Comments Add Comment

सन्यासबारे सोचेको छैन : एन्डरसन

२७ भदौ, काठमाडौं । टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिने फास्ट बलरको कीर्तिमान बनाएका इंग्ल्याण्डका जेम्स एन्डरसनले अहिले नै सन्यासबारे नसोचेको बताएका छन् ।

इंग्ल्याण्डबाट १ सय ४३ टेस्टमा ५ सय ६४ विकेट लिएका ३६ वर्षका एन्डरसन समग्रमा टेस्ट क्रिकेटमा धेरै विकेट लिने चौथा खेलाडी हुन् । उनीअघि स्पिनरहरु मुलरिधरन, शेन वार्न र अनिल कुम्ले मात्रै रहेका छन् ।

इंग्ल्याण्डका एलेस्टर कुकले ३३ वर्षको उमेरमा सन्यास लिएपछि एन्डरसनले आफूले भने अहिल्यै सन्यास लिने बारे नसोचेको बताएका हुन् । टेस्टबाहेक अरु खेल छाडेका उनले आफू अझै फिटनेसमा काम गर्न सक्ने बताएका छन् ।

‘मैले अहिले नै सन्यास बारे सोचेको छैन । म जहिलेसम्म खेल्छु मेहनत गरेर राम्रो खेल्छु । अगाडि आउने हरेक खेल, हरेक सिरिजमा मेरो ध्यान रहेको हुन्छ’ टेस्ट क्रिकेटका नम्बर एक बलर एन्डरसनले भने,

‘तर पनि सन्यास भन्ने कुरा कहिले हुन्छ भन्ने एकीन हुँदैन । २००६ मा एसेस खेल्न जाँदा ग्लेन म्यागराथले सन्यास बारे सोचैकै थिएनन् तर सिरिज सकिँदा उनले सन्यास लिए । यसैले कहिले के हुन्छ भन्ने त थाहा हुँदैन तर पनि मेरो सोच सन्यास लिनेमा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment