Comments Add Comment

म्यान्मारमा फेसबुक कसरी ‘दानव’ बन्यो ?

नेपालीमा एउटा उखान छ, ‘बाँदरको हातमा नरिवल ।’ अर्थात कुनैपनि कुराको उपयोगीता र महत्व नबुझेमा त्यसको दूरुपयोग हुनसक्छ । अहिले हाम्रो समाजमा फेसबुक त्यस्तै माध्यम बनेको छ ।

फेसबुक आँफैमा खराब होइन । तर, यही माध्यमलाई खराब ढंगले प्रयोग गर्ने प्रवृत्ति व्यापक छ । भनौं, नेपाली समाजमा फेसबुक ‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खूर्पाको बिँड’ जस्तै भएको छ ।

सहि ढंगले उपयोग गर्दा फेसबुकबाट धेरै फाइदा दिन सकिन्छ तर गलत ढंगले प्रयोग गर्दा यसले ठूलो हानी निम्त्याउँछ ।

यो प्रसंग चाहि म्यानमारको हो । विविसी हिन्दी अनलाइनले म्यानमारमा फेसबुकले कसरी सामाजिक सद्भाव लथालिंग बनाइदियो भन्ने प्रसंग यहाँ उल्लेख गरेको छ ।

म्यानमारमा फेसबुक ‘दानव’ बनेपछि

दशकौंको जातीय र धार्मिक तनाव, इन्टरनेटको विष्फोटक पहुँच र एक कम्पनी जसलाई घृणा फैलाउने खालका पोस्टलाई पहिचान गर्न र हटाउनमा समस्या भयो । यी सबै कुराहरु मिलेर म्यान्मारमा भएको एउटा बर्बादीको कहानी भन्छन् ।

संयुक्त राष्ट्रसंघले पनि भनिसकेको छ-रोहिंग्या अल्पसंख्यक विरुद्ध हिंसा भड्काउनमा फेसबुकको पनि ‘निश्चित भूमिका’ थियो ।

मार्चमा म्यान्मारको मानवअधिकारको लागि युएनले नियुक्त गरेका विशेष दुत यांगीलीले भनेका थिए, ‘मलाई डर छ फेसबुक अब एक जनावरमा परिणत भएको छ, जुन यसको असली मनसाय थिएन ।’

कम्पनीले आफ्नो असफलतालाई स्विकार गरेको छ र समस्याको समाधान खोज्न लागेको छ । तर, एक दक्षिणपूर्वी एसियाली देशमा फेसबुकको खुल्ला र एकअर्कासँग जोडिएको दुनियाको सपना कसरी गलत साबित भयो त ?

म्यान्मारमा जातिय समूहहरुको बीच सामाजिक सद्भाव बढाउनको लागि काम गर्नेसंगठन सिनर्जीको निर्देशक थेट स्विई विन भन्छन्, ‘आजकाल जो कोहीले पनि इन्टरनेटको प्रयोग गर्न सक्छन् । तर, पाँच वर्षअघि म्यान्मारमा यस्तो थिएन ।’

म्यान्मारमा सैनिक शासन हुँदाको दशकमा बाहिरी प्रभाव खासै पर्न दिइएन । तर, जब आंग सान सुकीको रिहाई पछि म्यान्मारको नेताको रुपमा चुनावपछि उनको दलले सरकारले व्यापारको उदारीकरण गर्यो र त्यसमा टेलिकम सेक्टर पनि समावेश थियो ।

यस्तो छ बाहिरी असर

बिबिसी मिडिया एक्सनकी एलिजावेथ मन्र्सका अनुसार बाहिरी प्रभाव अद्भुत थियो ।

पहिले एक सिम कार्डको मुल्य लगभग २०० डलर थियो तर सन् २०१३ मा अन्य कम्पनीहरु बजारमा आउनासाथै एक सिमकार्डको मुल्य २ डलर भयो । अचानक यो धेरै सस्तो भयो ।

हातमा एक सस्तो फोन र सस्तो सिमकार्ड पाएपछि म्यान्मारमा हरेकले एक एस्तो एप चाहन्थे त्यो थियो फेसबुक ।

कारण ? गुगल र केही अन्य ठूला अनलाईन पोर्टलले बर्मेली भाषालाई सपोर्ट गर्थेनन् तर, फेसबुकले भने गथ्र्यो ।

एलिजावेथ भन्छिन्, ‘मानिसहरले तुरुन्त इन्टरनेट सपोर्ट गर्ने स्मार्टफोन किनिरहेका थिए र फेसबुक एप डाउनलोड गरेपछि मात्रै फोनको दोकान छोड्थे ।’

थेट स्विई विनका अनुसार म्यान्मारका जनसंख्याको ठूलो हिस्सालाई इन्टरनेटको थोरै मात्रै अनुभव थियो यसैले त्यतिखेर उनीहरु दुष्प्रचार र गलत जानकारीको जालमा फस्न थाले ।

विनले भने, ‘हामीसँग इन्टरनेट साक्षरता छैन । हामीसँग इन्टरनेटको प्रयोगलाई लिएर कुनै पनि ट्रेनिङ छैन । न्युज कसरी फिल्टर गर्ने वा इन्टरनेटलाई प्रभावकारी ढंगले उपयोग कसरी गर्ने भन्ने खालको जानकारी छैन ।’

साँस्कृतिक कठिनाई

लगभग ५ करोड जनसंख्या भएको म्यान्मारमा १ करोड ८ लाख जति फेसबुकका नियमित प्रयोगकर्ता छन् ।

तर, करोडौं मानिसहरुलाई इन्टरनेट सेवा दिने फेसबुक र टेलिकम कम्पनीहरु देश भित्र जातीय र धार्मिक तनावसँग जुध्नको लागि तयार छैनन् ।

दुश्मनीको जरा धेरै गहिरो छ । रोहिंग्या समुदायलाई बर्माको नागरिकताबाट बञ्चित गरिएको छ । बौद्ध शासक वर्गका कैयौं मानिस त उनीहरुलाई एक अलग जातीय समूह पनि मान्दैनन ।

यसको सट्टा उनीहरुलाई बंगाली भनिन्छ र जुन शब्दले रोहिंग्या समुदायको पहिचान म्यान्मारसँग भन्दा अलग रहेकोमा जोड दिन्छ ।

सरकारका अनुसार पछिल्लो वर्ष उत्तर पश्चिम रखाइन प्रान्तमा चरमपन्थीहरुलाई नामेट पार्न सैन्य अभियान चलाइएको थियो । यसको नतिजा स्वरुप ७ लाख भन्दा धेरै मानिसहरुलाई छिमेकी देश बंगलादेश भाग्न पर्यो । संयुक्त राष्ट्रसंघका अनुसार यो विश्वमा सबैभन्दा छिट्ाये बढीरहेको शरणार्थी संकट हो ।

संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार रखाइन प्रान्तमा नरसंहार र अन्य इलाकामा मानवताको विरुद्ध अपराधको लागि म्यान्मारका सेनाका उच्च अधिकारीहरुमाथि छानबीन गर्नुपर्छ । तर, म्यान्मार सरकारले यी आरोपहरुलाई खारेज गरिदिएको छ ।

हतियारको रुपमा फेसबुकको प्रयोग

जातीय तनाव र द्रुत गतिमा बढीरहेको एक सामाजिक सञ्जालको प्रयोगले  विषको काम गर्यो । म्यान्मारमा इन्टरनेटको प्रयोगमा वृद्धि तिव्रगतिमा हुने थालेपछि रोहिंग्या समुदाय विरुद्ध भड्काउने खालका पोस्ट फेसबुकमा नियमित रुपमा देखिन थाल्यो ।

थेट स्विई विनका अनुसार उनी रोहिंग्या विरोधी इन्टरनेट सामग्रीबाट भयभित थिए जुन धमाधम सेयर भइरहेका थिए । उनले बिबिसीसँग भनेका छन्, ‘फेसबुकलाई हतियार बनाइएको थियो ।’

अगस्टमा रोयटर्स समाचार एजेन्सीले गरेको अध्ययनमा रोहिंग्या र अन्य मुसलमानमाथि घृणा उत्पन्न गराउने हजार भन्दा धेरै बर्मेली भाषका पोस्ट, टिप्पणी र अश्लिल तस्वीरहरु भेटिएका थिए ।

रोयटर्सका संवाददाता स्टिभ स्टीक्लोले बर्माका आफ्ना सहकर्मीहरुको साथमा रिपोर्टमा काम गरेका थिए । उनले बताए, ‘ईमान्दारीपूर्वक भन्ने हो भने मैले सोचेको थिँए हामीलाई केही यस्ता उदाहरण मिल्नेछ जो पछि राख्नको लागि काफी हुने छ ।’

स्टिक्लोको भनाई अनुसार केही सामग्री धेरै हिंस्रक थियो । उनी भन्छन्, ‘ती पोस्टहरु पढ्न धेरै घृणित थियो र मलाई मानिसहरुसँग के तपाईं ठिक हुनुहुन्छ भनेर सोध्नुपरेको थियो ?’

‘जब मैले ती सामग्रीलाई फेसबुकको कार्यालयमा पठाँए त्यतिखेर मैले ईमेलमा एक चेतावनी पनि लेख्दै भनेँ ‘तपाई यो बुझ्नुुहोस् कि यो धेरै दुखी बनाउने चीज हो ।’

स्टिक्लो भन्छन्, ‘अचम्मको कुरा त यसमा केही सामग्री फेसबुकमा पाँच वर्षदेखि रहेका थिए र जब हामीले उनीहरुलाई अगस्टमा जानकारी दियौं त्यसपछि मात्रै त्यसलाई हटाइयो ।’

स्टिक्लो र उनको टिमले जुन फेसबुक पोस्टको सूची बनाए ती मध्ये कैयौंमा रोहिंग्याहरुलाई ‘कुकुर’ वा ‘सुँगुर’ भनिएको थियो ।

स्टिक्लो भन्छन्, ‘यो एक समूहलाई अपमानित गर्ने तरिका हो । फेरी जब नरसंहार जस्तो घटनाहरु हुन्छन् भने त्यस विरुद्ध सार्वजनिक रुपमा आवाज उठ्दैन किनभने एक समूहले अर्को समूहलाई मानवको रुपमा हेर्दैनन् ।’

कर्मचारीहरुको कमी

रोयटर्सले जम्मा गरेका पोस्टहरुले त्यसले स्पष्ट रुपमा फेसबुकको दिशानिर्देशहरुलाई उल्लंघन गर्छन् । यसपछि सबै पोस्टहरुलाई हटाइएको छ । तर, बिबिसीलाई अहिले पनि यसखालका मिल्दोजुल्दो चीजहरु मिलेको छ जुन अहिले पनि साइटमा धेरै देखिन्छन् ।

त्यसो भए सामाजिक सञ्जाल यो कुरालाई बुझ्न किन असफल भयो यसको प्रचारमा कसरी यसको प्रयोग गरिएको छ ? एक कारण यो पनि थियो कि कम्पनीलाई केही शब्द बुझ्न कठिनाई भएको थियो ।

उदाहरणको लागि ‘कालाम’ म्यान्मारमा मुस्लिमहरुको लागि अपमानजनक शब्द हो तर अर्कोतर्फ यसलाई काबुली चनाको लागि पनि प्रयोग गरिन्छ ।

सन् २०१७ मा कम्पनीले यी शब्दहरुलाई प्रतिबन्धित गरिदिएको थियो तर पछि यसलाई प्रतिबन्धित शब्दसँग हटाइदिएको छ किनभने यस शब्दको अर्को पनि अर्थ हुन्छ ।

यस बाहेक सफ्टवेयरको समस्याहरु पनि थियो जसले म्यान्मारका कैयौं प्रयोगकर्ताहरुमा चिन्ताजनक सामग्रीहरुको रिपोर्ट कसरी गर्ने भन्ने थाहा भएन । यो निर्देश मोबाईलमा पढ्नमा मुश्किल हुन्थ्यो ।

तर, कैयौं आम समस्याहरु पनि थिए जस्तो बर्मेली भाषका कन्टेन्टमा नजर राख्नेको कमी । रोयटर्सको रिपोर्ट अनुसार कम्पनीसँग सन् २०१४ मा एक मात्रै यस्ता कर्मचारी थिए पछिल्लो वर्ष बढेर चार भए ।

अहिले उनीहरुको संख्या ६० पुगेको छ र वर्षको अन्त्यसम्ममा उनीहरुको संख्या १०० पुग्ने आशा गरिएको छ ।

धेरैले दिएका थिए चेतावनी

म्यान्मारमा फेसबुक प्रयोगकर्ताहरुको संख्या वढेपछि कम्पनीलाई कैयौं मानिसले यो प्लेटर्फमको उपयोग रोहिंग्या विरोधी घृणा फैलाउनको लागि गरिएको छ भनेर चेतावनी दिएका थिए ।

सन् २०१३ मा डकुमेन्ट्री बनाउने अष्ट्रेलियाली एला कलोनले एक वरिष्ठ फेसबुक ्म्यानेजर समक्ष यो समस्या उठाइन् । अघिल्लो वर्ष नै डक्टरेट छात्र मेट सिसलरले कर्मचारीहरुसँग कैयौं पटक कुरा गरे र त्यसपछि केही सामग्री हटाइएको छ ।

यान्मारमा कसरी यो प्लेटर्फमको उपयोग गरि घृणा फैलाइएको छ भन्ने देखाउन टेक एक्सपर्ट डेविड मेडेन सन् २०१५ मा क्यालिफोर्निया स्थित फेसबुकको मुख्यालयमा रहेका म्यानेजरहरुको अगाडि एक पि्रजेन्टेशन देखाउन त्यँहा गए ।

उनले रोयटर्ससँग भने, ‘उनीहरुलाई कैयौंपटक चेतावी दिइयो तर यो स्पष्ट रुपसँग पेश गर्न सकिएन र उनीहरुले आवश्यक कदम उठाएनन् ।

कैयौं एकाउन्ट बन्द गरियो

फेसबुकसँग जब कुरा गर्ने कोसिस गरियो त उनीहरुले अनुरोधको कुनै जबाफ दिएनन् ।

पछिल्लो वर्षदेखि कम्पनीले केही कारबाही सुरु गरेको छ । फेसबुकले बर्मेली अधिकारीहरुसँग जोडिएका १८ एकाउन्ट र ५२ पेज हटाइदिएको थियो ।

कम्पनीले भनेको छ, ‘यी मध्ये कैयौं व्यक्ति र संगठनले देशमा मानवअधिकारको गम्भिर दुरुपयोग गरेको सबूत मिलेको छ ।’

बन्द गरिएका फेसबुक एकाउन्टलाई करिब १.२ करोड मानिसहरुले फलो गर्थे ।

एक बयानमा फेसबुकले म्यान्मारमा गलत बुझाई र घृणालाई रोक्न धेरै मुस्किल रहेको स्विकार गरेको थियो । साथै यो पनि स्विकार गरिएको थियो कि जुन देश इन्टरनेट र सामाजिक सञ्जालको लागि नँया छ त्यँहा सामाजिक सञ्जालको माध्यमले घृणा फैलाउन सजिलो छ ।

हेट स्पिचको मसला सेप्टेम्बर महिनामा आएको थियो त्यतिखेर फेसबुकका सीइओ शेरिल सेनडबर्ग अमेरिकी सिनेट कमिटीको अगाडि पेश भएका थिए।

उनले भने, ‘हेट हाम्रो नीतिको विरुद्ध छ र हामी यसमाथि नियन्त्रण गर्ने कोसिस गरिरहेका छौ । हामी नागरिक अधिकारहरुलाई लिएर धेरै सावधानी अपनाउँछौं ।’

जब मार्क जुकरबर्ग कांग्रेसको अगाडि अप्रिलमा पेश भएका थिए त्यतिखेर उनीसँग म्यान्मारको घटनाको बारेमा सोधिएको थियो ।

उनले बर्मेली भाषा बोल्ने मानिसहरुलाई भर्ना गर्नुको साथै कम्पनीले स्थानीय समूहहरुसँग मिलेर काम गरिरहेको बताएका थिए । त्यसले म्यान्मार र अन्य देशमा भविष्यमा यस किसिमका मुद्दा पहिचान गर्नमा मद्धत मिल्ने उनको भनाई थियो ।

बिबिसी मिडिया एक्सनकी एलिजाबेथ मन्र्स भन्छिन्, ‘अन्तराष्ट्रिय समुदायले अब प्रविधिको बारेमा बुझ्न जरुरी छ । र, सामाजिक सञ्जालमा आफ्नो देश र अन्य देशमा के भइरहेको छ भन्ने कुरा थाहा पाउन जरुरी छ ।’

बिबिसी हिन्दीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment