Comments Add Comment

के विशेष छन् नाडा अटो मेलामा, हेर्नुस् भिडियो रिपोर्ट

२७ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा काठमाडौंमा नाडा अटो-शो चलिरहेको छ । मंगलबारबाट भृकुटीमण्डपमा जारी मेला भदौ ३१ गतेसम्म चल्नेछ । १३ औं नाडा अटो-शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिएका छन् ।

नाडामा १९ वटाचार पांग्रे र २० वटा दुई पांग्रे ब्राण्डको मेलामा सहभागिता छ । यस वर्ष स्थान अभाव भएकाले हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छैन ।

सवारी साधनको प्रदर्शनीमा सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुबि्रकेण्टसका पनि स्टल पनि छन् । नाडाले दशैं आउनुभन्दा झण्डै महिना दिन अगाडि गर्न गरेको अटो-शोमा सवारीका नयाँ मोडलहरु सार्वजनिक गरिएका छन् । यो वर्ष मेलाका लागि ३ वटा ह्यांगरहरु निर्माण गरिएका छन् ।

मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइएको छ । मेलामा अवलोकन गर्नेमध्येबाट दैनिक एकजना भाग्शाली विजेताले कुलप्याड मेगा २.५डी मोबाइल पनि प्रदान गरिनेछ ।

७१ वटा कम्पनीका १३४ स्टल रहेको प्रदर्शनीलाई ७० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ नाडामा कस्ता सवारीहरु छन् , के-के कुरामा बढी आकर्षण छ ? हेर्नुस् रविन्द्र घिमिरेको भिडियो रिपोर्ट

भिडियो: शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment