Comments Add Comment

नीताको ब्रत अन्जान मान्छेका लागि

आज नेपाली महिलाहरुको महान् पर्व तीजको विशेष दिन । आज नेपाली महिलाहरु ब्रत बसेका छन् । बिबाहित महिलाहरु आफ्नो श्रीमान्का लागि र अविवाहितहरु राम्रो श्रीमान् पाउँ भन्ने कामना गर्दै ब्रत बस्छन् । नेपाली चलचित्रका धेरै नायिकाहरु पनि आज ब्रत बसेका छन् । नायिका नीता ढुंगाना पनि आज ब्रत बसेकी छिन् ।

तर, उनको ब्रत बस्नुको कारण अन्जान मान्छेका लागि हो । नीताले फेसबुकमा लेखेकी छिन्-‘कही त होला, कतै त होला, उसैको लागि बस्दिएँ ब्रत । ह्याप्पी तीज ।’नीता ढुंगानाले जीवनको कुनै मोडमा आउने मान्छेका लागि ब्रत बसेको बताएकी छिन् भने कतिपय नायिकाहरुले करिअरका लागि ब्रत बसेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment