Comments Add Comment

सामसुङले खोल्यो विश्वकै ठूलो अनुभव केन्द्र

दक्षिण कोरियाली कम्पनी सामसुङले भारतमा विश्वकै ठूलो अनुभव केन्द्र खोलेको छ ।

भारतको बैंगलोरमा मंगलबार ओपेरा हाउस नामक विश्वकै ठूलो एक्सपिरियन्स सेन्टर खोलेको हो । उक्त केन्द्र ३३ हजार वर्गफिट क्षेत्रमा फैलिएको छ ।

यसअघि गत जुलाईमा सामसुङले भारतको नोएडामा विश्वकै ठूलो मोबाइल कारखाना खोलेको थियो । भर्चुअल रियालिटी, इन्टरनेट अफ थिंग्स तथा आर्टिफिसियल इन्टेलिजेन्स लगायत सामसुङका सबै प्रडक्टहरु उक्त कारखानामा उत्पादन हुने गरेका छन् ।

सामसुङका अनुसार केही समयभित्रै भारतका विभिन्न १० ठाउँमा अनुभव केन्द्र खोलिनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment