1. ताजा अपडेट
Comments Add Comment
बलभद्र
२०७५ भदौ २७ गते १५:४३
उपलब्धि = सरकारी खर्चमा दशैँको किनमेल, घुमघाम ।
manjit shah
२०७५ भदौ २७ गते १४:४२
jana ta janu hgola tara dherai jana najanu hola ali nepal ko arthik lai ni hernu hola afnu family nalanu hola sarkari rakam sadupayog garnu hola
SKB
२०७५ भदौ २७ गते १४:३२
Mr. शैलेस कंशाकार Instead of operating in new destination please make proper and continuous scheduled flight plans to the old destination. From traveller's point of view and even for the reputation of NAC. SKB
गार्गी नेपाल
२०७५ भदौ २७ गते १३:१९
नजिकका बढी जनसंख्या भएका र सीधा हवाई सम्बन्ध हुन नसकेका छिमेकी मुलुकहरुलाई प्राथमिकता दिन छाडेर नहुने लगभग निश्चित भइसकेको टाढाको गन्तव्यमा गएर एक पटक फेरि सरकारी रकमबाट घुमफिर र दशैंको किनमेल गरेर आउनु होला, जय नेपाल एयरलाइन्स !

उडान अनुमतिको पहल गर्न नेपाल एयरलाइन्सको टोली जापान जाने

१७ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सको टोली उडान अनुमतिका लागि पहल गर्न जापान जाने भएको छ । जापानले नेपाल एयरलाइन्सलाई अझै उडान भर्न अनुमति दिएको छैन ।

अब जापान जाने निगमको टोलीले नेपालको हवाई सुरक्षाको अवस्था, आफ्नो व्यवसायिक योजना, क्षमता र जापान उडानको सम्पूर्ण तयारीबारे त्यहाँको उड्डयन क्षेत्रको नियमनकारी निकायलाई जानकारी गराउनेछ ।

निगमले नयाँ वाइडबडी विमानमार्फत जापानमा उडान भर्ने योजना बनाएको निगमका सहप्रवक्ता शैलेस कंशाकारले जानकारी दिए ।

तर, जापानले तत्कालै नेपाल एयरलाइन्सलाई उडान अनुमति दिन खोजेको छैन । कम्पनीको सबै अवस्थाहरु अध्ययन गरेर मात्रै उडान भर्न दिने योजनामा जापान देखिएको छ ।

निगमले नयाँ दुई वाइडबडी अन्नपूर्ण र मकालुलाई जापानसहित कोरिया र साउदीको रियादमा पनि उडाउने योजना तयार पारेको छ । अहिले वाइडबडीलाई निगमकै पुराना गन्तब्यहरुमा उडाइँदैछ ।

नयाँ तीन वटै गन्तब्यमा निगमले सीधा उडान गर्ने योजना बनाएको छ । निगमले जापानको नारिता एयरपोर्टमा उडान भर्ने गरी तयारी गरेको हो ।

कोरियाको सियोलमा इन्चोनसम्म पनि सीधा उडानकै योजना छ । साउदीको रियाद पनि वाइडबडीले तय गर्ने नयाँ गन्तब्य हुनेछ ।

कोरियाको टोली भने नेपाल एयरलाइन्स र नेपाली हवाई क्षेत्रको सुरक्षा प्रवन्ध बुझ्न छिट्टै नेपाल आउँदैछ । निगमका नयाँ वाइडबडी दिनमा १२ देखि १४ घण्टासम्म उडान मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

80%

खुसी

5%

दुःखी

5%

अचम्मित

8%

उत्साहित

2%

आक्रोशित

ट्रेन्डिङ

Advertisment