Comments Add Comment

दिशाको प्रेममा ऋतिक

केही समयअगाडि देखि बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीबीच अफेयर चलिरहेको जगजाहेर छ । तर, पछिल्लो केही दिनमा दिशालाई ऋतिक रोशनले आँखा लगाएका छन् ।

श्रीमती सुजैनसँग सम्वन्धविच्छेद गरेपछि एक्लो जीवन बिताइरहेका ऋतिक आफ्नो जीवनमा कोही नयाँ स्त्री आए हुन्थ्यो भन्ने चाहन्छन् । यसैबीच हालै एक चलचित्रमा सँगै काम गर्ने क्रममा दिशाप्रति उनी आकृष्ट भए । दिशाको सुन्दरताले उनलाई मोहनी नै लायो ।

यता दिशा भने लामो समयदेखि नायक टाइगर श्राफसँग अफेयरमा रहेको जगजाहेर नै छ । ऋतिकलाई पनि यो कुरा थाहा नभएको होइन । तर, चलचित्रको सुटिङका क्रममा उनले दिशालाई  पछ्याएका छन् । ऋतिकले यतिसम्म गरे कि दिशा ‘इरिटेटेड’ नै भइन् । र, यही कारणले उनले सो चलचित्रबाट हात झिकिन् ।

यो समाचार केही मिडियाहरुले खुलासा गरेपछि ऋतिक आगो भएका थिए । उनले ती मिडियाहरुलाई सामाजिक सञ्जालमा धुन्धान गाल गरे । यता दिशाले पनि ऋतिक आफ्नो लागि सम्मानित वयक्ति भएको भन्दै उनको कारण चलचित्र नछोडेको जिकिर गरिन् । उनले ऋतिकको बानी व्यहोरा एकदम असल रहेको भन्दै प्रशंसा गर्न पनि चुकिनन् ।

यसैबीच, अर्काथरी मिडियाले भने ऋतिक र दिशाबीच साँच्चै प्रेम सुरु भएको भनेर पत्याउनै गाह्रो हल्ला चलाइरहेका छन् । ती मिडियालाई पत्याउने हो भने ऋतिक चाँडै नै दिशालाई श्रीमती बनाएर भित्र्याउने तयारीमा छन् ।

यो पूरा प्रकरणमा दिशाका प्रेमी टाइगर भने मौन थिए । अहिले आएर उनले मुख खोलेका छन् । उनले आफ्नी प्रेमिका र ऋतिकबीच कुनै किसिमको संसर्ग नरहेको दावी गरेका छन् ।

एक अन्तरवार्तामा उनले भने, ‘म ऋतिकलाई राम्रोसित चिन्छु । उनले यस्तो गर्नै सक्दैनन्,’ टाइगरले भनेका छन् । स्मरणीय के छ भने ऋतिकलाई टाइगरले आफ्नो आइडल मान्छन् । तर, आइडलले नै प्रेमिका उछिट्याइदिए भने उनलाई जति चोट कसलाई लाग्ला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment