काठमाडाैं ।/ नियात्रा साहित्यमा भिन्न उपस्थिति देखाएका दामोदर पुडासैनी ‘किशोर’ले ‘सहर बिनाको सहर’ कविता संग्रह बजारमा ल्याएका छन् । तराई मधेस केन्द्रित विषयवस्तु समेटिएको यो कृतिमा ५२ कविता समेटिएका छन् ।
पुडासैनीको यो सातौं कविता कृति हो । सामान्यतया हिमाल र पहाडको विषयमा नियात्रा लेख्न रुचाउने पुडासैनीले आफ्नो नविनतम कृति ‘सहर बिनाको सहर’लाई भने तरार्इ मधेस केन्द्रित गरेका छन् ।
कृतिमा तरार्इ मधेसको जनजीवन, संस्कृति, पर्व, समस्या, दुःख, पीडा र विकृतिहरुलाई कविताका माध्यमबाट ब्यक्त गरिएको छ । तरार्इ मधेस बुझेका मानिसलाई यो कृतिले एकसरो नेपालको समथल भूमिमा पुर्याएको छ ।
‘दामोदर पुडासैनीको यो कृति तराई मधेसमा मात्र केन्द्रित भएर लेखिएको नेपाली भषाकै पहिलो कविता कृति हो ।’ बरिष्ठ समालोचक डा. राजेन्द्र बिमलले उक्त संग्रहको भूमिकामा भनेका छन्, ‘यो कविता कृतिले तरार्इका संस्कार, समस्यामा मात्र होइन, यसका सम्भवनाका विषयमा पनि संकेत गरेको छ ।’
‘सहर बिनाको सहर’ साझा प्रकाशले प्रकाशन गरेको हो । पुस्तकको मूल्य २ सय ५० रुपैयाँ छ ।