Comments Add Comment

नाडामा हुण्डाईः यी हुन् ग्राहकले रुचाएका ५ कार

२८ भदौ, काठमाडौं । कोरियन कार हुण्डाई ब्राण्ड नेपालमा सुपरिचित छ । हुण्डाईप्रति ग्राहकको विश्वास पनि कम्ति छैन । हुण्डाईप्रति ग्राहकको विश्वास कति छ भन्ने कुरा नाडा अटो-शोमा हुण्डाईको शो रुममा पुग्दा नै स्पष्ट हुन्छ ।

हुण्डाईले यो वर्ष नाडा अटो शोमा आफ्ना विभिन्न गाडीहरुलाई प्रदर्शनमा राखेको प्रदर्शनमा नराखिएका गाडीको पनि बुकिङ लिइरहेकै छ । हुण्डाईले प्रदर्शनमै नराखेको गाडीको पनि मेलाबाटै बुकिङ लिइरहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका सर्भिस म्यानेजर दीपक सापकोटा नाडामा ग्राहकबाट निकै राम्रो प्रतिक्रिया प्राप्त भएको बताउँछन् । उनले यो वर्ष गाडी किन्न चाहानेका लागि उपयुक्त परिस्थिति पनि रहेकाले हुण्डाईको शो रुममा आउने ग्राहकलाई प्रोडक्टबारे बुझाउन भ्याइनभ्याइ रहेको बताए ।

‘हाम्रो प्रोडक्टप्रति ग्राहकको आकर्षण उच्च छ । त्यसैले हामीले राम्रो प्रतिक्रिया पाइरहेका छौं,’ उनले भने । हुण्डाईका मार्केटिङ म्यानेजर अवासिस ओझा यो वर्ष नाडामा प्रदर्शनमा राखिएको इलेक्टि्रक कार आयोनिकले पनि राम्रो प्रतिक्रिया पाएको बताए ।

अब विद्युतीय सवारीमा जान हुण्डाईले ग्राहकलाई प्रोत्साहित गर्ने बताउँदै उनले आयोनिकको आगमनले ग्राहकमा विद्युतीय सवारीप्रतिको विश्वास बढेर गएको बताए । नाडामा यो वर्ष आफ्ना केही कारहरुमा निकै उत्साहजनक प्रतिक्रिया पाएको हुण्डाईले बताएको छ ।

क्रेटा

नाडामा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सफल एसयूभी क्रेटाको नयाँ फेसलिफ्ट राखेको छ । निकै रुचाइएको क्रेटाको फेसलिफ्ट अझ आकर्षक र दमादार मोडलमा उयपलब्ध भएको छ । यसको फ्रन्ट गि्रल, स्टिल क्रोम लगायतका फिचर्स विशेष छन् ।

बम्पर पहिले भन्दा फरक छ । ड्युल टोन कलरसहित आएको क्रेटामा स्पोर्टी लुक्स दिइएको छ । प्रोजेक्टर हेडलाईटले यसलाई आकर्षक बनाएको छ। फगल्याम्प पनि नयाँ छ । एलइडी डेटाइम रनिङ लाईट फगल्याम्पसँगै जोडिएको छ । यसमा १७ इन्चको डायमन्ड कट एलोय हृवील छ ।

इन्टेरियरमा पनि धेरै फेरबदरल गरिएको छ । सनरुफको अप्सनले यसलाई बलियो बनाएको छ । गाडीलाई विभिन्न फिचर्स थपेर अझ विलाशी र पि्रमियम फिचर्सयुक्त बनाइएको छ । इन्फोटेन्मेन्ट सिस्टम पनि परिमार्जन भएको छ । यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने सिस्टम छ ।

क्रेटा बिल्कुलै नयाँ स्टाइलको कम्प्याक्ट एसयुभी हो । नेपालमा हुन्डाईको उपस्थिति थप मजबुत बनाउन लक्ष्य राखेर नै यो कार भित्राइएको थियो । जसलाई क्रेटाले पुरा पनि गरेको कम्पनी बताउँछ ।
तर, ग्राउण्ड क्लेयरेन्समा अब्बल रहेका कारण पनि यो नेपाली माटो र बाटो सहााउँदो ठहरिएको छ । यसको बुट स्पेस ४०२ लिटरको छ । यसको पर्याप्त बुट स्पेशले परिवारिक यात्रा सहज गराउँछ ।

क्रेटा देख्दा जति सानदार लाग्छ, यसको मूल्य भने ग्राहकका लागि अवश्विसनीय नै छ । अनेकन फिचर्सले सजिएको क्रेटा सुरक्षाका मामिलामा अन्यभन्दा उत्कृष्ट रहेकाले पनि ग्राहकले यसलाई विश्वस गरेका छन् । शक्तिशाली इन्जिन रहेको क्रेटा डिजाइनमा स्टायलिस माात्रै छैन, उत्कृष्ट ढाँचागत बनोटले सुरक्षाका मामिलामा पनि अब्बल छ ।

इन्टेरियरलाई जति आकर्षक बनाइएको छ त्यति नै गाडीभित्रको ‘न्वाइज’ लाई सेन्सर गर्ने गरी बनोट तयार गरिएको छ । गाडीभित्र बस्दा भित्र र बाहरिको आवाज झेल्नुनपर्ने भएकाले धेरैलाई यसले सन्तुष्ट बनाएको छ ।

आइ २०एक्टिभ

हुन्डाइ नयाँ ‘आइ २० एक्टिभ फेसलिप्ट’लाई नाडामा राखेको छ । कम्पनीले निलो र कालो कलर अप्शनमा यसलाई बजारमा ल्याएको छ । ‘एक्टिभ आइ २०’ मा कम्पनीले ठूलो परिर्वतन भने गरेको छैन । तर, कारको फ्रन्ट गि्रलमा गजबको फेरबदल गरिएको छ । अगाडि र पछाडि बम्पर्स दिइएको यो कारमा तल लगाइएको नम्बर प्लेट परिवर्तन गरि माथी बम्परमा लगाइएको छ ।

पुरानो एक्टिभ आई २० को नै इन्जिन दिइएको यो कारमा १.२ लिटर क्षमताको कापा ५ पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ८२ विएचपी पावर दिन्छ । नयाँ फेसलिफ्टमा दिइएको ड्यासबोर्ड पूर्ण गाडा कालो कलरमा रहेको छ ।

७.० इन्चको इन्फोटेन्डमेन्ट सिस्टम, आर्कमी साउन्ड सिस्टम र एन्ड्रोयड बेस रिमोटले कारलाई निकै आकर्षक देखाएको छ । भने पहिलो पटक यो सेग्मेन्टको कारमा कम्पनीले अडेप्टिभ इसिएम डिस्प्ले र रियर क्यामेरा जडान गरेको छ । सुरक्षाको लागि एन्टि लकिङ ब्रेकिङ सिस्टम दिइएको छ भने मिड रेञ्जमा ड्राइभर साईड र टप रेञ्जमा ड्राइभर र प्यासेन्जर दुबै एयरब्याग दिइएको छ ।

यस कारको लम्बाई ३९९५ एमएम रहेको छ भने चौडाई १७६० र व्हीलबेस २५७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ ।

यो कारले शहरमा राम्रो माइलेज दिने कम्पनीले जनाएको छ । कम्पनीले यसमा १६ इन्चको डायमन्ड कट अलोय ब्हीलको साथ रेडिएल ट्युवलेस टायर दिएको छ ।

आयोनिक

हुन्डाईले नाडा अटो शोमा आफ्नो विद्युतीय सवारी आयोनिक प्रदर्शनमा राखेको छ । तत्काल बुकिङ नलिए पनि प्रतिक्रियाका लागि अटो शोमा हुण्डाईले नयाँ विद्युतीय कार ल्याएको हो ।
केही समयभित्रै हुण्डाई कोना इलेक्टि्रक कार पनि ल्याउने बताएको छ । आयोनिकको पनि छिट्टै बुकिङ लानि थालिने वितरिक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

आयोनिक पछिल्लो समयमा विश्वबजारमा रुचाइएको कार हो । यो सेडानमा एयरब्यागसहित फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन सिष्टम, लेन डिपार्चर लगायतका सुरक्षात्मक फचिर्स छन् ।

यसमा ७ इन्च टिएफटी इन्स्टुमेन्टल क्लस्टरसहित एन्ड्रोइड अटो, एप्पल कार प्ले, वायरलेस चार्जर, फुल लेदर सिट लगायतका विशेषता पनि छन् । लुक्स पनि दमदार छ । यसको पर्फरमेन्स पनि उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर गुड्न यो कार सक्षम छ । कार १ सय ६५ किलोमिटर प्रतिघन्टाका दरले दौडन सक्छ ।

ग्राण्ड आई १०

हुण्डाईको ग्राण्ड आई-१० नेपाली ग्राहकले निकै रुचाएको ह्याचब्याक हो । यो गाडी विशेष गरी विभिन्न पेशा ब्यवसायका लागेका ब्यक्तिहरु डाक्टर, इञ्जिनियर, प्रोफेसर, ब्यवसायीहरुले चढ्ने गरेका छन् । नडामा यो गाडीबारे बुझ्नेको भीड ठूलै छ ।

यस्तै इन्ट्री लेभलमा अन्य कार चढिसकेकालाई अपग्रेड हुन पनि ग्राण्ड आई-१०को आकर्षक विकल्प हो । विशेष गरी पि्रमियम गाडीको जस्तो डिजाइन, इन्टेरियर, पावर र फिचर्सहरुले यसलाई शानदार बनाएको छ ।

ग्राण्ड आई-१०मा पेट्रोल भर्सनमा १.२ लिटरको पेट्रोल इञ्जिन छ । यसको पावर ८३ पीएस छ । यसमा ५ स्पीड मेनुअल र ४ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प राखिएको छ । नयाँ ग्राण्ड आई-१०को पेट्रोल मेनुअलमा न्युनतम् १४ किलोमिटर र अधिकतम् १९ प्रतिलिटरको माइलेज दिन्छ ।

यसको ग्रील, बम्पर र फग लाइटमा आकर्षक छ । फग लाइटको बम्परको मुनि पहिलाकोभन्दा बढी दिइएको छ, यो बूर्मयाङ्क डिजाइनवाला ब्रेकेटमा पाइनेछ । क्यासकेड डिजाइनले यो आकर्षक मात्रै छैन, सबैको ध्यान खिच्न यो समर्थ पनि बनेको छ ।

साइडमा १४ इञ्चको नयाँ डायमन्ड कट एलोयह्वील दिइएको छ । पछाडितर्फ डुअल टोन, बम्पर दिइएको छ । यसैले ग्राण्ड आई-१०लाई निकै नयाँ स्वरुपमा प्रदर्शन गर्छ । ग्राण्ड आई-१०मा पुरानै जस्तो बेज-ब्ल्याक कलर शेड दिइएको छ । ड्राइभरसाइड एयरब्याग र फ्रन्ट पावर विन्डोज पहिलोको जस्तै स्टान्र्डडमा कायम छ ।

यसमा एपल कारप्ले, गूगल एन्ड्रोइड अटो, स्मार्टफोन नेभिगेशन, भ्वाइस रिकग्निशन र मिरर लिंक कनेक्टीभिटी सपोर्ट गर्ने ७ इञ्चको टचस्क्रीन इनफोटेन्मेट सिस्टम जोडिएको छ । अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी र रियर पार्किङ क्यामेरा पनि यसमा छ । कार पार्किङ गर्दा अब पछाडि साइडलाई क्यामेरामार्फत अघि डिस्प्लेमा नै हेर्न सकिन्छ । इन्सपेक्ट अटो डोर लक फिचर्स पनि दिइएको छ ।

इन्टेरियर डिजाइनले यो कारलाई स्तरीय बनाएको छ कारमा बस्दा घरभित्र बसेजस्तै महसुश गराउने गरी यसमा विभिन्न फिचर्सहरु राखिएका छन् । कूलिङ बक्स, रेयर एसी भेन्ट लगायतका फिचर्सले यात्रुहरुलाई स्तरीय सुविधासहित आरामदायी यात्राको ग्यारेन्टी गर्छ ।

इओन

इओन गाडी हुण्डाईको उत्कृष्ट इन्ट्री लेभलको कार हो । विभिन्न विशेषताका कारण यो कार नेपालमा लोकप्रिय भइससेकेको छ । नेपालमा चार कलर र २ भेरियन्टमा इओन उपलब्ध छ । सस्तो मूल्यमा उत्कृष्ट डिजाइजसहित विभिन्न विशेषताले भरिपूर्ण भएकाले यो कारलाई धेरैले रुचाएका छन् ।

८ सय सीसीको इओनमा १ सय ७० एमएमको ग्राउण्ड क्लियरेन्स छ । यसै कारण पनि ग्राहकको मन जित्न यसलाई गाह्रो परेको छैन । मोटरसाइकल ‘सब्स्टीच्युट’ गर्नेका लागि इओन उत्कृष्ट र महत्वपूर्ण कार हुनसक्छ ।

किनकी यसले पनि कम इन्धन खपत गर्छ भने लुक्स बेजोडको छ । यसले प्रतिलिटर २१ दशमलब १ किलोमिटर गुड्ने क्षमता राख्छ । यो कारमा ३२ लिटरको इन्धन टयांकी छ ।

नेपाली बजारमा पेट्रोल भर्सनको इओन डिलाइटको प्रारम्भिक मूल्य १७ लाख ५१ हजार रुपैयाँ छ । सानो खालको गाडी भएपनि स्पेसमा कुनै कमी नरहेको दाबी कम्पनीको छ ।

भर्ना

हुण्डाईको लोकपि्रय सेडान कार हो ‘भर्ना’ । उत्कष्ट आन्तरिक तथा बाहृय डिजाइनयुक्त यो कार नयाँ भर्ना शक्ति तथा बजोड नियन्त्रण लगायतका गुणले सुसज्जित रहेको कम्पनीले बताएको छ । नेपाली सडक सुहाउँदो मानिएको भर्नामा विभिन्न अत्याधुनिक तथा अत्यावश्यक फिचर्सहरु राखिएका छन् ।

यो कार फिचर्सको मामिलामा धनी रहेको कम्पनीको दावी छ । यो कारले १७.७० किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । पावरफुल भर्ना गाडी अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध गराइएको छ ।

स्पीड म्यानुअल गियरबक्सको समेत विकल्प दिइएको गाडीको १.६ लिटरको इञ्जिन निकै शक्तिशाली मानिएको छ । यो गाडीले १२३ बिपीएच पावर दिन्छ । जसले ४८५० आरएमपीमा १५.४ केजीएमको टर्क उत्सर्जन गर्छ । यसको शक्तिशाली इन्जिनले ओभरटेकिङ एबिलिटीलाई निकै मजबुत गरेको छ । उत्कृष्ट ससपेन्सन सिस्टमले कारलाई थप आकर्षक र आरामदायी बनाएको छ ।

यो कारको बाहिरी डिजाइन पनि निकै आकर्षक मानिएको छ । नयाँ भर्नामा विशेष क्यसकेड क्रोम फ्रन्ट ग्रील छ । यसलेकारलाई चुस्त र स्टाइलिस देखाएको छ । कारको रेयर र बर्ड आई भ्यु लुक्स पनि निकै उत्कृष्ट छ ।

विन्डो बेल्ट लाइन क्रोम, बी पिलर ब्ल्याक आउट टेप, बडी कलर्ड, क्रोम आउटसाइड डोर हृयाण्डल, डुअल टोन रियर बम्पर, टर्न आउटसाइड ल्याम्पसले भर्नालाई यो सेग्मेन्टमै अद्वितीय देखाएको छ । यसमा नयाँ एलईडी टेल लाइट्स, ५ स्पोक १६ इन्च एलोय ह्वीललाई डुअल टोन फिनिस दिइएको छ ।

इन्टेरियर पनि निकै आकर्षक बनाइएको छ । ड्राइभर तथा प्यासेन्जरका लागि सिट ब्याक पकेट पनि दिइएको छ । मेटल फिनिस इन्साइड डोड ह्याण्डल छ । यसमा डुअल टोन क्याविन छ । जुन हेर्दा आकर्षक मात्रै छैन, यात्रुका लागि आरामदायी पनि छ । यसमा एपल कार प्ले सिस्टम छ । मिररलिंक, ब्ल्यु टुथ,को साथमा ७ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम पनि जोडिएको छ । यसको हेड रुपमा र लेगरुम पनि आरामदायी छ ।

कुल्ड ग्लोभ बक्स, डोरसाइड म्याप पकेट, सेन्टर कन्ट्रोल स्टोरेज, लगेज ल्याम्प, रेयर सिट कप होल्डर लगायतका सुविधा पनि छ । यो कारमा बस्ने हरेकलाई लक्षित गरी सुरक्षा व्यवस्था गरिएको छ ।
सेफ्टीका लागि ६ एयरब्याग, कोर्निङ ल्याम्प्स, फ्रन्ट प्रोजेक्टर, एबीएस, ईबीडी, लगायतका फिचर्स पनि सामेल छ ।बलियो बडी डिजाइन र च्यासिसले कारको सुरक्षालाई प्रत्याभुत गर्छ । पार्किङको बेला अन्य गाडीसँग नठोक्कियोस् भन्नका लागि रेयर पार्किङ क्यामेरा जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment