२२
के अब तिमीहरूलाई पाल्न हाम्रा चेलीबटीले शरीर बेच्नु पर्ने भो कम से कम एक पटक सोचौं देह व्यापार पेशा होइन बाध्यता हो । जो यस्तो बाध्यतामा छन् तिनिहरूलाई स्वाभलम्बी बनाउँने तर्फ जाने कि अनैतिक कार्यलाई नैतिक बनाएर कर उठाउँने ? के अब सुपारी लिएर हत्या गर्नेहरूको रकममा पनि कर लगाउन हत्या गर्ने लाई पनि पेशा मान्ने ? कुनै पनि चेलीलाई यस्तो कार्य गर्न बाध्य बनाउँने तपाईंहरू जस्तै कुबुद्धि भएका नेताहरूले बनाएको सिस्टमले गर्दा हो । हाम्रो समाज भनेको नारीलाई पूजा गर्ने समाज हो । यसैले यस्तो सोच आउँनु ले नै नेता ज्यूको मानसिक अवस्था कस्तो छ भन्ने कुरा स्पष्ट हुन्छ । केही विकृत मानसिकता भएका नेताहरूको मात्र देश होइन यो हजारौं बर्ष देखि यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता भनेर शंङ्खनादहरू गर्ने देश हो यो । के अन्य स्रोत साधन केही नभएको हो र हामी सँग अब ? छोरी चेलीको शरीर वेचेर नै नेता पाल्नु पर्ने अवस्था आइसकेको हो र ?
Sanjay
२०७५ भदौ ३० गते ६:२८
Sarkar le paryatan , paraytan bhanya chan , yas bata aako paisa matra aako dekhya cha, tara yesko smajik prabhav ko bare ma pura anabhigya cha Desh majboot huna lai ta paryatan bhanda pani production sector baliyo hunu parcha jasto mali laag cha
kriparam
२०७५ भदौ ३० गते ०:०६
को बन्छन यौन कर्मी ? १. गरिबी ले सताइएका २. बुद्दि कम भका( कति मन्द बुद्दि का पनि ) ३ सोझा जसलाई दलाल ले सजिलै फसाउन सक्छ ( विभिन्न नाटक , नक्कली मायाजाल गरेर ) ४.ड्रग , रक्सि एडिक्ट ( आफ्नो नशा को लागि जेपनि गर्ने) - येस्ता हरु बढदैछन नेपाल मा ( बिकशित देसमा अधिकांश ब्यस्या एडिक्ट हुन्छन ) ५. मानशिक रुपले विछिप्त/ मनोविज्ञान बिग्रेका , (लोग्ने / प्रेमी ले छोडेका ; बाउ ,आमा रक्सि / ड्रग एडिक्ट ; सानोमा यौन सोषण मा परेका ) ६. अपबाद मा - बुद्दि भका तर भ्रस्ट र पैसा लाई अति महत्व दिने हरु!
lamaji
२०७५ भदौ २८ गते १२:२०
हाम्रो नेपाल विश्वकै पर्यटकिय गन्तव्य मध्य उत्कृष्ट गन्तव्य हो । यँहाका हिमाल ,पहाड नदिनाला,वनजंगल, पशुपंक्षी,ताल तलैया सँस्कृति,मठ मन्दिर गुम्बा चैत्य,देवालय र विश्व सम्पदाको सुचिमा रहेका प्राचिन स्मारकहरू विश्व सामु परिचित छन।सगरमाथाको नाम लिने बित्तिकै संसारका जो कोहिलाई पनि नेपाल भ्रमण गर्ने उत्सुकता जागेर आउछ। हामि मा प्रशस्त संभावना बोकेका यि प्राकृतिक चिजहरूको भरपुर उपयोग गरि पर्यटन व्यवसायलाई उचो राख्न सकिन्छ।पर्यटकहरू भित्र्याउन नेपाली समाजमा सामाजिक र साँस्कृतिक रुप लगायत कानुनि रुपमा समेत बर्जित रहेको यौन धन्दाको किन वकालत गर्नु भएको हो मुख्य मन्त्रिज्यु,?यदि यौन व्यवसायलाई कानुनि रुप दिने हो भने सवै भन्दा पहिला हाम्रो आफ्नै चेलि ,छोरि बुहारी लाई हेर्नु पर्ने हुन्छ ,क।के अरुका चेलीहरू छोरी बुहारीहरू अर्कै ग्रहका प्राणि हुन? सकिन्छ भने गैर कानुनि यस्ता पेशामा लागेका चेलीलाई स्वाबलम्बि बनाउनको लागी महत्व पुर्ण कदम चाल्नोस । नत्र चोरले चोरी गरेर टन्न पैसा कमाएकै छ,यो पेशालाई व्यवसायिकरण गरौ भन्दा पनि फरक नपर्ला।।।। जय देश
Saurav
२०७५ भदौ २७ गते १२:५६
Idea thikai ho tar manage garna sakinchha k??? Nepali laai kada niyam Bideshi lai khukulo niyama gari manage garda cash flow badhchha tar bikriti laai vane rokna thap kanun aawashyak hunccha.
Lok Bdr. Bastola
२०७५ भदौ २७ गते ११:२६
सुरुमा सुन्दा यो प्रस्ताप अली असहज लागेता पनि बढ्दै गयको बलत्कारका घटना पनि कम हुने र प्रदेश ४ मा पर्यटक पनि बढ्ने सम्भावना देखीन्छ ।
bibek acharya
२०७५ भदौ २७ गते ११:२६
i like the opinion of the chief minister. it is a positive start. i believe that will definitely benefit the society as well with the contribution in economy . Apart from that government must think to legalize Marijuana that can bring some control over Hard drugs.
hari
२०७५ भदौ २७ गते ११:००
Immatured thinking.Inexperienced administration. Do not make nature gifted beautiful Nepal,paricularly Himalaya areas, a dirty destination. Tourists could be entertained with Nepal''s rich culture and traditon together with majestic Hiamalya and surrounding. Beauty of Hiamalayas is especial, can not be compared with other place. Control of unlowful activities is the responsibilites of administration.How to make mountain areas prosperous, needs wisdom,if necessary learn from other advanced countries. Common Nepales are hard working and honest,world famous brave, do not destroy them by introducing uncivilised way of lifestyle.
Palpasa
२०७५ भदौ २७ गते १०:३६
वास्तबमा कुनैपनि महिला वा पुरुष बेश्याबृतिमा संलग्न हुनु नपरोस र सकेसम्म कुनै महिलाले आफ्नो शरिर बेचेर खान नपरोस । जिन्दगी जिउनलाई उच्च मनोबल राखौ । हाम्रो समाज अनि राज्यले यौन व्यवसायलाई निरुत्साहित गर्नुपर्छ । यदि निरुत्साहित गर्न सकिँदैन भने निश्चय पनि हामी सबैले यसलाई व्यवस्थित गर्नु जरुरी छ । यौन धन्दालाई छाडा नछौडौ । यसरीनै छोडियो भने झन ठूलो बिकृति आउँछ ।
kaanchaa
२०७५ भदौ २७ गते ९:४०
ahile kaa mantri jii haru ko sapanaa nai kar chha harek thaau maa kar tirera ke jantaa khusi chha ta ? ra rahyo red light erea yo bilkul nai garna hudai na baru krisi tira paailaa chale maa des ko bhabisya raamro hune thiyo ki ?
Drj
२०७५ भदौ २७ गते ९:३६
यो बहसको विषय बनाउनै पर्ने विषय हो, पुरूष लाइ यौन प्यास मेटाउनै पर्ने त्यस्को लागी गैरकानूनि रूपमै भएपनि संचालन हुनेनै भए पछि निश्चित क्षेत्र तोकेर सुरक्षित र व्यवस्थित गर्दानै राम्रो हो, यस्ले पर्यटनलाइ मात्र सघाउने हैन, अनुगमन, रोग नियंत्रण आदिमा सजिलो हुनुको साथै केही राजश्व समेत आउने भएकोले सकारात्मक रूपमा लिन सकिन्छ तर हरेक चिजको नकारात्मक पाटो त हुन्छनै यस्ले नेपाली युवामा समेत वेश्यावृत्तिको लत लाग्लाकि भन्ने प्रश्न उठ्नसक्छ र अरू सामाजिक विकृत्ति पनि भित्रिन्छकि भन्ने त्रास जनमानसमा हुन सक्छ |
mohan
२०७५ भदौ २७ गते ९:११
syabas kyabat! timi haru ko yehi buddi le CPN lai kanha puryaunchha Future le dekhaune chha. SALA HARU.
Gaensh
२०७५ भदौ २७ गते ८:०५
ekdam sahi kuro aba maal khanalai chadai chadai nai pokhara aunuparla.
kriparam
२०७५ भदौ २७ गते ०:१५
नास्तिक नै भए पनि मानिसमा अलि आत्म(soul), नैतिकता र मानवता त हुन पर्ने हो गैर कानुनि हुँदा त यो महिला शोषण ( ब्यस्यब्रिती ) यसरी बढेको छ खुला छोड्ने हो भने नेपालि समाज कति पतित र तुच्छ भएर जाला कल्पना गर्न सकिन्छ ( अलि कति पनि बुद्दि र ग्यान छ भने ) करोडौ arabau जनसंख्या भएको छिमेकी मुलुकहरु नेपालि चेली हरुलाई भोग्न नेपाल आउने छन् अहिले त नेपालि भएर बाँच्न गारो छ तेस्पछि नेपालीको सिर कति निहुरेला ? आफुलाई प्रगतिशील र महिला समर्थक भन्ने बाट महिला हरु को शोषण बढाउने कुरा गर्नु नबुझेर हो कि अलिकति पनि सम्बेदनशिलता नभएर हो????? के पैसा को लागि चेली बेटी बेच्न र उनीहरुको शोषण को प्रोत्सहान गर्ने? हामि हरु पैसा को लागि यति धेरै तल गिरि सकिउं?
संजय पौडेल
२०७५ भदौ २६ गते २२:१७
रेड लाईट एरीया बारे बहस गर्नु भन्दा राम्रो कृषि ,जंगल , र जल सम्पदा बाट कर वा आम्दानी बारे बहस गरौं ।
Deependra samant
२०७५ भदौ २६ गते २२:१६
sahi ho...pokhara matra hoin nepal ko main city haru specially ktm ma Red light area hunu parxa.....
निरोज गुरुङ
२०७५ भदौ २६ गते २१:३७
वेश्यालयको सम्बन्धमा मुख्यमन्त्रीज्युसंग घोर आपति प्रकट गर्छु त्यसको सट्टा उत्पाकत्व बढाउनुु परयो , त्यो बढाउन उधोग धन्दा खोल्नु परयो त्यस्को लागि सरकारले वातावरण बनाउनु परयो जस्तै म एउटा प्लास्टिक रिसाईक्लिङ कम्पनी चलाउछु (विगतमा लोडसेडिङ, युद्ध, राज्स्वले कति दुख पाईयो त्यसको वर्णन नगरु ) मेरोमा ३० जना मध्ये ६ जना दम्पति काम गर्छन ति मध्ये ४ जना लोग्ने मान्छे अरब बाट फर्केेेका छन् १ जना दम्पतिले मासिक ३५/४० हजार कमाउछन् सगै बस्न पनि पाका छन् केहि रकम बचत पनि गरेका छन् ! लोग्ने विदेश हुदा कमाएको पैसा घर खर्च पनि चलाउन नपुग्ने ऋण को ब्याज तिर्दैै ठिक्क ! कति कमाउछन् एउटा अदझ कामदारले अाफनो स्वभिमान बेचेर ? पोखराकै कुरा गर्ने हो भने चप्पल लगाएर आएका भारतियहरु झुत्रा प्लाष्टिक भारत लगेर बेची करोडपति भएका छन् ,हाल केहि नेपाली केटाहरु यो पेशामा लागेका छन् जुन सकारात्मक हो यो उधोगले रोजगारी सृजना त गरेकै छ, वातावरण सफा गर्नमा मदद्त गरेको छ भने , देशको डलर पनि बचत गरेको छ हामीले ३० प्रतिशत प्लाष्टिक पनि खपत गर्दैनाै , पोखराको हकमा १० प्रतिशत पनि कुन्नि अरु सबै भारत जाने हो त्यो पनि चोर बाटो बाट १ सुको आउदैन , त्यसबाट कमाउने भनेको त्यही भारतयी कवाडी ,पुलिस र बोर्डर तिरका कर्माचारी ! यस्ता उधोग कम्तिमा १० वटा खोल्न सकिन्छ ४ नम्बर प्रदेशमा मात्र ! प्लाष्टिक बाहेक कागज ,टिना फलाम,सिसा आदी मिनरल वाटरका बोटलबाट धागो बनाउन सकिन्छ ! यस्ता उधोग खोल्न सरकार ले प्रोत्साहन गर्न पर्छ दम्पतिलाई संगसंगै काम गर्ने वातावरण को लागि निति नियम बनाए सुनमा सुग्न्ध लोग्ने विदेश मा, स्वास्नी छोराछोरी पढाउन गांउ छोडी शहर बस्नु पर्ने एकान्तले साह्रै टोक्छ कम्रेड ! कोही पति उतै हराउने, कोही पैसा नपठाउने अब विकल्प के त ? रिर्सोट खोल्न राम्रो तर वेश्यालयको रुपमा होईन यी मजदुर,कामदार, कर्मचारी ,उधोगी,व्यापारी कम्तिमा हप्ता को १ चोटी सपरिवार घुम्न जान पाअोस् !
Prakash Moon
२०७५ भदौ २६ गते २१:३२
राम्रो प्रस्ताव छ यो।😎😎
Sbh
२०७५ भदौ २६ गते १९:२८
USA let garda kheri Ganja banda vayo Nepal ma. Aahile USA ma ganja legal vai sakyo(most of the state's) and this is a high time to legalize marijuana and tax it.
हरिशर्मा६०
२०७५ भदौ २६ गते १९:१९
कर लगाउन कति उचालिएका यिनीहरु । थप कर लगाउनु अघि करको सदुपयोग गर्नेक्षमताको विकास गर्नु पर्यो । कर्मचारी हुन वा नेताहरु सबै राज्यो ढुकुटी अनुपयोगी काममा मात्र सिध्याउन माहिर छन् ।
nirmala Shestha
२०७५ भदौ २६ गते १८:०९
Uttam bichar. Nepali sex slaves haru aile India , middle east matra haina South America ra Africa ma pani bigi bigi chhan. Uni haru lai desh mai pesha garee khana diye sabai ko bhalo hunchha, Uni haru surakshit pani hunchhan. Great Idea. Yesle garda sewa grahi lai pani jhanjhat hunna. Gurung ko buddhi rai chha. Red light area ko udhghatan chai Sunny Leone bata garnu parchha. Pokhara ma maal painchha bhanne chaal paye pachhi sansar ooerinchha. Paisa bhaye pachhi bikas ko ke jhanjhat. Tara diversity pani rakhnu parchha ni, LGTBQ lai pani uchit stan dinu parchha. Jhumka gira re bareli ke bajar me bhannu naparo. pokhara ko jay.
Hom Gurung
२०७५ भदौ २६ गते १८:०४
Mukhya mantri Gurung ji, red light area barema tapai le uthaunu bhaeko bahas kehi hadsamma thikai hola tara bikashit rastra haru ma pani kehi deshruma matra testa prakritika sthan haru prachalan ma chhan tesaile Nepal jasto atikam bikashit desh ani sundar bahu ayamik sanskriti sanskar ko dhani desh ma red light area banaunu parchha bhannu kadapi tarka sangat chhaina. Tyasaile Pokhara ko janataharu ra tapailai prashna ke tapaiharu sundar Pokhara lai biswa ma yaun dhanda ko desh Nepal bhanera chinauna chahanu hunchha ? Mukhya mantri ji le ta udhyog byapar sthapana garera nagariklai rojgar dinu ko satta ma yaun dhanda jasto samajik bikriti ko udhyog sthapana garera kar uthaune yojana garnu sarasar galat kura ho yas ma hami janata ko ghor apatti chha.
arun
२०७५ भदौ २६ गते १७:४५
Yes! This is wel-coming Plan. There are lots of illegal brothels and prostitutes which have to be managed and needs to be abide by law. There is numerous rape cases currently. So if only we could manage these things, we can change the society in many positive ways. Sex workers will feel safe and secured in those red light areas. They can earn their living. Legal sex can promote tourism. Social crimes related to sex and relevant to sex will be minimized. People will change their vision and become broad minded. It is all beneficial for the society and the country.
Prakash Rai
२०७५ भदौ २६ गते १७:४४
हाम्रो सरकार चाहे केन्द्र होस् या राज्य दुवैले प्रस्ट संग बुझ्न के जरुरि छ भने नेपाली नागरिक कर तिर्न सदैव तत्पर छ l जस्तो कि सवारी साधनमा एकसय प्रतिसत भन्दा धेरै कर तिरी रहेको छौं, त्यस्तै सडक कर पनि अन्य राष्ट्रमा भन्दा झन्डै छ सय प्रतिसत धेरै तिर्ने गरेको छौँ l तर तिनै सवारी गुडाउने सडकको अवस्था अन्य राष्ट्र संग तुलना गर्ने हो भने हाम्रो सडक हजार प्रतिसत खराब छ l सवारी अन्तर्गत कुनै पनि कार्यालयको कर्मचारी संग बोल्न भन्दा बरु सिमेण्टिको भित्तामा टाउको बजार्न रमाइलो हुन्छ l त्यसैले नेपाली जनताले तिरेको करको एक एक कन्ची सदपयोग हुन्छ भन्ने विश्वास दिलानु होस्, नेपालीको करले सरकारको दुकुटी भरिने मात्र होइन, लौ अब अर्को पाँच वर्षलाई कुनै पनि कर नतिर्नु होस् भन्ने दिन पनि आउने छ l यौन धन्दालाई कानूनी मान्यता दिने कुरालाई पक्का समर्थन गर्न सकिन्छ l यसलाई धन्दा भन्दा पनि ब्यवसय भन्दा राम्रो हुन्छ l मानव सभ्यता संगै हुर्केका यो ब्यवसय हिज पनि थियो र आज पनि छ l यो एउटा लुकाएको सत्य हो l यदि यो ब्यवसयलाई कानूनी मान्यता दिने हो भने, यस ब्यवसयमा सलग्न महिलाहरु धेरै प्रकारको शोषणबाट मुक्त हुने छ l
Kailash Pradhan
२०७५ भदौ २६ गते १७:२४
सहि कुरो उठाउनु भो मुख्य मन्त्रीज्युले - यौन ब्यबसाय मानव सभ्यता संगै बिभिन्न रुपले समाजमा रहेको छ, रोकेर रोकिन्न, ब्यबस्थित गरौ !!
pokhareli
२०७५ भदौ २६ गते १७:०६
हेर्नुस यो दुईपैसेको बुद्धि ?? छिछि छोरी चेली डाडाभरिका वेश्यालयमा राखेर पैसा कमाउरे
Kusan Sharma
२०७५ भदौ २६ गते १६:५६
प्रदेशसंग पैसा छैन, तेत्रा मन्त्रि,मुख्यमन्त्रि,सांसद,प्रदेश प्रमुख,उपप्रमुख,कयौ सभामुख, खाने मुख कति कति अनि आयश्रोत सुन्य,हाम्रो प्रदेशले यो यो चीज उत्पादन गरेर,आयश्रोत बढाउछु भन्नु भन्दा अलि गाह्रो पर्छ, सजिलो उपाय,अरु के मतलब, बरु 'रेड लाइट'area खोलिदियो,सजिलै आम्दानी भइहाल्छ हैन मुख्यमुन्त्रीज्यु ?
hari
२०७५ भदौ २६ गते १६:५४
ok

मुख्यमन्त्रीको प्रस्ताव : रेडलाइट एरिया तोकौं, डाँडाभरी रिसाेर्ट खोलौं

२६ भदौ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट एरियाको बहस सुरु गर्नुपर्ने बताएका छन् । अहिले पनि अवैध यौन धन्दा चलिरहेको भन्दै उनले रेडलाइट एरिया तोक्ने वा व्यवस्थित गर्न कार्ड सिस्टममा लैजाने विषयमा छलफल गर्नुपर्ने बताएका हुन् ।

‘अहिले पनि यस्तो धन्दा चलिरहेकै छ । व्यवसाय भएकै छन् । पुलिसले समातेको छ । अनि पैसा तिर्ने छुट्ने काम भइरहेको छ भने अब यो बहसको विषय बन्नुपर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘बरु यसलाई व्यवस्थित गराउन लाग्नुपर्‍यो ।’

होटल संघ नेपालले पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री गुरुङले यौनधन्दामा अहिले जे भइरहेको छ, त्यसलाई यत्तिकै छाड्न नमिल्ने बताए । ‘त्यस्तो ठाउँ तोकेर कार्ड उपलब्ध गराउन सकिन्छ । प्रहरीले छापा मार्न आउँदा त्यही कार्ड देखाउँछ । सरकालाई कर पनि तिर्छ’ मुख्यमन्त्री गुरुङले भने, ‘हामीले यस्तो कामलाई व्यवस्थित गर्न नसक्ने तर त्यो काम गरिराख्ने । यसले कसैलाई फाइदा पुग्दैन ।’

यौन धन्दाको विषयमा खुला दिलले छलफल गर्ने बेला आएको मुख्यमन्त्री गुरुङले बताए । ‘पर्यटक अझै बढी आउने, व्यवसाय अझै फस्टाउने, समाज अझै एक खालको सभ्यता र शासन स्थापित हुँदै जान्छ,’ मुख्यमन्त्री गुरुङले भने ।

‘वरीपरीका कुनै पनि डाँडा खाली नहोस्, रिसोर्ट नै रिसोर्ट होस्, सराङकोट, काहुँ, आर्बा, पुम्दी, रामकोट, धम्पुस्, कन्ननी डाँडा सबै ठाउँमा रिसोर्ट र ठूला होटलमा लगानी गर्नुस् । बाटो र सुरक्षा सरकारले दिन्छ ।’

पोखरालाई २४ घण्टा नै खोल्नुपर्ने भन्दै पुरै पोखरा खोल्न नसके पनि बैदाम वा लेकसाइड क्षेत्र खोल्नुपर्ने बताए । ‘जनता सुत्छन्, कर्मचारी सुत्छन् राति, व्यवसायी सुत्न हुन्छ ? राज्य सुत्न हुन्छ ?’ मुख्यमन्त्री गुरुङले भने, ‘पुलिस सुत्नु भएन । सुरक्षा दिनुपर्‍यो ।’

आर्थिक चहलपहल बढाउने हो भने बजारलाई २४ सै घन्टा खुला राख्नुपर्ने गुरुङको धारणा छ । ‘भोलि अन्तर्राष्ट्रिय उडान भयो भने कोही राति २ बजे पोखरा झर्ला । हाम्रो बाटो त्यस्तै छ १० बजे आइपुग्ने गरी गाडी चढेको मान्छे २ घन्टा ढिला हुन्छ के गर्ने ?’ उनले भने, ‘बजार २४ सै घन्टा खुला गर्न सुरक्षा प्रवन्ध मिलाउन प्रदेश सरकार तयार छ । किनभने प्रदेश प्रहरी अब हाम्रै हुन्छ ।’

वरपरका डाँडा रिसोर्टले भरियोस्

मुख्यमन्त्री गुरुङले पोखरा आसपासका डाँडाडाँडामा रिसोर्ट र होटल खोल्न व्यवसायीलाई आग्रह गरे । ‘वरीपरीका कुनै पनि डाँडा खाली नहोस्, रिसोर्ट नै रिसोर्ट होस्’ उनले भने, ‘सराङकोट, काहुँ, आर्बा, पुम्दी, रामकोट, धम्पुस्, कन्ननी डाँडा सबै ठाउँमा रिसोर्ट र ठूला होटलमा लगानी गर्नुस् । बाटो र सुरक्षा सरकारले दिन्छ ।’

डाँडाडाँडामा रिसोर्ट खोलेर त्यसमा क्यासिनो समेत चलाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो । ‘क्यासिनो खुल्नुपर्छ, त्यहाँ अवैध धन्दा चलाउन नदिने हो’ उनले भने, ‘क्यासिनो भनेको जग्गा बेचेर खेल्ने होइन, धनीलाई ल्याएर खर्च गराउने हो ।’

नेपालमा हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको राम्रो सम्भावना देखेको मुख्यमन्त्री गुरुङले बताए । मुस्ताङ, मनाङमा हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर चलाउन सकिने उनको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारले नीतिगत निर्णय गरिदिनु पर्ने भएकाले प्रदेश मन्त्रिपरिषदले निर्णय गरेर पठाउने बताए । हवाइ तथा सडक कनेक्टिभिटीका हिसाबले पनि गण्डकी प्रदेश दक्षिण एसियाकै प्रवेशद्वार बन्न सक्ने उनको भनाइ थियो । प्रदेश सरकारले २०२२ सम्म २० लाख पर्यटक भित्राउने गरी योजना अगाडि बढाइरहेको छ ।

कर नलिई ढुकुटीमा पैसा कसरी आउँछ ?

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कर तिर्ने सवालमा सरकारको आलोचना गर्नु गलत भएको बताएका छन् । ‘करका विषयमा हामी किन नकारात्मक ढंगले बुझ्छौं,’ अर्थमन्त्री गुरुङले व्यवसायीलाई प्रश्न गरे, ‘कर नलिए राज्यको ढुकुटीमा पैसा कहाँबाट आउँछ ?’

राज्यको ढुकुटी बलियो नभएसम्म कोही पनि बलियो हुन नसक्ने उनको भनाइ छ । कर तिर्ने हो भने आधा भ्रष्टाचार अन्त्य हुने भन्दै अर्थमन्त्री गुरुङले भने, ‘कर छल्न पाए हामी खुसी हुन्छौं । कर छल्न कर्मचारीसँग मिल्नुपर्‍यो, घुस दिनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

73%

खुसी

3%

दुःखी

7%

अचम्मित

9%

उत्साहित

8%

आक्रोशित

ट्रेन्डिङ

Advertisment