Comments Add Comment

प्रदेश १ मा सवारी दुर्घटनामा दैनिक १ जनाको मृत्यु

२८ भदाै, विराटनगर । प्रदेश १ मा पछिल्लो तीन वर्सवारी दुर्घटनामा एक हजार ११२ जनाको मृत्यु भएको छ । यो संख्यालाई विश्लेषण गर्दा प्रदेश १३ जिल्लामा हरेक दिन सवारी दुर्घटनामा परी एक जनाले ज्यान गुमाउने गरेका छन् ।

प्रदेश प्रहरी कार्यालयकाको तथ्याङ्क अनुसार पछिल्ला समय आएर सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढेको छ ।

तथ्याङक अनुसार आर्थिक वर्ष ०७२/७३ मा तीन सय ३८ जनाको मृत्यु एको छ । ०७३/७४मा तीन सय ५० जना र ०७४/७५ मा चार सय २४ जनाको मृत्यु भएको छ ।

चालु आबको हालसम्म ३६ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । साउनमा २० र भदौमा १६ जनाको मृत्यु प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

एकजना ट्राफिकलाई ३० किलोमिटर सडकको जिम्मा

प्रदेश १ मा जम्मा सडकको लम्बाई ६ हजार ५५ किलोमिटर रहेको छ । जसमा पक्की सडकको लम्बाई एक हजार ४५ किलोमिटिर रहेको छ । ग्राभेल सडकको लम्बाई एक हजार ५९९ किलोमिटिर छ । कच्ची सडकको लम्बाई तीन हजार ४११ किलोमिटिर छ ।

यो प्रदेशमा हाल ट्राफिक प्रहरी दरबन्दी संख्या १९८ जनाको रहेको छ । एकजना ट्राफिक प्रहरीले हालको अबस्थामा ३० किलोमिटिर सडक क्षेत्र हेर्नुपर्ने अबस्था छ ।

प्रदेश १ मा दर्ता भएका जम्मा सवारीसाधनको संख्या पाँच लाख ८० हजार ८०३ वटा रहेका छन् । जसमा एकजना ट्राफिक प्रहरीले २९३ वटा सवारीसाधन हेर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment