Comments Add Comment

भरतपुर अस्पतालले फिर्ता लियो न्याम्सलाई दिएको नर्सिङ कार्यक्रम

२६, भदौ, चितवन । गत वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई दिइएको प्रविणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम भरतपुर अस्पतालले फिर्ता लिएको छ ।

सीटीईभीटीको सम्बन्धनमा चल्दै आएको नर्सिङ कार्यक्रम गतवर्ष तत्कालीन मेडिकल सुपरिटेण्डन्ट डा. रुद्रप्रसाद मरासिनीले अस्पताललाई वार्षिक करिब ४५ लाख रकम घाटा लाग्ने गरी न्याम्सलाई दिएका थिए । यसको चौतर्फी बिरोध भएको थियो ।

अस्पतालमा नै न्याम्सको बीएन कार्यक्रम चल्दै आएको छ । प्रमाणपत्र तह नर्सिङ र ब्याचलर इन नर्सिङलाई एकै संस्थाबाट सञ्चालन गर्न र गुणस्तरीय शिक्षा हुन्छ भन्दै न्याम्सलाई दिइएको कार्यक्रमबाट अस्पतालले घाटा व्यहोरेको थियो । अहिले फेरि सीटीईभीटीकै सम्बन्धनमा कार्यक्रम सञ्चालनको स्वीकृती लिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले जानकारी दिए ।

न्याम्सको पहिलो ब्याचले अहिले अध्ययन गरिरहेको छ । न्याम्ससँग कार्यक्रम चलाउँदा अस्पतालले विद्यार्थीबाट प्रतिविद्यार्थी दुई लाख ४० हजार र प्रतिमहिना तीन हजार रुपैयाँ लिएको थियो । त्यसको ५० प्रतिशत रकम न्याम्सलाई नै बुझाउनुपथ्र्याे । त्यसो हुँदा वाषिर्क ४५ लाख रकम न्याम्सले लैजाने गरेको थियो । सीटीइभिटीको कार्यक्रम चलाउँदा नविकरण वापत ३० हजार रुपैयाँ बाहेक अन्य रकम खर्च गर्नुपर्दैन ।

सीटीईभीटीको गत भदौ ३ गते बसेको परिषद्को बैंठकले भरतपुर अस्पताललाई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्ने पुनः स्वीकृती दिएको हो ।
सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमका लागि भदौ २४ गते सूचना प्रकाशन गरी र्फम खुलाएको छ ।

अबदेखि विद्यार्थीहरुबाट मासिक तीन हजार रकम पनि नउठाइने मेसु डा. खड्काले जानकारी दिए ।

सीटीईभीटीले तोकेको चार लाख ७५ हजार रकमको ३० प्रतिशत कम रकम लिएर विद्यार्थी भर्ना गरिने मेसु डा. खड्काले दावी गरे । यसो हुँदा अस्पताल र विद्यार्थी दुवैलाई फाइदा हुने उनको भनाइ छ ।

अस्पताललाई वाषिर्क लाखौं रकम घाटा लगाउने गरी गरिएको कामले व्ययभार थपिदैं गएको देखिन आएको भन्दै अस्पतालका मेसु डा. खड्काले भने, ‘नेम्ससँगको समझदारीमा नै कार्यक्रम फिर्ता लिएर सीटीईभीटीसँग पुनः सञ्चालन स्वीकृती लिइएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment