Comments Add Comment

चिन्नुहोस् टाटाका लोकिप्रय ५ कारलाई

२८ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो-शो चलिरहेको छ । नाडामा टाटाको स्टलमा ठूलो भीड लागेको देख्न सकिन्छ । केही वर्षअघिसम्म प्यासेन्जर कार सेगमेन्टमा खासै विश्वास नगिरएको टाटा अहिले नेपाली बजारमा निकै बलियो सावित भइसकेको छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी अटो ट्रेडिङका असिस्टेन्ट जनरल म्यानेजर अनुर्ज कार्की नाडामा ग्राहकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको बताउँछन् । टाटाले यो वर्ष नाडामा टिगोरको इलेक्टि्र भर्सन पनि प्रदर्शनमा राखेको छैन । हाल यो विद्युतीय कारको बुकिङ लिइएको छैन ।

कार्की नाडामा नेक्सनप्रति नै धेरै ग्राहकको ध्यान खिचिएको बताउँछन् । त्यस्तै जेस्ट, टिगोर, टियागो, हेक्जाको बुकिङ लिने पनि कम छैनन् ।

नेक्सन

कम्प्याक्ट एसयूभी नेक्सन टाटाको सबैभन्दा बढी रुचाइएको गाडीमध्ये एक हो । निकै प्रतिस्पर्धी मूल्यमा नेपाली बजारमा आएको नेक्सनले निकै राम्रो प्रभाव छाड्दै गएको कम्पनी बताउँछ ।

टाटा नेक्सनमा केही भागका डिजाइनहरु ल्याण्ड रोभर मोडेलहरु, विशेष गरी रेञ्ज रोभर इभोकबाट प्रेरित छ । कर्भ डिजाइन, पृथक स्टाईल र स्मार्ट फिचरहरुका साथ नेक्सनले कम्प्याक्ट एसयूभी स्पेसको वर्गमा नयाँ आयाम ल्याएको छ । डुअल कलरटोनमा उपलब्ध यो कार केही नवीन र चाख लाग्दो स्टाईल फ्याक्टरहरुबाट सुसज्जित छ । यसमा प्रोजेक्टर हेडल्याम्पस्, एलइडी डे टाइम हेडल्याम्प र एलइडी टेलल्याम्प तथा १६ इन्च एलोय ह्वील महत्वपूर्ण विशेषताका रुपमा छन् ।

नेक्सनको डिजाइन निकै अब्बल किसिमको छ । त्यसैले यो एउटा कम्पलिट कम्प्याक्ट एसयूभी भएको दावी वितरक सिप्रदी ट्रेडिङको छ ।  यसका अलावा डुअल टोन रुफ, १६ इन्च मेसिन कट एलोय हृवील र फ्लेयर्ड हृवील आर्चेजले यसलाई स्पोर्टी र प्रिमियम लुक्स दिएको छ ।

टाटा नेक्सनको इन्टेरियरलाई सजाउन पनि कम्पनीले निकै मिहिनेत गरेको छ । उत्कृष्ट फिनिससहितको उच्चस्तरीय इन्टेरियरका साथै पि्रमियम लुक्सको ड्यासबोर्डले कारलाई थप आकर्षक बनाएको छ । नेक्सनमा रहेको ड्यास टप एचडी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी-ड्राईभिङ मोड सिस्टम पनि मजबुत पाटा हुन् । यसको इन्टेरियर अन्यको भन्दा अलग पनि छ ।

नेक्सनमा थ्री टोन क्याबिन छ । यो एसयूभीमा ६.५ इन्चको फ्लोटिङ ड्यासबोर्ड टचक्रिन लगाइएको छ । कम्पनीकाअनुसार यो सेगमेन्टमै आएको पहिलो सुविधा हो । कम्र्फटका मामिलामा गाडी निकै अब्बल छ । यसको फ्रन्ट र रेयर सिटमा पर्याप्त स्पेस छ । कारको सिटमा राम्रो खालको लेदरको प्रयोग गरिएको छ । यसमा ड्राइभर सिट हाइट एड्जस्टमेन्ट, फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायतका फिचर्स पनि छन् ।

त्यसैले यो निकै आरामदायक छ । कारमा ठूलो ग्लो बक्स पनि दिइएको छ । कप होल्डर पनि छन् । नेक्सनमा ३५० लिटरको बुट स्पेस छ । रेयर सिट फोल्ड गरियो भने ६९० लिटर हुन्छ । यसमा स्मार्ट कि र पुस बटन स्टार्टको सुविधा छ । यसमा अटो तथा मेनुअल क्लाइमेट कन्ट्रोल सुविधासहितको एयर कन्डिसनर, पावर आउटलेट लगायतका एसयूभीमा हुनुपर्ने सबै खालमा सुविधा छन् । युएसबी चार्जर, रेयर पावर आउटलेट, पावर विन्डो लगायतका विशेषताबाट पनि यो सजिएको छ ।

सुरक्षाका मामिलामा पनि कार उत्कृष्ट भएको दावी कम्पनीको छ । यसमा डुअल एयरब्याग छ । आईएसओफिक्स, एबीएस र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स पनि छ । किलेस इन्ट्रीको सुविधा पनि नेक्सनमा छ । उत्कृष्ट ग्राउण्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि उपयुक्त छ । यसमा २०९ एमएमको ग्राउण्ड क्लेयरेन्स छ । त्यसैले पनि नेक्सनले यात्रुलाई निकै आत्मविश्वास दिन्छ । गाडीमा रेयर पार्किङ सेन्सरहित विशेष सुविधासहितको क्यामेरा पनि छ ।

नेक्सन इम्प्रेसिभ लुक्सका साथमा दमदार इञ्जिनसहित बनेको छ । नेक्सनमा १.२ लिटरको ३ सिलिण्डरयुक्त रेभोर्टन इञ्जिन छ । डिजेल भर्सनमा भने १५ सय सीसीमा ४ सिलिन्डरको रेभोटर्क इन्जिन छ । पेट्रोल इन्जिनले ११० पीएसको पावरका साथमा १७० एमएमको टर्क उत्पादन गर्छ । डिजेल इन्जिनले भने १०९ पीएसमा २६० एनएमको टर्क दिन्छ । दुबै भर्सनमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ । हालै अटोमेटिक ट्रान्समिसन सहज ड्राइभिङका लागि ४ वटा मोडको विकल्प छ ।

जेस्ट

टाटा गाडीले आफ्नै फिलोसोपीमा तयार गरेको सेडान कार हो, जेस्ट । अहिले नेपालमा मध्यमवर्गदेखि सेलिब्रेटिसम्मको रोजाइमा पर्नुले यसका विशेषतालाई प्रतिबिम्बित गर्छ । नायिका पि्रयंका कार्की र क्रिकेटर ज्ञानेन्द्र मल्ल लगायतले चढिरहेको जेस्ट सबै कोणबाट नेपालमा सबैभन्दा धेरै रुचाइएको सेडान बनेको छ ।

फ्रन्ट ग्रीलको साथमा प्रोजेक्टर हेड ल्याम्पका कम्बिनेशनले जेस्टलाई आकर्षक बनाएको छ । १५ इन्चको एलो-हृवीलले स्पोर्टी लुक्स दिन्छ । ओभरअल लुक्समा यो टाटा फेमिलीको बिल्कुलै फरक कारका रुपमा प्रस्तुत भएको छ । यसले अहिलेको जेनेरेशनको लगाव र धारणालाई प्रतिनिधित्व मात्रै गर्दैन, प्रतिबिम्बित पनि गर्छ । अझ यसको असली मज्जा त इन्टेरियरमा छ । यसको इन्टेरियर एउटा फ्रेस एटिट्युडको साथमा तयार छ । यसको इन्टेरियरको तुलना अरु कम्पनीका सेडानसँग गर्ने हो भने यो पछि पर्ने अवस्था छैन । खासमा इन्टेरियरमा कलर कम्बिनेशन निकै सानदार छ ।

सँगै क्याबिन स्पेशको मामिलामा यो अरुमाथि भारी परेको छ । जेस्टको पछिल्लो सीटमा ३ जना आरामसँग बस्न सकिन्छ । यो बाहेक हेडरुम रलेगरुममा पनि कुनै कमी महसुस हुँदैन । टाटाका इञ्जिनियरले ठूलो अनुसन्धान र मेहेनतका साथ जेस्टको डिजाइन तयार गरेका छन् । यसैको बलमा अटो दुनियाँको एउटा उत्कृष्ट र बलियो खेलाडीको रुपमा देखिएको छ । हाइवेमा सिधा बाटो होस् या घुमाउरो मोड चालकको कन्फिडेन्टमा कमी हुँदैन । हाइटेक म्युजिक सिस्टम बनाउने कम्पनीले जेस्टका लागि इन्फोटेन्मेन्ट सिस्टम डेभलप गरेको छ । त

बेसिक फिचर्सका अलावा जेस्टमा सुरक्षाका विभिन्न सुविधाहरु पनि छन् । सवारी चलाउँदा चालक र यात्रु सुरक्षित रहनुपर्ने माान्यतालाई महत्व दिँदै टाटाले अनुसन्धानमार्फत आएका निश्कर्षहरुलाई जेस्टमा लागु गरेको छ । सुरक्षामा सम्झौता नगर्ने टाटाको नीति यहाँ पनि प्रस्तुत छ । डुअल एयर ब्याग, एबीएस सिस्टम, सेन्ट्रल लक, पार्किङ सेन्सर, अटो एसी, डे-नाइट रनिङ लाइट जस्ता फिचर्स यसमा छन् ।

टाटा जेस्टको नयाँ पेट्रोल इञ्जिनलाई लिएर सुरुमा उत्साहित थियो । वाटर कुल्ड टर्बो चार्जर लगाइएको यो इञ्जीन ८९ बीएचपीको पावर र १४० एनएमको टर्क उत्पादन गर्छ । इञ्जनको पावर रपीक अप दुबै उत्कृष्ट छ र यसको स्मुथनेशले पनि चालकलाई सुन्तुष्ट बनाउँछ । जेस्टको पेट्रोल भेरियन्टमा ११९३ सीसी इन्जिन छ । यसमा भएको अत्याधुनिक वाटर कुल्ड टर्बो चार्जरले उल्लेखनीय इन्जिन पर्फमेन्स दिन्छ ।

उच्च क्षमताको यसले प्रतिघन्टा १ सय ५४ किलोमिटरको उच्च गति र १७.६ किलोमिटरको माइलेज दिन्छ । त्यस्तै, डिजेल १.३ लि क्वाड्राजेटले प्रतिघन्टा १ सय ५८ किलोमिटर गति र प्रतिलिटर २३ किलोमिटर माइलेज दिन्छ । यसको ग्राउण्ड क्लेयरेन्स १७५ मिलिमटिरको छ । समग्रमा भन्दा डिजाइन, इन्टेरियर, इन्जिन तथा पर्फमेन्समा टाटाको अन्य मोडलहरुभन्दा उत्कृष्ट छ टाटा जेस्ट ।

टिगोर


टिगोर टाटाको अर्को महत्वपूर्ण कम्प्याक्ट सेडान गाडी हो । कम्पनीले यसलाई ‘स्मार्ट, स्टाइलिस एण्ड सेन्सेस्नल’ गाडीका रुपमा चिनाएको छ । युनिक कभ्र्ड ब्याक, ग्लामरस लुक र अल्ट्रा कोजी इन्टेरियरसहितको यो गाडी ‘स्टाइल-ब्याक’ अवधारणामा बलियो रुपमा प्रस्तुत भएको छ ।

यसमा डुअल कलर बम्परसँगै टाटा सिग्नेचर ग्रील, क्रोम र स्मोक्ड प्रोजेक्टर हेडल्याम्प छ । यसको अलावा यसको हेडलाइटमा एलईडी ट्रिटमेन्ट दिइएको छ । एलईडी स्टप लाइट्स र टेल ल्याम्पस् पनि दिइएको छ । यसले कारलाई निकै आकर्षक बनाएको छ ।

टिगोर रेयर र साइड लुक्स प्रोफाइलमा एकदम अलग लुक्सका साथ आएको छ । डिजाइनको मामिलामा अब्बल देखिएको यो कार बजारमा नयाँ तरंग ल्याउने गरी उत्रिएको छ । यो कारमा १५ इन्चको डुअल टोन एलो ह्वील छ । फ्रन्ट प्रोफाइल टेल ल्याम्प्स, टाटा सिग्नेचर ग्रील, क्रोम फिनिस भेन्ट्स र बडी कलर्ड बम्परले यसलाई स्पोर्टी लुक्स दिएको छ ।

१२ सय सिसीको टिगोरमा शक्तिशाली इञ्जिन राखिएको छ । नेपालमा टिगोरको पेट्रोल भर्सन मात्रै नेपालमा उपलब्ध छ । पेट्रोल भर्सनमा १.२ लिटरको रेबोट्रोन इञ्जिन दिइएको छ । जुन ८५ पीएसको पावर र ११४ एनएमको टर्क प्रदान गर्न सक्षम छ ।

यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ । इम्प्याक्ट डिजाइन थीममा तयार भएको यो कार १ हजार २ सय सिसी क्षमताको हो । ग्राउण्ड क्लेयरेन्सका मामिलामा पनि यो सबल छ । यसमा १७० एमएमको ग्राउण्ड क्लेयरेन्स छ । इन्टेरियरमा पनि टियागो र अन्य कम्पनीको भन्दा अब्बल इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा डुअल टोन इन्टेरियर विद प्रिमियम फिटनेश, जीपीएस नेभिगेशन, ग्लोब बक्स लगायतका फिचर्स छन् ।

कार इन्टेरियरलाई फरक थिममा प्रस्तुत गरिएको छ । डोर पकेट, कप होल्डर, बोटल होल्डरलाई विशेष तरिकाबाट सजाइएका छन् । प्रिमियम निटेड रुफ लाइनरले यसलाई थप आकर्षक बनाएको छ । कारमा विश्वमै उत्कृष्ट मानिने हार्मनको म्युजिक सिस्टम जडान गरिएको छ ।  यसमा विभिन्न २४ वटा युटिलिटी स्पेशहरु सिर्जना गरिएका छन् । यसले गाडीमा स-साना सामान राख्न नित्रै सजिलो हुनेछ ।

टिगोरमा आरामलाई ध्यानमा राखेर स्पीड स्टेबिलिटीको सुविधा दिइएको छ । यात्राको दौरान स्पीड कन्ट्रोलमा राख्दा गाडीमा झड्का लाग्ने छैन । यसको सस्पेन्सन उच्च स्तरीय तवरले बनाइएको छ । यो गाडीमा ५ जनाले आरामसँग यात्रा गर्न सक्छन् । लामो यात्रामा निस्कँदा धेरै सामान लैजान कुनै समस्या पनि हुने छैन । किनभने यसमा ४१९ लिटरको बूट स्पेश छ ।

खराब बाटोमा पनि यसको परफरमेन्स स्मार्ट हुने कम्पनीको दावी छ । लक्जरियस सिटले यात्रुलाई आनन्दित र रोमाञ्चित बनाइराख्छ । ड्राइभर एडजेस्टेबल ड्राइभिङ सिट र स्टेयरिङले यसलाई थप कम्फर्टेबल बनाएको छ । सेफ्टीको मामिलमा पनि यो कार सबल देखिएको छ । यसमा एयरब्याग, एबीएसका साथमा इबीडी विद सीएससी र कर्नर स्टेबिलिटी लगायतका फिचर्स छन् । यसमा डुअल एयर ब्याग सुविधा छ भने फ्रन्ट डिस्क ब्रेकले पनि यात्रालाई सुरक्षित बनाउन सहयोग गर्छ । सेन्ट्रल लकिङ, अटो डोर लक, इम्मोब्लिजर लगायतका फिचर्सले यात्रु निश्चिन्त भएर यत्रामा रमाउन सक्छन ।

हेक्जा

टाटाले स्पोर्ट्स युटिलिटी भेहिकल (एसयूभी) हो ‘हेक्जा’। गत वर्षको नाडामा सार्वजनिक गरिएको हेक्जा यतिबेला पि्रमियम गाडी रुचाउनेहरुको आँखामा परेको छ । टाटाले प्यासेन्जर कार सेगेमेन्टमा बलियो उपस्थिति जनाउन हेक्जालाई बजारमा ल्याएको हो ।

कमर्सियल सवारीमा अग्रणी टाटाले पछिल्ला वर्षहरुमा प्यासेन्जर कार सेगमेन्टमा आˆनो ध्यान केन्द्रित गरिरहेको छ । पि्रमियम स्तरका एसयूभी चढ्नका लागि अति नै ठूलो बजेट चाहिन्छ भन्ने भ्रमलाई चिर्ने गाडी हो, हेक्जा । यसमा नेपालमा सिलिब्रेटीहरुको नै आँखा परेको छ ।

६ स्पीड गियरबक्स भएको यो कारमा २.२ लिटरको भेरिकोर डिजेल इन्जन छ । यसमा १५६ पीएस पावरमा ४ सय एनएम टर्क उत्सर्जन गर्छ । हेक्जा २२०० सीसीमा उपलब्ध छ । यो अटोमेटिक र म्यानुअल दुबै गियरमा उपलब्ध छ । त्यसैले यो यो निकै शक्तिशाली गाडी बनेको छ । साथै हेक्जामा चार थरीका अटो, कम्र्फट डाइनामिक र रफ रोड ड्राइभ मोड छन् ।

यि चार मोडमध्ये अटो मोडमा कारको सिस्टम आफैंले सडकको अवस्था आँकलन गरी एक्सन बदल्छ । त्यस्तै कम्र्फटमा भने आरामदायी रुपमा गाडी लगातार एकै दिशामा दौडिरहन्छ । डाइनामिक मोडमा भने सिधा बाटोको लागि प्रयोग हुन्छ । रफ रोड मोड भने कार चलेको अवस्था मूल्यांकन गर्दै ब्रेकलाई लक अप गर्न सघाउ पुर्‍याउँछ ।

यसको ग्राउन्ड क्लियरेन्स २०० मिलिमिटर रहेको छ । ग्राउण्ड क्लेयरेन्समा अब्बल रहेका कारण पनि यो नेपाली माटो र बाटो सहाउँदो देखिएको छ । यसको बुट स्पेस ६७१ लिटरको छ । यसको पर्याप्त बुट स्पेशले परिवारिक यात्रा सहज गराउँछ ।

यसको एक्सटेरियरलाई आकर्षक तवरले बनाइएको छ । हेक्जाको अगाडि र पछाडिको भाग स्पोर्टी बनाइएको छ । यसको हेड र टेल लाइट आकर्षक डिजाइनमा छ । यसको अघि र पछि एलईडी ल्याम्प्स छ । हेक्जामा बिलासी यात्राको आभास दिलाउन ड्राइभर सिटलाई ८ वे एडजस्टको सुविधा दिइएको छ । आकर्षक किफायती बडी र शक्तिशाली इञ्जिनसहितको चलाउन आरामदायी हेक्जाले एसयुभीको बढ्दो बजारमा आˆनो अलग्गै पहिचान स्थापित गर्ने दावी कम्पनीको छ ।

‘इम्प्याक्ट डिजाइन फिलोसोफी’ मा आधारित हेक्जाले उपभोक्ताको आराम, सुरक्षा र स्टाइलमा कुनै सम्झौता गरेको छैन । उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटीले यसलाई अब्बल एसयूभी बनाएको छ । यसमा टाटा सिग्नेचर ग्रील छ । जसले गाडीलाई स्पोर्टी लुक्स दिन्छ । यसमा स्मोक्ड प्रोजेक्टर हेडलाइट छ । यसमा स्ट्राइकिङ डे-टाइम रनिङ लाइटको पनि सुविधा छ ।

गाडीभित्रको इन्टेरियर पनि आकर्षक छ । हेक्जाको क्याबिन कम्पनीले निकै आकर्षक र व्यावहारिक ढंगले बनाएको देेखिन्छ । यसमा फूल्ली अटोमेटिक क्लाइमेट कन्ट्रोल विद डुअल एचभी एसी, फराकिला सिट, आधुनिक हार्मन इन्फोटेनमेन्ट म्युजिक सिष्टम लगायतका सुविधाहरु राखिएका छन् ।

हेक्जा सुरक्षाका मामिलामा अन्यभन्दा उत्कृष्ट छ । यसका सबै भेरियन्टमा डुअल एयरब्याग छ भने भेरियन्टअनुससार प्यासेन्जरका लागि पनि एयर ब्याग छ । अन्य फिचर्स पनि छन् ।

टियागो

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको टियागो स्र्पोटी ह्याचब्याक हो टियागो । उत्कृष्ट डिजाइनसहित विभिन्न फिचर्सका कारण टिगोरले धेरैको ध्यान तानेको छ ।

टाटा मोटर्सको नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले यसलाई नेपाली बजारमा यसलाई सफल बनाइसकेको छ । विभिन्न फिचर्सहरु समावेश भएको यो १२ सय सीसीको कार मोटरसाइकलको विकल्प खोज्नेहरुका लागि एउटा राम्रो ‘अप्सन’ हो ।

यो कारको बनोट आकर्षक छ भने सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रीलसहित प्रस्तुत गरिएको छ । कारमा सिटी र इकोसहित मल्टि ड्राइभ मोड राखिएकाले फ्युल इफिसियन्सी पनि राम्रो छ । यसैका कारण गाडी चढ्नेबारे योजना बनाएकाहरुले यसलाई विकल्पका रुपमा राख्न सक्छन् ।

यसअघिको इन्ट्री लेभल हृयाचब्याक इण्डिकालाई रिप्लेस गर्नेगरी ल्याइएको हो टियागो । यसअघिका कुनैपनि कारमा नभएको डिजाइन दर्शनअनुसार यो कारलाई तयार पारिएको छ । अग्रभाग र पछाडीतिरको डिजाइनमा निकै मेहेनत गरेको देखिन्छ । इन्ट्री लेभल हृयाचब्याक भएपनि डिजाइनका कारण पि्रमियम ह्याचब्याकको झल्को दिन्छ ।

यसले टाटाका उत्पादनहरुमा नयाँ डिजाइन ट्रेन्ड सेट गरेको छ । यो मोडल टाटाका अन्य मोडलभन्दा योङ र फ्रेस लाग्छ । इन्टेरियर डिजाइनमा पनि टियागोमा धेरै फरकपन देख्न सकिन्छ । कालो र खैरो मिश्रति ड्यासबोर्ड र आर्कषक क्याबिन डिजाइन झट्ट आँखा तान्छ । सेन्टर कन्सोलमा बोल्टकै जस्तो इन्फोटेन्मेन्ट सिस्टम रहेको छ । जुन यो सेगमेन्टका अन्य प्रतिस्पर्धीभन्दा धेरै उन्नत हो ।

स्टेयरिङ र इन्स्ट्रुमेन्ट कन्ट्रोलमा धेरैजसो पि्रमियम ह्याचब्याक बोल्टकै फिचर राखेर टाटाले प्रतिस्पर्धामा अगाडी देखिन खोजेको छ । भित्री भाग स्पेशियस छ, इन्टेरियर अघिल्ला कारभन्दा निकै भिन्न छ । टाटाले टियागोलाई पेट्रोल र डिजेल दुवै इन्जिनमा ल्याएको छ । १२ सय सीसी क्षमताको तीन सिलिण्डरयुक्त इन्जिन अन्य इन्ट्री लेभल ह्याचब्याकभन्दा निकै पावरफुल छ । यसमा १.२ लिटरको पट्रोल इञ्जिन छ ।

हुण्डाईको ग्राण्ड आईटेन र सुजुकी सेलेरियोभन्दा पनि इन्जिन शक्तिशाली रहेको कम्पनीको दावी छ । यसमा इको र सीटी गरी दुई मोडमा इन्जिन चलाउन सकिन्छ । बोल्टमा जस्तो स्पोर्ट मोड भने छैन् । तीन वटा भेरियन्टमा उपलब्ध हुने कार ६ वटा कलरमा रहेको छ । एक्सइ, एक्स एम र एक्सजेड भरेयिन्टकाम कार नेपाल आएको छ ।

यो गाडीमा १७० मिलिमिटरको ग्राउण्ड क्लेयरेन्स दिइएको छ । प्रिमियम इन्टेरियर डिजाइन भएको टियागोमा क्रोम ह्याण्डल, निटेड फ्याब्रिक, कलर हार्मेनी, ड्युल टोल इन्टेरियर लगायतले गाडी सुसज्जित छ ।

यसैगरी सुरक्षाका लागि फ्रन्ट एयर ब्याग, अत्याधुनिक एबीएस, इबीडी कर्नर स्टेलिबिलिटी कन्ट्रोल छ । यो कार डुअल कलर थिममा पनि आएको छ । यो सहित इन्फोटेन्मेन्ट डिस्प्ले, रियर पार्किङ सेन्सर, इनर्जी अब्र्जभिङ बडी पनि यसमा छ । यसले प्रतिलिटर २३.८४ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment