Comments Add Comment

अश्लिल भएको भन्दै ‘कथा काठमाण्डु’को प्रोमो हटाउन बोर्डको निर्देशन

चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले युटुबबाट हटाउन निर्देशन दिएको छ । युटुबमा अश्लिल दृश्य सहितको प्रोमो प्रदर्शन भैरहेको भन्दै तत्काल हटाउन बोर्डले निर्देशन दिएको हो ।

नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरिविचका शारीरिक सम्बन्ध राख्दै गरेको दृश्यले यो चलचित्रलाई विवादमा ल्याएको छ । चलचित्र विकास बोर्डले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र हटाउन निर्देशन दिएको हो ।

यदि, प्रोमो नहटाइएको खण्डमा कारवाही गर्ने चेतावनी समेत बोर्डले दिएको छ । बोर्डले यो पत्र वोधार्थको रुपमा संचार तथा सूचना प्रविधी मन्त्रालयको श्रव्यदृश्य शाखामा पनि पठाएको छ । संगीता श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्र गीत र प्रोमो सार्वजनिक भएपछि विवाद र चर्चाको घेरामा छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment