Comments Add Comment

दुबईको उडान रोकेर किन पुग्यो नेपाल एयरलाइन्स मलेसिया ?

२६ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको न्यारोबडी विमान दुबई उड्ने निर्धारित उडान नै रद्ध गरेर मलेसिया पुगेको छ । आइतबार राति दुबईको लागि उड्नु पर्ने ए३२० ९एन एकेडब्लु विमान उडान नै रोकेर मलेसिया पुगेपछि दुबई र नेपालमा धेरै यात्रुलाई एयरलाइन्सले होटलमा आफ्नै खर्चमा राख्नुपरेको छ ।

नेपाल एयरलाइन्सको एक गैरसरकारी संस्थाका पदाधिकारी र केही पत्रकार लिएर मलेसिया पुगेको हो ।

निगमको एउटा वाइडबडी विमानमा चरा ठोक्किएकोले एउटा विमान ग्राउण्डेड छ । एउटा विमान ग्राउण्डेड भएका कारणले कतिपय नियमित उडान तालिकामा असर परिरहेको निगमले जनाएको छ ।

दुवई उडान रद्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले उडान नभएको निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले बताए । उनले मलेसिया नजाँदा त्यहाँका यात्रुले धेरै समय कुर्नुपर्ने देखिएपछि दुबइको उडान रोकिएको बताए ।

‘क्वालालम्पुर जानको लागि दुवईको उडान रद्द भएको होइन। क्वालालाम्पुरको उडानको बारेमा प्रत्येक सोमबार हुने नियमित उडानकै क्रममा भदौ २५ गते क्वालालाम्पुर उडान गरिएको हो,’ निगमले निकालेको विज्ञप्तिमा भनिएको छ,’उक्त उडान समय तालिकाअनुसार नै भएको हो । उक्त उडानमा मलेसियाको लंकावी शहरमा भएको पाटा ट्राभल मार्ट २०१८ मा भाग लिन जाने नेपाली २६ जना प्रतिनिधिहरु थिए ।’

निगमले तीनै प्रतिनिधिमण्डलको कारणले दुवई जाने उडान क्वालालाम्पुर तर्फ लगियो भन्ने कुरा साँचो नभएको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment