Comments Add Comment

जन्म मिति सच्याएर अवकाश अवधिपछि डिएसपीमा बढुवा

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को अवकाश अवधि पुगेपछि प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएको खुलेको छ ।

प्रहरी निरीक्षक बल्लभबहादुर सिंह आफ्ना नागरिकताको प्रमाणपत्रमा जन्म मिति सच्याएर डिएसपीमा बढुवा हुन सफल भएको खुलेको हो ।

उनले प्रहरी आफ्नो सेवा अवधि सकिएपछि डिएसपीमा बढुवा भएको गोप्य उजुरी परेपछि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको थियो ।

त्यस क्रममा सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट जारी भएको नागरिकतामा उल्लेख भएको उमेर १८ वर्षलाई फरक पारेर ३१ बैशाख ०३७ मा १६ वर्ष उमेर पुगेको बनाएको खुलेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

‘त्यो प्रमाणपत्र लिएर डिएसपीमा बढुवा समेत भइ अवकाश हुने समयभन्दा बढी अवधिसम्म बहाल रहेको खुलेको छ’, दंगालले भने, ‘त्यसैले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम जरिवाना र कद सजाय हुन मागदाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment