Comments Add Comment

ग्लोबल आइएमईको गुल्मीमा २ शाखारहित बैंकिङ सेवा

२७ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले मगंलबार थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका २ वटा शाखारहित बैंकिङ्ग सेवासँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०२ पुगेको छ ।

बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नं. ६ चारपलामा आˆनो १०१ औँ र सोही गाउँपालिकाकै वडा नं. १ बलिथुममा आˆनो १०२ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । उक्त दुवै शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घजिीवि तथा स्थानीयवासीहरुको उपस्थितिमा गरिएको छ ।

चारपलामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय नारायणप्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाको लागि स्थानिय उत्तम पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । यी दुई शाखारहित बैंकिङ्ग सेवा ग्लोबल आइएमई बैंकको गौंडाकोट शाखा अन्तर्गत रहने छन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आˆनो गाउँमै स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment