Comments Add Comment

डाटसनलाई ‘गो’ र ‘रेडी गो’ले यसरी पुर्‍यायो उचाइमा

२८ भदौ, काठमाडौं । डाटसन पछिल्लो समयमा नेपालमा रुचाइएको अटोमोबाइल ब्राण्ड हो । नेपालमा गाडीको प्रवेश भएको ४ वर्षकै बीचमा डाटसनको नेपालमा इन्टि्र लेभलको कार सेगमेन्टमा मुख्य प्रतिस्पर्धी बनेको छ ।

डाट्सनले सन् ०१४ को सेप्टेम्बरमा ‘गो’ मार्फत नै नेपाली बजारमा सानदार रि-इन्ट्री गरेको थियो । ‘गो’पछि ल्याइएको ‘गो प्लस’ र ‘रेडि-गो’ ले डाटसनलाई उचाईमा लैजाँदैछ र पछिल्लो पटक आएको हजार सीसीको ‘रेडी गो-१.०’ को पनि यसमा योगदान दिएकै छ । अब अर्को वर्ष डाट्सनले नेपाली ग्राहकका लागि अरु आकर्षक उत्पादनहरु प्रस्तुत गर्ने बताउँछन् पायोनिर मोटो कपका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्द ।

मोटरसाइकलमै जिन्दगी गुजार्ने वर्गमा लागि डाटसन नेपालमा निर्विकल्प र जबरजस्त गाडी भएको कम्पनीको भनाइ छ । मध्यमवर्गको अफोर्ड गर्न सक्ने डाटसनका गाडी गुणस्तरका हिसावले पनि अब्बल भएको कम्पनी बताउँछ । त्यसैले नेपाल प्रवेशको यति छोटो समयमा नै डाटसन ब्राण्डलाई पुनः नेपालमा स्थापित हुने अवसर मिल्यो ।

शक्तिशाली गाडीहरु अफोर्डेबल मूल्यमा पाउनु नेपालीका लागि सरप्राइज भएको चन्द बताउँछन् । ‘सस्तोमा राम्रो गाडी’ दिने ब्राण्डका रुपमा डाटसनले चिनिएको छ ।

‘हामी ४ वर्षकै बीचमा नेपाली कार ग्राहकको भरपर्दो विकल्प बनेका छौं । नेपाली बजारमा प्रवेशको छोटो समयमै डाट्सनलाई ग्राहककको न्यानो माया प्राप्त भएको छ,’ म्यानेजर चन्दले भने, अफोर्डेबल मात्रै हैन, गुणस्तरीय उत्पादनका कारण नेपाली ग्राहकलाई डाटसनले राम्रोसँग तान्न सक्यो । नाडामा हाम्रो स्टलमा दर्शकको भीडले यसलाई पुष्टी गर्छ ।’

डाट्सनका विभिन्न कारहरु अहिले नेपाली बजारमा बाक्लो मात्रा देखिन्छन् ।

‘रेडी गो’

डाट्सनको भनाइ मान्ने हो भने मूल्य र गुणस्तरीयताको हिसाबले ग्राहकको मन जित्न सफल कार होे ‘रेडी गो’ । यो पेट्रोल इञ्जिन जडित यो अर्वन क्रस कार हो । नेपाली बजारमा यसको न्युनतम् मूल्य नेपाली बजारमा १५ लाख २५ हजार रुपैयाँ रहेको छ ।

१ हजार सिसीको इञ्जिनवाला रेडी गो पनि २० लाख ५९ हजारमा किन्न पाइन्छ । अझ कम्पनीले नाडामा छुटसहित र विभिन्न सुविधासहित ग्राहकलाई बेनिफिट दिइरहेको छ ।

‘रेडी गो’ फेमिली ह्याचब्याक कार हो । यसले सेगमेन्टकै उत्कृष्ट माइलेज दिने दावी कम्पनीको छ । नयाँ रेडी गोले प्रतिलिटर २२.५ किलोमिटरको माइलेज दिन्छ । जसले गाडी प्रयोगकर्तालाई आर्थिक भार कम पर्छ ।

यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । जसले गर्दा काठमाडौ लगायत सवारी जाम हुने शहरमा यसको महत्व बढेको कम्पनीको दावी छ ।

रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । ह्याचब्याक कार भएर पनि यसमा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स छ । यसको १.० लिटरको पेट्रोल इञ्जिनले ६७ बीएचपी पावरसहित ९१ एनएमको टर्क उत्पादन गर्छ ।

फिचर्सको पक्षबाट हेर्दा पनि यो निकै सबल छ । यसको एक्स्टेरियर लुक्स निकै ग्ल्यामरस र बोल्ड छ । यसमा सिल्भर डेकोरेशनसहित स्टाइलिस हेडल्याम्प्स दिइएको छ ।

फ्रन्ट ग्रीलमा क्रेम एसेन्ट फ्रेम छ । डेटाइम रनिङ ल्याम्पस, विन्डसेल्ड ग्रीन ग्लास, एन्टेना र ड्राइभर तथा पेसेन्जर आउटसाइड मिररले यसलाई आकर्षक बनाएको छ । इन्टेरियरमा पनि यो गाडी सफा र आरामदायी फिचर्सले सुुसज्जित छ । यसको क्याबिन कम्पनीले निकै व्यावहारिक ढंगले बनाएको छ ।

यसमा यात्रा गर्ने यात्रुको सहजताका लागि ‘लेगरुम’लाई पनि फराकिलो बनाइएको छ । गाडी भित्रको पर्याप्त स्पेशले चालक तथा यात्रुलाई बढी स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्छ । यसमा स्पीड सेन्सेटिभ पावर स्टेयरिङ छ । हिटर भेन्टीलेटरसहित यसमा एयर कन्डिसनर, डिजिटल टेक्नोमिटर, ड्राइभ कम्प्युटर, प्यासेन्जर एसिस्ट ग्रीप, टि्रप मिटर, पावर विन्डो, बोटल एण्ड कप होल्डरले यसमा यत्रा गर्न विभिन्न सहजताहरु ल्याउँछ ।

यसमा युटिलिटी स्टोरेजसहित स्तरीय म्युजिक सिस्टम पनि छ । यसमा प|mन्टमा दुईवटा स्पीकर दिइएको छ । एसोसरिज सकेट, सिˆट अप इन्डिकेटर, रिर्मो की र सेन्ट्रल लकिङ लगायतका सुविधायुक्त फिचर्स पनि यसमा छन् ।

यसमा विभिन्न विशेषताहरुले चालक र यात्रुलाई रोमाञ्चकता, स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्ने कम्पनीको दावी छ ।

‘गो’

डाटसनको अर्को रुचाइएको कार हो, ‘गो’ । कम क्षमताका इन्ट्री लेभलको कारबाट माथिल्लो स्तरको र शक्तिशाली ह्याचब्याकमा अपग्रेड हुन चाहने धेरै छन् । तर, यसका ठूलै रकम खर्चिनुपर्ने चिन्तामा गर्नेहरुका लागि उत्कृष्ट विकल्प बनेको हो, जापनिज कम्पनी डाट्सनको ‘गो’ ।

निशानको माइक्रा प्लेटर्फमका आधारित कम्प्याक्ट बडीसहित गो कार भित्रबाट उत्तिकै विशाल छ । कारमा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । स्पेश आराम र सुविधाको मामलामा यो अब्बल सावित भइसकेको छ ।

डाट्सन गोकोको समग्र डिजाइन ‘प्लीज एभि्रवान, अफेन्ड नो वान’ थीममा आधारित छ । यसको अघिको भाग, हेक्जा गोनल ल्याम्प, सिल्क डी-कट ग्रील, अगाडिको बम्पर लगायतले यसलाई सु-सज्जित गरेको छ । आउटसाइड रियर भ्यू मिररलाई विशेष तरिकाले सजाइएको छ । डाट्सन गोको पछाडिको भाग निकै सरल र आकर्षक छ । स्फूर्त र फिनिसिङ बनोटका कारण पनि यसलाई धेरैले मन पराएका छन् । यसमा २६५ लिटरको बूट स्पेश पनि छ ।

कम्पनीले गोको क्याबिन कम्पनीले निकै व्यावहारिक र आकर्षक ढंगले बनाएको छ । यसको डिजाइन निकै सफा र आरामदायी पनि देखिन्छ । भित्री सजावटका लागि कम्पनीले क्याबिनमा स्पेशल रङको प्रयोग गरेको छ । कारमा इन्फोटेनमेन्टको लागि म्युजिक प्लेयर उपलब्ध छ ।

यो कारमा १२ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यो इञ्जिनले ६८ पीएसको शक्ति र १०४ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । यो कारमा १.२ लिटरको ३ सिलिन्डर इञ्जिन छ । यसले २०.६ प्रतिलिटरको माइलेज दिन्छ । ५ स्पीड म्यानुअल गियरको विकल्प छ ।

यसको प|mन्टमा डिस्क र रियर ड्रम ब्रेक छ । गो राजर्मागमा उच्च गतिमा हुँदा पनि निकै स्थिर लाग्छ । यसमा गति संवेदनशील पावर स्पेयरिङ छ । यो राजमार्ग र शहरी क्षेत्रमा चलाउन सुविधाजनक छ ।

यसमा फलो माई होम हेड ल्याम्प, शक्तिशाली एयर कन्डिसनिङ, फ्रन्ट पावर विन्डो, सेट्रल लकिङ, भेन्टिलेटेड डिस्क ब्रेक, सुपेरियर फ्रन्ट सस्पेन्सन, फूल ह्वील कभर लगायतका फिचर्स पनि छन् ।

गोको अर्को आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १७० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । कारको टर्निङ रिड्युस क्लासकै उत्कृष्ट मानिएको छ । यसको फ्रन्ट सिटमा रहेको विशेषताले उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्कृष्ट भिजिबिलिटी प्रदान गर्छ ।

कम्पनीले गोमा यात्रुको सुरक्षाका लागि विभिन्न प्रविधि अपनाएको छ । फ्रन्ट र रियरमा ३ पाइन्ट सिट बेल्ट र रियर सेन्ट्रलमा टू पाइन्ट सिट बेल्ट लगायतका फिचर्सले यसलाई सुरक्षित कार बनाएको छ । हेडल्याम्प लेभलिङ डिभाइस, इञ्जिन मोबलिाइजर, सेन्ट्र लकिङ लगायतका विशेषता पनि यसमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment