Comments Add Comment

महोत्तरीमा घुससहित प्रहरी पक्राउ

२७ भदौ, बर्दिबास । महोत्तरीमा प्रहरी कार्यालयमै घुससहित प्रहरी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित क्षेत्रीय कार्यालयले पाँच हजार घुस रकम सहित पक्राउ गरेको हो ।

सीमा क्षेत्रबाट आउने मालसमानको लाइन मिलाइदिने भन्दै पैसा लिदै गरेको अवस्थामा सई यादवलाई पक्राउ गरिएको अख्तियार कार्यालय बर्दिवासले जनाएको छ ।

रामगोपालपुर क्षेत्रबाट सम्सीलगायत नाका सीमा क्षेत्र नजिकै रहेको हुँदा उक्त बाटो भएर अवैध मालसामान ओसारपसार तथा लागुपदार्थ ओसारपसार हुने गरेको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment