Comments Add Comment

जंकफूडले शरीरलाई कसरी विषालु बनाउँछ ?

आजभोलीको तन्नेरी पुस्ताले अत्यधिक मात्रामा जंक फुडको सेवन गर्ने गर्छन् । छिटो र मिठो हुने भएकाले जंक फुडले हरेकको जिब्रोलाई लोभ्याएको छ ।

जंक फुडको लत लागेपछि केही न केही खाइरहन मन लाग्छ । मुख खाली राख्न मन लाग्दैन ।

तर, मिठो र छिटो यो खान्कीले स्वास्थ्यमा भने खराब असर गरिरहेको हुन्छ । यसको साइड इफेक्ट भयानक छ । त्यसैपनि तयारी वा प्याकेजिङ गरिएका यस्ता जंक फुडमा थोरै पोषकतत्व हुन्छन् ।

यस्ता खानेकुरामा धेरै क्यालोरी फ्याट र सुगर हुन्छ तर फाइबर, प्रोटिन, भिटामिन्स र मिनरल्स भने कम हुन्छ । धेरै मात्रामा जंक फुडको सेवन गर्नाले मोटोपना हुने खतरा बढ्छ ।

जति धेरै जंक फुडको सेवन गरिन्छ त्यसले शरीरमा पोषक तत्वको मात्रा त्यति नै कम हुँदै जान्छ । जंक फुडको सेवन गर्नाले स्वास्थ्यमा असर गर्छ भन्ने त तपाईंलाई थाहै होला । तर, तपाइर्ंलाई यसले तपाईंको मस्तिस्कमा पनि नकरात्मक प्रभाव पार्छ भन्ने कुरा थाहा नहुन सक्छ ।

जंक फुडको अत्यधिक सेवन गर्नाले हुने हानीकारक प्रभावहरुको बारेमा जानीराखौंः

डिप्रेशन

तपाइर्ंले जब धेरै मात्रामा जंक फुड खान थाल्नुहुन्छ त्यतिखेर सुगर र फ्याटयुक्त भोजन गर्नाले दिमागमा केमिकल एक्टिभिटीमा परिवर्तन आउँछ । तर, जब यी जंक फुडको सेवन गर्न बन्द गर्नुहुन्छ त्यतिखेर तपाईं तनावको शिकार हुन सक्नुहुन्छ र डिप्रेशन महसुस हुन्छ ।

त्यसलाई टाढा गर्न फेरि जंक फुड खान थाल्नुहुन्छ । जंक फुड धेरै खानाले शरीरमा एमिनो एसिड जस्ता पोषक तत्व कम हुन्छन् जसको कारण डिप्रेशन बढ्छ । शरीरमा असन्तुलित फ्याटी एसिडको कारणले पनि डिप्रेशनको खतरा बढ्छ ।

भोक नियन्त्रण गर्ने क्षमता कम गर्छ

जंक फुडको सेवन गर्नाले मस्तिस्कलाई संकेत मिल्छ जसको कारणले तपाईंको कहिले भोक लाग्यो र के खानुभयो भन्ने बिर्सन सक्नुहुन्छ । यस्तो धेरै खानाको कारणले हुन्छ ।

मस्तिस्कको स्वस्थ कार्य सम्पादनको लागि दैनिक फ्याटी एसिड जस्तै ओमेगा ६ र ओमेगा ३ को आवश्कता हुन्छ । यी चीजहरुको कमी हुनाले मस्तिस्कसंग सम्बन्धित समस्याहरु हुन्छ ।

धैर्यताको कमी

दैनिक दुनोट वा यस्तै केही गुलियो खाना खानाले ब्लड सुगर लेभल बढ्छ जसले तपाईंलाई सुरुमा खुसी महसुस हुन्छ र सन्तुष्टि मिल्छ । तर, केही समय पछि यसले तपाईंलाई चिडचिडापन महसुस हुन्छ ।

जंक फुडमा कार्बोहाइड्रेट धेरै हुन्छ जसको कारण रगतमा ब्लड सुगर लेभलमा परिवर्तन भइरहन्छ । यदि सुगर लेभल कम भएमा चिन्ता र थकानको समस्या हुन्छ ।

धेरै सुगर र फ्याटयुक्त खाना खानाले तपाईं भोकलाई शान्त गर्नको लागी धेरै र छिटोछिटो खाना खान थाल्नुुहुन्छ । जंक फुडको लत लागेमा तपाईंलाई हरेक समय केही खाने इच्छा हुन्छ ।

स्मरण सम्बन्धि समस्या

उच्च मात्रामा सुगर र फ्याट युक्त भोजनको सेवन गर्नाले पेप्टाइड भनिने दिमागको एक्टिभिटी कम हुन्छ । यो एक्टिभिटिले कुनै कुरा स्मरण गर्न मद्धत गर्छ ।

यसको साथै मस्तिस्कमा सिनेप्सिस हुन्छ जसले स्मरणशक्ति र अरु कुराहरु ध्यान राख्न मद्धत गर्छ । धेरै मात्रामा क्यालोरीको सेवन गर्नाले सिनेप्सिसको उत्पादनमा बाधा उत्पन्न हुन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment