Comments Add Comment

सुन तस्करी प्रकरण: लाक्पालाई थुनामै राख्ने आदेश

भदौ २७, मोरङ । उच्च अदालत, विराटनगरले साढे ३३ किलो सुन तस्करी र समन शाक्य हत्या प्रकरणमा मुछिएका लाक्पा शेर्पाको हकमा जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ ।

गत जेठ ८ गते जिल्ला अदालत मोरङले हत्या प्रकरणमा मुछिएका ५ उच्च पदस्थ प्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

जिल्लाको आदेश उल्टि गराउन माग गर्दै निवेदन गर्ने अभियुक्त्त लाक्पा शेर्पालाई बुधवार जिल्लाकै आदेश सदर गर्ने उच्च अदालतले आदेश गरेको हो । यसअघि मंगलबार तुलाराम थारुलाई थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment