1. ताजा अपडेट
Comments Add Comment

दैनिक फिल्मको अफर आउँछ, स्टारडम घटेको छैनः साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका पछिल्लो समय रिलिज भएका २ चलचित्र ‘तिमी सँग र कायरा’ले बक्स अफिसमा कुनै कमाल मच्चाएनन् । यसपछि साम्राज्ञीको स्टारडम घटेको चर्चा हुन थालेको छ । साम्राज्ञीलाई दर्शकले पत्याउन छाडेका त होइनन् भन्ने पनि धेरैलाई लाग्ने गरेको छ । तर, साम्राज्ञीलाई भने त्यस्तो लाग्दैन ।

पोखरामा चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को प्रचारका लागि पुगेकी साम्राज्ञीले आफूलाई त्यस्तो नलाग्ने बताइन् । उनले भनिन्-‘मलाई दर्शकहरुले विर्सनु भएको छैन । म निरन्तर आइरहेकी छु र त उहाँहरुको माया पाएकी छु ।’
साम्राज्ञीले आफूलाई दैनिक चलचित्रको अफर आउने गरेको बताइन् ।

निर्मातालाई पनि आफू नै चाहिएको भन्दै साम्राज्ञीले स्टारडम घटेको भए किन यसरी चलचित्रको अफर आउथ्यो त भनेर प्रश्न गरेकी छिन् । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’का लागि अहिले उनको दौडधुप चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

48%

खुसी

4%

दुःखी

23%

अचम्मित

10%

उत्साहित

15%

आक्रोशित

ट्रेन्डिङ

Advertisment