Comments Add Comment

पूर्वप्रधानमन्त्री भट्टराई अमेरिकामा, नेपाली समुदायसँग अन्तर्क्रिया

२८ भदौ, वासिङटन डिसी । अमेरिका आइपुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग यहाँ रहेका नेपाली समुदायले भेटघाट र अन्तर्क्रिया गरेका छन् ।

भट्टराई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तर्क्रियामा सहभागी भएका हुन् । उनले उदार प्रजातन्त्र र साम्यवाद भएका विश्वका विभिन्न राष्ट्रहरुमा संकटका मूल कारण के हुन् र नेपालजस्तो देशमा कसरी प्रजातन्त्रलाई अझ सहभागितामूलक, जिम्मेवार तथा समावेशी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

नेपाल जस्तो मुलकले कसरी द्रुत गतिमा विकास गर्न सक्छ भन्ने विषयमा अमेरिकामा रहेका नेपाली समुदायसँग सुझाव सल्लाह र परामर्श लिन आएको भट्टराईले बताए । उनीसँगै पत्नी हिसिला यमी पनि अमेरिका भ्रमणमा छिन् ।

डा भट्टराईले आफ्नो जन्मथलोको विकासमा ज्ञान, सीप तथा धन जुन माध्यमबाट सकिन्छ त्यसबाटै सहयोग गर्न अमेरिकामा बस्ने नेपाली समुदायलाई आग्रह गरे ।

आफूले अहिलेको जस्तो विकास नभई द्रुत गतिमा विकास चाहेको भट्टराईले बताए । करिव एक महिने अमेरिका यात्रामा उनले अमेरिकाको राजधानी वासिङ्टन डिसी सुरु गरी नेपालीहरुको जन घनत्व ज्यादा भएको शहर न्यूयोर्क, टेक्सस, बोस्टनलगायत राज्यहरुमा सम्भव भएसम्म पुग्ने बताए ।

कार्यक्रममा राजदूत डा अर्जुनकुमार कार्की, प्रेमराजा महत,अमेरिका नेपाल सोसाइटी, एनपीपीए,अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)का अध्यक्ष  गुणराज लुईटेललगायत पत्रकार र अमेरिकामा विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरु सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment