Comments Add Comment

रोनाल्डोले किन किने स्पेनिस क्लब ?

२८ भदौ, काठमाडौं । ‘उनले भायाडोलिडमा पैसा फाल्न खोेजेका होइनन्’ रोनाल्डोले स्पेनिस क्लब रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेपछि स्पेनिस फुटबल पत्रकार विलियम बालागुले भनेका छन्, ‘यसरी पैसा खर्च मात्रै गरेर त उनी सम्पन्न पिता बन्नै सक्दैनन् ।’

ब्राजिलका विश्वकप विजेता खेलाडी रोनाल्डोले स्पेनिस फुटबलमा नवप्रवेशी क्बल रियल भायाडोलिडको ५१ प्रतिशत सेयर किनेका हुन् । १८ वर्षे फुटबल जीवनमा उनले ब्राजिलको राष्ट्रिय टिमसँगै रियल मडि्रड, इन्टर मिलान, एसी मिलान, बार्सिलोनाजस्ता क्लबमार्फत क्बल फुटबल खेले । यसैले उनलाई क्लब फुटबलसँगै स्पेनिस फुटबलबारे राम्रो जानकारी छ ।

यसैले सन् १९९७ र २००२ मा फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका रोनाल्डोले ३० मिलियन युरोमा भायाडोलिडको बहुमत सेयर किनेका हुन् । रोनाल्डोले स्पेनिस क्लब चलाउन खोजेकोमा सुरुमा अनौठो लागेपनि उनले विचार नगरी नयाँ क्लबमा हात हालेका भने होइनन् भन्नेमा ढुक्क हुन सकिन्छ ।

भायाडोलिड नै किन त ?

भायाडोलिडको सेयर किन्नुअघि त्यहाँ कामको वातावरण रोनाल्डोले बुझेका थिए । गएको जुनसम्म क्लबको उपाध्यक्ष रहेका जोस मोरोसँगै रोनाल्डोले वाइन उद्योगमा साझेदारी गरेर काम गरेका थिए ।

स्पेनिस फुटबल पत्रकार बालागु भन्छन्, ‘रोनाल्डोले भायाडोलिड नै किन्नुको कारण उनले त्यहाँको वातावरण राम्ररी बुझेकैले हो । भायाडोलिडलाई राम्रो क्लब बनाउन सक्ने ठाउँ रोनाल्डोले देखेका छन् । स्पेनिस फुटबलको इतिहास नै हेर्ने हो भने पनि भायाडोलिड राम्रै क्लब हो ।’

तर पनि इतिहास, सम्भावना र घरेलु भूमिबारे जानकार भएर मात्रै रोनाल्डोले त्यत्रो रकम खर्च गरेका होइनन् । यसमा भविष्यमा ब्राजिलियन फुटबलको प्रमुख भएर काम गर्ने रोनाल्डोको इच्छाले काम गरेको जानकारहरु तर्क गर्छन् । ‘उनले फुर्सदको समय बिताउन क्लब किनेका होइनन् । उनी आफैले क्लबमा केही मेहनत गर्न चाहन्छन्’ बालागुले भने, ‘उनी ब्राजिल फुटबल फेडेरेसनको अध्यक्ष बन्न चाहन्छन् । यसैले भायाडोलिडमा गर्ने काम राम्रो अनुभव हुनेछ ।’

रोनाल्डोलाई बिजनेस थाहा होला ?

रोनाल्डोले ब्राजिलको राष्ट्रिय टिमबाट ६२ गोल गरेका छन् । जसमा दुई गोल २००२ को विश्वकप फाइनलमा जर्मनीलाई हराउँदा महत्वपूर्ण बनेको थियो । ब्राजिलियन लिजेण्ड रोनाल्डो मैदानमा आˆनो कलाले सबैतिर चिनिएका छन् । तर उनी मैदान बाहिरको काममा पनि उस्तै पोख्त छन् भन्ने कमैलाई थाहा छ ।

वाइन उद्योगमा सहलगानीमा काम गरेका रोनाल्डोले एउटा स्पोर्टस मार्केटिङ कम्पनीमा पनि लगानी गरेका छन् ।

युरो लिग पोडकास्ट पि्रजेन्टर मिना रोजकी रोनाल्डोले बिजनेस गर्न सक्नेसँगै उनको विशेषता आफूअघि सक्षम मान्छेहरु राख्न सक्नु पनि हो । ‘रोनाल्डोलाई कसलाई के काम दिने, कसलाई कहाँ राख्ने भन्ने कुरा राम्ररी थाहा छ । यसैले उनले आफूले सक्ने काम गरेर क्लबलाई राम्रो बनाउने छन्’ उनले भने, ‘रोनाल्डोलाई आˆनो क्षमता पनि थाहा छ र दायरा पनि । मेहनत गरेर लाग्नुपर्छ भन्ने पनि उनले बुझेका छन् । यी सबै कुराले उनलाई चतुर बनाएको छ ।’

भायाडोलिडले छलाङ मार्ला ?

‘मैले फुटबल जीवनमा फरक फरक अवस्था पार गर्दै आएको छु । फुटबल मेरा लागि एउटा प्यासन हो । अहिलेको नयाँ जिम्मेवारी पनि त्यसैको एक रुप हो’ भायाडोलिडको सेयर किनेपछि रोनाल्डोले भनेका थिए ।

रोनाल्डोले आफ्नो प्यासनले क्लबको जिम्मेवारी लिएको बताए पनि उनले गरेको काम सही समयको सही निर्णय हो । ला लिगाले अमेरिकामा पनि आउने १५ वर्षसम्म खेल खेलाउने भनेर बजार विस्तार गरिरहेको छ । यसैले व्यापारका लागि नयाँ अवसर पनि आएका छन् ।

यस्तोमा भायाडोलिड यो सिजन ला लिगामा कम बजेटमा काम गरिरहेको क्लब हो । अहिले धेरै चिनिएका खेलाडी पनि क्लबमा छैनन् । आउँदो ट्रान्सफर सिजन त्यसमा काम गर्ने सोच रोनाल्डोले बनाइरहेका छन् । अहिले भएका खेलाडीहरु पनि आफूलाई प्रमाणित गरेर नयाँ व्यवस्थापनमा समायोजन हुन चाहन्छन् । यसैले क्लबमा सबैले नै आˆनो तर्फबाट मेहनत गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment