Comments Add Comment

उकालो लाग्यो सेयर बजारः ७२ करोडको कारोबार

२९ भदौं, काठमाडौं । सेयर बजार उकालो लाग्न शुरु गरेको छ । बुधबार १३ दशमलव ०६ अंकले वृद्धि भएको सेयर बजार साताको अन्तिमदिन १४ दशमलव १३ अंकले उकालो लागेको हो ।

बिहीबार १४ दशमलव १३ अंक बढेसँगै नेप्से परिसूचक १ हजार २ सय ४४ दशमलव ८४ मा आइपुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत ठूलो वृद्धि देखिएको छ ।

दिनभरमा भएका ७ हजार ४ सय ३६ कारोबारबाट २७ लाख ११ हजार ११० कित्ता सेयर खरिदबिक्री भएका छन् । जसअनुसार ७२ करोड ९८ हजार ५ सय ५४६ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

अाज सबैभन्दा बढी कारोबार एनएमबी बैंकको भएको छ । एनएमबीको ५ करोड ९४ लाख ५१ हजार ६२९ सय रुपैयाँको सेयर कारोबार भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment