Comments Add Comment

अटो-शोका कुन नयाँ गाडी कस्ता छन् ? (फिचर्ससहित)

२६ भदौ, काठमाडौं । चाडपर्वको माहोल सुरु हुनै लाग्दा नाडा अटो-शो काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । गाडीको खरिद-बिक्रीका लागि कुम्भ मेला मानिने अटो शोमा धेरै ब्राण्डका सवारी साधन छन् ।

मेलामा यसवर्ष पनि विभिन्न कम्पनीले नयाँ मोडलका सवारीहरु राखेका छन् । मेलामा नयाँ चार पांग्रे सवारीहहरु आकर्षणको केन्द्रमा छन् ।

नयाँ सँगै विश्वसनीय उत्पादन खोज्ने मानवीय स्वभावलाई ध्यानमा राखेर आˆना प्रतिक्षित र उत्कृष्ट उत्पादनलाई कम्पनीहरुले यसै समयमा सार्वजनिक गर्छन् । त्यसैले नाडामा नयाँ गाडीबारे धेरैलाई चासो छ ।

मेलालाई नै लक्षित गरेर धेरै कम्पनीले भर्खरै नयाँ गाडी नेपाल ल्याएका छन्, यिनै कारहरु योपटक बढी चर्चाको केन्द्रमा छन् ।

यसपाली मेलामा सार्वजनिक भएका कम्पनीका नयाँ मोडलका गाडीले उत्तिकै प्रभाव छाड्न सक्ने देखिएको छ ।

टाटा नेक्सन क्रेज

टाटाले आफ्नो उत्कृष्ट सावित भएको एसयूभी नेक्सनको नयाँ अडिसन ‘नेक्सन क्रेज’ नाडामा सार्वजनिक गरेको छ । यो कार निकै शानदार छ । यसमा आकर्षक रुफ छ, रंग पोतिएको छ । यसमा अटोमेटिक गियरबक्सको पनि विकल्प दिइएको छ । यसलाई निकै महत्वपूर्ण मानिएको छ । यसको लुक्स अझै अब्बल छ ।

हालै क्र्यास टेस्टमा पनि उत्कृष्ट सावित भएको नेक्सनले नेपाली बजारमा निकै राम्रो चर्चा बटुलेको छ । टाटा नेक्सनका केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित छ ।

कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ ।

डुअल कलरटोनमा उपलब्ध यो कार केही नवीन र चाख लाग्दो स्टाईल फ्याक्टरहरुबाट सुसज्जित छ । यसमा प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प लगायत महत्वपूर्ण विशेषताका रुपमा छन् ।

नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । यो स्पोर्टीमात्रै छैन पि्रमियम लुक्ससहित आएको छ । टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि कम्पनीले निकै मिहिनेत गरेको छ ।

सुजुकीको नयाँ स्वीफ्ट

सुजुकीको थर्ड जेनेरेसनको स्विफ्ट कार पनि नाडा अटो शोमा राखिएको छ । यो नयाँ कार हो । स्विफ्ट नेपाल र भारतीमा धेरै किक्ने कारमा पर्छ । यो कार नयाँ च्यासिस सहितको नयाँ डिजाइनमा उपलब्ध छ । यसमा आकर्षक लुक्स छ ।

सुरक्षाका पर्याप्त फिचर्स उपलब्ध गरिएको छ । सबै भेरिएन्टमा एयरब्याग छन् । एबीएस लगायतका स्ट्यान्डर्ड फिचर पनि छन् ।

यसमा पेडेस्टि्रयन प्रोटेक्सन सिष्टम समेत जोडिएको छ । यो सेगमेन्टको कारमा यस्तो सिष्टम यसअघि नभएको दावी कम्पनीको छ ।

नयाँ स्विफ्टमा पहिले भन्दा चौडा छ । हृविलबेस बढाइएको छ । क्याबिनमा पनि धेरै स्पेश सिर्जना गरिएको छ । सुरक्षा, बनोट र पर्फमेन्स सबै दृष्टिकोणले कार बजारमा उत्कृष्ट सावित हुने विश्वास कम्पनीको छ ।

हुण्डाईको नयाँ क्रेटा र आई २० एक्टिभ

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सफल एसयूभी क्रेटाको नयाँ फेसलिफ्ट राखेको छ । निकै रुचाइएको क्रेटाको फेसलिफ्ट अझ आकर्षक र दमादार मोडलमा उयपलब्ध भएको छ । यसको फ्रन्ट ग्रिल, स्टिल क्रोम लगायतका फिचर्स विशेष छन् ।

बम्पर पहिले भन्दा फरक छ । डियुल टोन कलरसहित आएको क्रेटामा स्पोर्टी लुक्स दिइएको छ । प्रोजेक्टर हेडलाईटले यसलाई आकर्षक बनाएको छ। फगल्याम्प पनि नयाँ छ ।

एलइडी डेटाइम रनिङ लाईट फगल्याम्पसँगै जोडिएको छ । यसमा १७ इन्चको डायमन्ड कट एलोय ह्वील छ ।

इन्टेरियरमा पनि धेरै फेरबदरल छ । सनरुफको अप्सनले यसलाई बलियो बनाएको छ । गाडलिाई विभिन्न फिचर्स थपेर अझ विलाशी र पि्रमियम फिचर्सयुक्त बनाइएको छ । इन्फोटेन्मेन्ट सिस्टम पनि परिमार्जन भएको छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने सिस्टम छ ।

हुण्डाईले आफ्नो आई २० एक्टिभलाई पनि नाडामा नयाँ रुपमा प्रस्तुत गरेको छ । आकर्षक लुक्सका साथ आएको आई २० एक्टिभमा विभिन्न फिचर्सहरु थपिएका छन् । जसले गर्दा यो गाडी शानदार देखिएको छ ।

जिपको कम्पास

संसारकै पहिलो एसयुभी भनेर चिनिने जिप ब्रान्ड कम्पासलाई सार्वजनिक गर्दै औपचारिक रुपमा नेपाल भित्रिएको छ । नाडा अटो शोमै जिपले नेपालमा इन्ट्री मारेको हो ।
शक्तिशाली अफरोड एसयूभीको सबैभन्दा ठूलो लाइनअप भएको जिप गत वर्ष भारतमा प्रवेश गरेको थियो । पहिलो वर्षमै २६ हजार ओटा विक्री भएर जिप कम्पासले भारतीय अटो क्षेत्रमा तहल्का मच्चाइरहेको छ ।

यो वर्षको नाडा अटो शोको प्रमुख आकर्षण जीपको कम्पास कार पनि हो । जिप कम्पास ग्रान्ड चेरोकीको पि्रमियमनेस र रेंगलरको कठोरताको समिश्रण हो । कम्पासको डिजाइन जिपका अन्य एसयुभीसँग मिल्छ ।

अझ यसलाई ग्रान्ड चेरोकीको सानो रुप भन्दा पनि हुन्छ । कम्पासमा जिपको सिग्नेचर सेभेन स्लट गि्रल र दुई छेऊमा ठूला हेडलाइट छन् । डेलाइट रनिंग ल्याम्पले सडकमा कम्पासको उपस्थितिलाई जबरजस्त बनाइदिन्छ ।

बम्परमा फग लाइट र डुअल टोन इफेक्ट पनि देख्न सकिन्छ । यसको एसयुभी प्रोफाइललाई १८ इन्चका ठूला चार वटा पांग्राले झल्काउँछ । डिजाइन ल्यांग्वेज बोल्ड छ ।
कम्पास १.४ (मल्टिएयर पेट्रोल) र २.० (मल्टिजेट डिजेल) इन्जिनमा उपलब्ध छ ।

१.४ लिटरको इन्जिनले १६२ पीएस र २५० एनएमको टर्क उत्पन्न गर्छ भने २.० लिटर इन्जिनले १७३ पीएस र ३५० एनएम टर्क उत्पन्न गर्छ । पेट्रोल इन्जिनमा ६ स्पिड म्यानुअल गियर बक्स वा ७ स्पिड डीसीटी अटोम्याटिक गियरबक्स छ भने डिजेल इन्जिनमा ६ स्पिड म्यानुअल इन्जिन छ ।

पेट्रोल भेरियन्ट ४बाई२ सेटअपमा मात्र उपलब्ध भने डिजेल भेरियन्ट ४बाई२ र ४बाई४ दुवैमा उपलब्ध छ । कम्पास स्पोर्ट, लंगिच्युड र लिमिटेड गरी तीन विकल्पमा उपलब्ध छ भने यसको मूल्य ६८.५ लाखदेखि ९६.५ लाखसम्म पर्छ ।

महिन्द्राको ई-भेरिटो

महिन्द्राको इलेक्टि्रक कार ‘ई-भेरिटो’कार पनि नाडा अटो शोमा नयाँ कार हो । यसअघि महिन्ऽाको इटुओ प्लसबाट विद्युतीय सवारीक ग्राहकको मन जितेको कम्पनीले नयाँ विद्युतीय कार ल्याएको हो ।

अग्नि इन्कर्पोरेटेडले अर्थमन्त्री डा. युवराज खतिवडामार्फत गाडी सार्वजनिक गर्‍यो । ई भेरिटो भारतीय बजारमा यसअघि नै उपलब्ध भएर चर्चा कमाएको सेडान कार हो ।
युसमा ७२ भोल्टको मोटर जोडिएको छ, जसले ४० बीएचपी पावरका साथमा ९१ एनएम टर्क उत्पादन गर्छ । एकपटक पुरा चार्ज गरेपछि १ सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कारमा रहेको रि-जेनेरेटिभ ब्रेकिङ सिस्टमले पावर तथा ब्याट्रीलाई चार्ज गर्छ । यसमामा फास्ट चार्जिङ सिस्टम पनि छ । कारलाई एक घन्टा ४५ मिनेटमा चार्ज गर्न सकिन्छ ।

यसको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ । नाडा बुकिङ गर्दा ५० हजार छुटाको अफर पनि छ ।

हुण्डाईको आयोनिक

हुन्डाईले नाडा अटो शोमा आफ्नो विद्युतीय सवारी आयोनिक प्रदर्शनमा राखेको छ । तत्काल बुकिङ नलिए पनि प्रतिक्रियाका लागि अटो शोमा हुण्डाईले नयाँ विद्युतीय कार ल्याएको हो ।

केही समयभित्रै हुण्डाई कोना इलेक्टि्रक कार पनि ल्याउने बताएको छ । आयोनिकको पनि छिट्टै बुकिङ लिन थालिने वितरिक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

आयोनिक पछिल्लो समयमा विश्वबजारमा रुचाइएको कार हो । यो सेडानमा एयरब्यागसहित फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन सिष्टम, लेन डिपार्चर लगायतका सुरक्षात्मक फचिर्स छन् ।

यसमा ७ इन्च टिएफटी इन्स्टुमेन्टल क्लस्टरसहित एन्ड्रोइड अटो, एप्पल कार प्ले, वायरलेस चार्जर, फुल लेदर सिट लगायतका विशेषता पनि छन् । लुक्स पनि दमदार छ । यसको पर्फरमेन्स पनि उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर गुड्न यो कार सक्षम छ । कार १ सय ६५ किलोमिटर प्रतिघन्टाका दरले दौडन सक्छ । नेपाली बजारमा यसको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

टाटाको टिगोर इलेक्ट्रिक


सिप्रदी ट्रेडिङले टिगोर इभीलाई नाडा अटो शोमा प्रदर्शन गरेको छ । यो टाटा मोटर्सको पहिलो विद्युतीय कार हो । यसको बुकिङ भने लिइएको छैन ।

टिगोर ईभीका लागि इलेक्टि्रक ईभीले इलेक्ट्रिक क ड्राइभ सिस्टम विकास गरेको हो । यो कारले अधिकतम् पावरका साथ ३० किलोवाटको इलेक्ट्रीक मोटरमार्फत ४५ सय आरएमपी उत्पादन गर्छ । यसमा ५ जना यात्रुले आरामसँग यात्रा गर्न सक्छन् । यसमा सिंगल स्पीड अटोमेटिक ट्रान्समिसन सिस्टम छ ।

यसको ग्राउड क्लेयरेन्स १७० एमएम छ । यसमा उच्चस्तरी सस्पेन्सन सिस्टम छ । २१६ एएचतको ब्याटि्र छ । यो ७२ भोल्टको ब्याटि्र हो । सामान्यतया ३६० मिनेटमा चार्ज हुने यो कार ९० मिनेटमै पनि फास्ट चार्ज गर्न सकिन्छ ।

जिपको रेंगलर

नेपालमा पहिलो पटक आधिकारिक रुपमा आउन लागेको जिपले आफ्नो लेजेन्डरी मोडेल रेंगलर पनि नाडामा प्रदर्शनीमा राखिएको छ । विश्व बजारमा हेर्ने हो भने जिप रेंगलरको ‘लोयालिटी’ उच्च र फ्यान संख्या तीव्र रुपमा बढ्दो छ । जिप रेंगलरको पहिलो पुस्ता निर्माण भएको दशकौं भइसकेको छ ।

जिप रेंगलरको डिजाइन ‘आइकनिक’ छ । पछिल्लो पुस्ताका रेंगलरहरुले पनि ‘रग्डनेस’लाई कायमै राखेको छ । जिप रेंगलर त्यस्ता सीमित सवारीमध्ये पर्छ जसको पारम्परिक लुक्स र डिजाइन दशकौंसम्म उस्तै कायम राखिएको छ । ठूलो बम्पर, आइकनिक गि्रल र ठूल्ठूला टायर, यस्तो स्टाइल जिप रेंगलरबाहेक अरु कुनै गाडीमा छैन ।

नेपालमा आएको रेंगलर अनलिमिटेडमा २.८ लिटरको इन्जिन रहेको छ । ६ सिलिन्डर भएको यो एसयुभीमा ५ स्पिड अटोम्याटिक गियर रहेको छ । अलह्विल ड्राइभ रेंगलरले ६३५० आरपीएममा अधिकतम २०० एचपी शक्ति र ४३०० आरपीएममा अधिकतम ३४० एनएम टर्क उत्पन्न गर्छ ।

अफरोड किंग रेंगलमा सुरक्षाका लागि ड्राइभर र फ्रन्ट पेसेन्जर एयर ब्याग छन् भने एबीएस विथ इलेक्ट्रोनिक स्टाबिलिटी एन्ड ब्रेक असिस्ट, इमोबिलाइजर, सेक्युरिटी अलार्म, स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डोर लक, ब्लाइन्ड स्पट डिटेक्सनजस्ता फिचर छन् । लाइफ अटोमोबाइलले यसको मूल्य सार्वजनिक नगरे पनि यसको मूल्य साढे दुई करोड रुपैयाँ हाराहारी हुने अनुमान छ ।

महिन्द्राको प्लस न्यू एक्सयूभी ५००


महिन्द्राले सनरुफसहितको प्लस न्यू एक्सयूभी ५०० पनि नाडामा नयाँ गाडीका रुपमा राखेको छ । आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको छ । गाडीमा १५५ हर्सपावर र ३६० एनएम टर्कशक्ति छ । छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियवल जियोमेट्री टर्बोचार्जरले यो गाडीलाई बढी उर्जायुक्त र उत्कृष्ट बनाएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ, न्यू स्मार्ट वाच कनेक्टिभिटी, जीपीएस नेभिगेशनसहित सात इन्चको टचस्त्रिmन इन्फोटेन्मेन्ट समेत छ ।

यसमा विभिन्न सुविधाहरू इन्ह्यान्सड गरिएको छ । ६ वटा एयरब्याग छ । यसमा पहिलोपटक स्मार्ट वाच कनेक्टिभिटी सुविधा पनि छ । एवीएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक पनि छ ।

स्कोडाको कोडियाक

स्कोडा एमएडब्लुले यस वर्षको नाडा अटो सोमा स्कोडाको पहिलो फुलसाइज्ड एसयुभी कोडियाक सोकेस गरिएको छ । २.० लिटर फोर सिलिन्डर इन्जिन भएको यो सेभेनसिटरमा सेभेनस्पिड डिएसजी अटोमेटिक गियर बक्स रहेको छ । कोडियाको डिजेल इन्जिनले अधिकतम १४८ बीएचपी शक्ति र ३४० एनएम टर्क उत्पन्न गर्छ ।

स्कोडा कोडियाकमा अलह्विल ड्राइभ र बर्ग वार्नर अनडिमान्ड ४बाई४ सिस्टम रहेको छ । यो एसयुभी ४,६९७ एमए लामो, १८८२ एमएम चौडा र १६६५ एमएम अग्लो छ भने यसको ग्राउन्ड क्लेरेन्स १८८ एमएम रहेको छ । कोडियाकको बुटस्पेस २७० लिटर छ जसलाई दोस्रो र तेस्रो लहरको सिट फोल्ड गरेर २००५ लिटरसम्म पुर्याउन सकिन्छ ।

आधुनिक युरोपियन डिजाइन रहेको कोडियाकमा स्कोडाको बटरफ्लाई गि्रल रहेको छ । यसमा फुल लिड हेडलाइट र कर्नरिंग लाइट समेत रहेको छ । १८ इन्चको एलोइ ह्विल रहेको कोडियाकमा थि्र डि लुक दिने टेलल्याम्प रहेको छ । यसमा ८ इच्नको टकस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १२ वटा स्पिकर भएको ७५०डब्लु क्यान्टन अडियो सिस्टम छ ।

अन्य सुविधाहरुमा पानोरामिक सनरुफ, मल्टिपल स्टोरेज स्पेस, अम्ब्रेला, डोर प्रोटेक्टर र म्याग्नेटिक टर्च आदि हुन् । भर्चुअल पेडल यसको अर्को विशेषता हो जसको सहयोगमा हातको सहयोगविनै खुटा उठाएर बुट खोल्न सकिनेछ ।

सुरक्षाका लागि यसमा ९ वटा एयरब्याग, इबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक डिफेरेन्सियल लक, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक पार्किंग ब्रेक आदि छन् ।

रेनोको जोइ

नाडा अटो शोमा रेनोको इलेक्टि्रक कार पनि देखिएको छ । ‘रेनो जोइ इलेक्ट्रिक कार’ पहिलो पटक नेपालमा आएको हो ।  यो कार आधनुनिक र सुविधासम्पन्न छ । कारमा एन्ड्रोइड अटो कम्प्याटिबिलिटीसहित विभिन्न सुविधा उपलब्ध छन् ।

आधुनिक प्रविधियुक्त साजसज्जा, आकर्षक बनावट, उत्कृष्ट क्षमता र प्रदुषण शून्यता नै यो कारका मुख्य वशेषता भएको कम्पनी बताउँछ ।

यसमा स्टाण्डर्ड चार्ज, र्फट चार्ज र र्‍यापिड चार्ज गरी चार्जिङको तीनवटा विकल्प छन् । यसमा सेन्सरयुक्त क्लाइमेट कन्ट्रोल एयर कन्डिसनिङ सिस्टम, रेनो किकार्ड, इलेक्टि्रक प|mन्ट विन्डोजलगायतका सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

गाडीमा एन्टी लक ब्रेकिङ सिस्टम, एमरजेन्सी ब्रेक एसिस्ट, एयरब्याग लगायतका सुरक्षा सिस्टम पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment