Comments Add Comment

यस्तो हुनेछ धुर्मुससुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला

२८ भदौ, चितवन । ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महागरपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको कार्यकारी बैठकले चितवनको भरतपुर महानगरपालिका-१६ स्थित हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले भोग चलन गरेको ४० बिघामध्ये २० बिघा रंगशाला निर्माणका लागि दिने औपचारिक निर्णय गरेको हो । धुर्मुस-सुन्तली फाउण्डेसनको प्रस्तावअनुसार जग्गा उपलब्ध गराउने निर्णय गरेको मेयर रेनु दाहालले जानकारी दिइन् ।

रंगशाला निर्माणमा प्रयोग हुने जग्गाको सट्टाभर्ना विश्वविद्यालयलाई दिने योजना महानगरको छ ।

विश्वविश्वद्यालयको १५ विघा जग्गा वडा नम्बर २० मा रहेको भीमदेवी आधारभूत विद्यालयलाई भोगचलन गर्न दिने र बाँकी ५ बिघा छिट्टै ठाउँ हेरेर दिने मेयर दाहालले बताइन् । शुक्रबार बस्ने रामपुर विश्वविद्यालयको सिनेट बैठकले आफू मातहतको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गर्ने उनको भनाइ छ ।

तीन महिनाअघि फाउण्डेसनले भरतपुर महानगरलाई रंगशाला बनाउनका लागि प्रस्ताव गरेको थियो ।

धुर्मुस-सुन्तली फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment