Comments Add Comment

तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

२७ भदौ, काठमाडौं । भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।

कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो । बसमा ८६ जना सवार थिए ।

दुर्घटनामा चालक श्रीनिवाससहित ५३ जनाको मृत्यु भएको सडक सुरक्षा प्राधिकरणका कृष्णा प्रसादले बताएका छन् ।

राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गरेका छन् ।

मुख्यमन्त्री चन्द्रशेखर रावले मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

बीबीसीका अनुसार दुर्घटनाग्रस्त बस अक्टुबर २००७ मा किनिएको थियो र यो करिब १४ लाख ५० हजार किलोमिटर गुडिसकेको थियो । यो दुर्घटनापछि परिवहन निगमका १४ लाख किलोमिटर भन्दा बढी चलिसकेका गाडीलाई चलाउन बन्देज गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment