Comments Add Comment

टाटाको कार किन्दा हिरा अफर, हेलिकोप्टरबाट लाङटाङ जान पाइने

२८ भदौ, काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शो लाई लक्षित गर्दै नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नगद वा हिरा अफरको घोषणा गरेको छ ।

यो अफर टाटाका हरेक प्रकारका गाडिका लागि विभिन्न रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नाडा अटो शो मा गाडी खरिद गरे बापत ग्राहकले पाँच लाख रुपैयाँसम्मको हिराको हार वा तीन लाख ५० हजारसम्मको नगद छुट पाउने छन् ।

साथै सवै प्रकारका गाडी बुकिङ्मा १ वर्षको विमा सुविधा कम्पनीको तर्फ उपलव्ध गराउने सिप्रदीले जानकारी दिएको छ ।

यस बाहेक नाडा अटो शो मा गाडी बुक गरी खरिद गर्नेे ग्राहकहरुलाई हेलिकप्टरमार्फत लाङटाङ लगेर साँचो हस्तान्तरण गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment