Comments Add Comment

वित्तीय साक्षरता सम्बन्धी तीज गीत

२७ भदौ, काठमाडौं । नेपाल आन्ट्रपर्नस नेपालले वित्तीय साक्षर सम्बन्धी म्युजिक भिडियो बजार ल्याएको छ । सरकारले देशलाई आर्थिक रुपमा सम्बृद्ध बनाउने उद्देश्य लिएर अघि बढिरहेको बेला आन्ट्रपर्नस नेपालले पनि जनतालाई वित्तीय रुपमा साक्षर बनाउनका लागि सोही अनुरुपको साङ्गीतिक कोसेली बजारमा ल्याएको हो ।

तीजको समयमा महङ्गा गरगहना तथा मदिरापान केन्दि्रत हुँदै गएको नेपाली समाजलाई झक्झक्याउनका लागि सो संस्थाले वित्तीय साक्षरता सम्बन्धी तीजको गीत बजारमा ल्याएको हो । यस अघि देशका विभिन्न स्थानमा वित्तीय साक्षरता सम्बन्धी सेमिनार गोष्ठी तथा लघु नाटकको माध्ययमबाट जनचेतना फैलाउँदै आएको आन्ट्रपर्नस नेपालले पछिल्लो समय हिन्दू महिलाहरुको महान चाँड तीजलाई लक्षित गरी साङ्गीतिक कोसेली बजारमा ल्याएको हो ।

‘तीज चाड मनाउने बहाना फजुल खर्च कपडा र गहना’ भन्ने भाखामा गाइएको सो गीतमा चर्चितगायक तथा गायिका राजु ढकाल र देवी घर्ती मगरको स्वर रहेको छ । विशेषगरी चाँडबाँडको नाममा भड्किदै गएको समाजमा जनचेतना फैलाउने उद्देश्य अनुरुप वित्तीय साक्षरता सम्बन्धी प्यारोडी गीत बजारमा ल्याइएको आन्ट्रपर्नस नेपालले जानकारी दिएको छ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘मेरो माया बसेको ठाउँमा बत्ती बाल्नै पर्दैन त्यो गाउँमा’ भन्ने तीजी गितको लयमा आन्ट्रपनर्स नेपालले आफ्नै शब्दमा प्यारोडी गीत निकालेको हो ।

सन् २०१४ मा स्थापना भएको आन्ट्रपर्नस नेपालले शुरुमा देशमा उद्यमशिलता विकास सम्बन्धी काम गरेको थियो । तर, अनुसन्धानको क्रममा धेरै जसो नेपाली युवा युवतीहरु वित्तीय साक्षरता अभावकै कारण उद्यमशिलतामा सफलता हासिल गर्न नसकेको निश्कर्ष निस्किएपछि ‘फिनटिच’ नामक कार्यक्रम समेत सार्वजनिक गर्न लागेको छ । आन्ट्रपनर्स नेपालले १५ करोडको लगानीमा फिनटिच लञ्च गर्दैछ ।

सुरुवाती चरणमा देशमा उद्यमशिलता विकासको लागि गाउँगाउँमा गएर कार्यक्रम संचालन गर्दै आएको आन्ट्रपनर्स नेपालले तीज लक्षित साङ्गीगित कोशेली ल्याएको हो । यस अघि पनि उक्त संस्थाले वित्तीय साक्षर सम्बन्धी देउसी भैलो तथा विविध सास्कृति कार्यक्रम गर्दै जनचेतना जगाउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment