Comments Add Comment

नाडाका सस्ता गाडीः ६ लाख अग्रिम भुक्तानी गरेर किन्न सकिन्छ कार

२७ भदौ, काठमाडौं । आफ्नै गाडी चढ्ने सपना नदेख्ने को होला ? तर, महंगो रकम खर्चिएर गाडी किन्ने अवस्था सकैको हुँदैन । केही वर्षदेखि मोटरसाइकल छाडेर कार किन्नेहरुको संख्या बढ्दै गर्दा यसका केही मूलभूत कारण मध्यबजारमा उपलब्ध सस्ता कार पनि हो ।

ठूलो आम्दानीको सर््रोत हुनेहरुले ‘अटो लोन’ लिएपछि गाडीको सपना त्यति ठूलो पनि हुँदैन । तर, मध्यमवर्गीय परिवारका लागि आˆ्नै गाडीको सपना महत्वकांक्षा जस्तो पनि देखिन्छ । तर, पछिल्लो समयमा यो अवस्था फेरिएको छ ।

कतिपय गाडी त अपत्यारिलो मूल्यमा किन्न पाइने भएकाले धेरैको ध्यान यस्ता गाडीले खिचेका छन् । गाडी दैनिक आवश्यकताको साधन बन्दै गएको छ । निर्माता कम्पनीहरुले मध्यमवर्गका ग्राहकलाई समेत लक्षित गरी साना गाडी बजारमा ल्याउने क्रम जारी नै छ ।

नेपालमा पछिल्लो समयमा साना, सस्तो र धेरै माइलेज दिने कारहरुको माग बढ्दो क्रममा छ । आजभोलि सडकहरुमा विभिन्न कम्पनीका इन्ट्री लेभलका कारको संख्या बाक्लो देखिन थालेको छ ।

गाडी उत्पादक कम्पनीहरुले पनि मोटरसाइकल छाडेर गाडी किन्न चाहाने मध्यमवर्गलाई लक्षित गरेर इन्ट्री लेभलकै कारमा उत्कृष्ट सुविधा, डिजाइन, इञ्जिन, माइलेज र ग्राउण्ड क्लेयरेन्स प्रदान गरेका छन् । त्यसैले नियमित आम्दानीबाट थोरै बचत गर्न सक्ने उपभोक्तालाई यस्ता गाडीले गजबसँग आकषिर्त गरिरहेका छन् ।

सडकको दुरावस्थाले मोटरसाइकल यात्रा जोखिमपूर्ण बन्दै गएकाले पनि विकल्पमा कार प्रयोग गर्नेहरुको संख्या दिनपि्रतिदिन उकालो लागिरहेको छ । अझ सार्वजनिक सवारी साधनको यात्रा सहज र भरपर्दो नहुँदा पनि इन्ट्री लेभलकै कार खरिदमा ग्राहकको चासो बढ्दो छ ।

त्यसमाथि मोटरसाइकलमा यात्रामा गर्दा धुवाँ धुलो मात्रै भोग्नु पर्दैन, झरीको समयमा रुझ्नुपर्छ भने घाममा पनि धेरै समस्या भोग्नुपर्छ ।

यस्तो अवस्थामा आफूले ‘अर्फोड’ गर्न सक्ने मूल्यमा राम्रा स्तरका गाडी किन्न पाइने अवस्था छ । त्यसैले गाडीमा धेरैको चासो बढ्नु स्वभाविक नै भएको कम्पनीहरु बताउँछन् ।

नेपालमा सामान्यतया हुण्डाई, सुजुकी र टाटाका साना गाडीहरु बढी प्रचलित छन् । सँगै अन्य थुप्रै कम्पनीहरु पनि इन्ट्री लेभलको कार लिएर बजारमा आएका छन् । यो लेभलको कार बजारमा केही नयाँ गाडी प्रवेश गरेका छन् भने कुनैले बजारमा बर्चश्व नै कायम गरेका छन् ।

त्यसैले अहिले सानो बजेट भएकाहरुलाई पनि आफ्नै कारको चढ्ने सपना साकार गर्नु ठूलो चुनौतिको विषय हुने गरेको छैन । बजारमा केही त्यस्ता इन्ट्री लेभलका कार छन्, जसले मध्यम वर्गलाई उनीहरुको आफ्नै गाडीको सपनासँग सहजसँग जोडिरहेका छन् । नाडामा ३५ प्रतिशत डाउनपेमेन्ट गर्दा ६ लाख रुपैयाँ बराबारमै कार घरमा लैजान सकिन्छ ।

डाटसन रेडी गो

मूल्यको हिसाबले ग्राहकको मन जित्न सफल कार हो जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कारको नेपालीबजारमा न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ रहेको छ ।

१ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि २० लाख ५९ हजारमा किन्न पाइन्छ । अझ कम्पनीले नाडामा छुटसहित र विभिन्न सुविधासहित ग्राहकलाई बेनिफिट दिइरहेको छ ।

डाटसन गाडीको नेपाली आधिकारिक विक्रेता पायोनियर मोटोकर्प हो । ‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । ‘रेडी गो’ नेपाली बजारमा हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने भएकाले पनि रेडी गो ग्राहकमाझ लोकपि्रय बन्ने क्रममा रहेको छ ।

यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।

रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । ह्याचब्याक कार भएर पनि यसमा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ ।

यो गाडीमा तीन वर्ष फ्रि सर्भिस र वारेन्टीको सुविधा दिइएको छ ।

हुण्डाइको इओन

इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । विभिन्न विशेषताका कारण यो कार नेपालमा लोकपि्रय भइससेकेको छ । नेपालमा चार कलर र २ भेरियन्टमा इओन उपलब्ध छ । सस्तो मूल्यमा उत्कृष्ट डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कारलाई धेरैले रुचाएका छन् ।
८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लिरेन्स छ । यसै कारण पनि ग्राहकको मन जित्न यसलाई गाह्रो परेको छैन ।

मोटरसाइकल ‘सब्स्टीच्युट’ गर्नेका लागि इओन उत्कृष्ट र महत्वपूर्ण कार हुनसक्छ । किनकी यसले पनि कम इन्धन खपत गर्छ भने लुक्स बेजोडको छ । यसले प्रतिलिटर २१ दशमलब १ किलोमिटर गुड्ने क्षमता राख्छ । यो कारमा ३२ लिटरको इन्धन टयांकी छ ।

नेपाली बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १७ लाख ५१ हजार रुपैयाँ छ । सानो खालको गाडी भएपनि स्पेसमा कुनै कमी नरहेको दाबी कम्पनीको छ ।

मारुती-सुजुकीको अल्टो

इन्ट्री लेभलको अल्टो मारुती-सुजुकीको उत्पादन हो । अहिले यो सबैभन्दा बढी बिक्री हुने कारमा पर्छ । अल्टोको अपग्रेडेड भर्सन आएपछि उपभोक्ताले अत्याधिक रुचाएका छन् ।

सिजी मोटोकोर्पकाअनुसार नेपाली बजारमा अल्टो विभिन्न भेरियन्टमा उपलब्ध छ । अल्टो ८०० सीसी इञ्जिन क्षमताको कार हो । यो गाडी ६ वटा कलरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । १ सय ६५ मिलिमटिरको ग्राउण्ड क्लियरेन्स रहेको कारमा ३५ लिटरको पेट्रोल टयांकी छ ।

यसले प्रतिलिटर २४ दशमलव ७ किलोमिटर माइलेज दिन्छ । माइलेजका कारण पनि यसले नयाँ गाडी ग्राहकको ध्यान तानेको छ ।

नेपाली बजारमा अल्टोको मूल्य १६ लाख ३९ हजार रुपैयाँबाट हुन्छ भने फूल अप्सन अल्टो २० लाख ८९ हजार रुपैयाँसम्म पर्छ । अल्टो स्टान्डर्ड नेपालमा ट्याक्सीका रुपमा प्रयोग गरिएको छ ।

अल्टोले शहरी क्षेत्रमै पनि १९ किलोमिटर प्रतिलिटरको माइलेज दिइरहेको सिजी मोटाकोर्पले बताउँछ । अल्टो इन्धन किफायती भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।

टाटा टियागो

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्र्पोटी हृयाचब्याक गतवर्ष नेपालमा सार्वजनिक भएको कार हो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टियागोले धेरैको ध्यान तानेको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसलाई नेपाली बजारमा यसलाई सफल बनाइसकेको छ । यो कार तीन वटा भेरियन्टमा उपलब्ध छ । यो कार स्ट्राइकर ब्ल्यू, बेरी रेड, सनब्रस्ट अरेन्ज, एक्प्रेसो ब्राउन, पर्लसेन्ट हृवाइट र ल्पाटिनम सिल्भर कलरमा उपलब्ध छ ।टियागोको प्रारम्भिक मूल्य २४ लाख ९५ हजार रुपैयाँ छ । टियागोको टप मोडल एक्सजेडको मूल्य ३१ लाख ५५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

विभिन्न फिचर्सहरु समावेश भएको यो १२ सय सीसीको कार मोटरसाइकलको विकल्प खोज्नेहरुका लागि एउटा राम्रो ‘अप्सन’ हो । यो कारको बनोट आकर्षक छ भने सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रीलसहित प्रस्तुत गरिएको छ ।

कारमा सिटी र इकोसहित मल्टि ड्राइभ मोड राखिएकाले ˆयुल इफिसियन्सी पनि राम्रो छ । यसैका कारण गाडी चढ्नेबारे योजना बनाएकाहरुले यसलाई विकल्पका रुपमा राख्न सक्छन् ।

रेनो क्वीड

‘रेनो क्वीड’ इन्ट्री लेभलको ८ सय र १ हजर सिसीमा उपलब्ध हृयाचब्याक कार हो । सस्तो मूल्यमा आकर्षक कार दिएकै कारण रेनोले नेपाली मध्यमबर्गमाझ छुट्टै पहिचान बनाएको छ ।

उत्कृष्ट डिजाइन, मूल्य र माइलेज र फिचर्सका कारण यसले धेरैको ध्यान खिच्ने देखिएको छ । रेनोले आˆनो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षक बनाएको छ ।

इन्ट्री लेभलको कार क्वीडको ˆयुल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्यांक रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ ।

युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ ।

यसको प्राारम्भिक मूल्य २२ लाख २४ हजार ५ सय ३३ रुपैयाँ छने टप भेरियन्टको मूल्य २४ लाख ११ हजार ६ सय ६३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment