Comments Add Comment

निगमको बोइङ बिक्री गर्न मूल्यांकन सकियो

२७ भदौ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो एउटा मात्रै बोइङको मूल्यांकन सकाएको छ । स्वीटजरल्याण्डबाट आएको फिन्टेक कम्पनीको टोलीले बोइङको मूल्यांकन गरेको हो ।

निगमले यो बोइङलाई बेच्ने तयारीका साथ मूल्यांकन गराएको हो । निगमले अब बोइङ छाडेर एयरबसलाई आफ्नो सारपथि बनाउने निर्णय गरिसकेको छ । त्यसैअनुसार यसअघि एउटा बोइङ निगमले नेपालकै बीबी एयरवेजलाई बिक्री गरेको छ ।

तीन दशक अघि अमेरिकी कम्पनी बोइङले नेपालमा डेलिभरी गरेको विमान अब पुरानो भएको र सञ्चालन खर्च उच्च रहेको भन्दै बेच्न लागिएको हो । अहिलेसम्म यो बोइङले अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।

बोइङ ७५७-२०० को मूल्यांकन गरेर टोली स्वीटजरल्याण्ड फर्किएको र केही समयमा उसले रिपोर्ट दिने निगमका सहप्रवक्ता शैलेश कंकाकारले जानकारी दिए ।

१९० सिट क्षमताको यो विमान मूल्यांकनको रिपोर्ट आएपछि निगमले ग्लोबल टेण्डरमार्फत बिक्री खुला गर्नेछ । सबैभन्दा बढी आर्थिक प्रस्ताव गर्ने कम्पनीले बोइङ लैजान पाउनेछ ।

स्वीस टोलीले बोइङ हालको प्राविधिक अवस्था, इन्जिनको स्थिति लगायतका बारेमा अध्ययन गरेको छ । यो बोइङ अबको एक वर्षभित्र बिक्री गरिसक्ने योजना छ ।
बिक्रीको तयारीमा रहेको बोइङले अहिले दिल्ली, बैंगलोर, मुम्बई, हङकङ, क्वाललाम्पुर, बैंकक, दोहा र दुबईमा उडान भर्दैछ ।

निमगले हालसम्म बोइङ हटाउने योजनाका साथ ४ वटा एयरबस भित्र्याइसकेको छ । जसमा दुई वटा वाइडबडी छन् भने दुई वटा न्यारोबडी । निगमले अन्तर्राष्ट्रिय उडानका लाथि थप एयरबसहरु ल्याउने योजना तयार गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment