Comments Add Comment

‘जब टिममा दबाव बढ्छ, एन्डरसनलाई बल दिनू’

२७ भदौ, काठमाडौं । इंग्ल्यान्डका जेम्स एन्डरसनले टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने फास्ट बलर बनेका छन् ।

भारतविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा इंग्ल्याण्डलाई ११८ रनको जित दिलाउने क्रममा एन्डरसनले यो सफलता हात पारेका हुन् ।

यसअघि यो कीर्तिमान अष्ट्रेलियाका ग्लेन म्याकग्राथको नाममा थियो । उनले पाँच सय ६३ विकेट लिएका थिए ।

एन्डरसनले पाँच सय ५४ विकेट लिएका हुन् । इंग्ल्यान्डकै स्टुअर्ट ब्रोड ४ सय ३३ विकेटका साथ पाचौं नम्बरमा उक्लेका छन् ।

३६ वर्षका एन्डरसन लामो समयदेखि इंग्ल्यान्डका प्रमुख स्ट्राइक बलरका रुपमा छन् । जब-जब विपक्षी व्याट्सम्यान खेलमा हाबी हुन थाल्छन्, इंग्ल्याडका कप्तानले एन्डरसनको हातमा बल थमाइदिन्छन् । मंगलबार पनि यस्तै भयो ।

इंग्ल्यान्डले दिएको कठिन लक्ष्य पछ्याउने क्रममा भारतले २ रन बनाउने क्रममा नै ३ विकेट गुमाइसकेका थिए । तर, लोकेश राहुल र रिशव पन्तले बलियो साझेदारी गरे । उनीहरुले प्रत्येक ओभरमा ५-६ रन बटुल्न थालेका थिए । दुबैले १४९ रनको साझेदारी भइसकेको अवस्थामा कप्तानले एन्डरसनलाई हेरे ।

नभन्दै एन्डरसनले खुलेर खेलिरहेका भारतीय ब्याट्सम्यानमाथि पुन दबाव फर्काए । उनले लगातार चार ओभर मेडन गरे । त्यसपछि पनि खासै रन दिएनन् ।

पहिलो स्पेलमा दुई विकेट लिएका उनले दोस्रोमा एक विकेट मात्रै लिन सफल भए पनि भारतलाई घुँडा टेकाउन सफल भए । समग्रमा भारतविरुद्ध एन्डरसन प्रभावकारी देखिए । उनले राम्रो प्रदर्शन गर्दा इंग्ल्यान्डले म्याच जित्ने गरेको इतिहास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment