Comments Add Comment

१३ वर्षीया बालिकाको ‘प्रतिकार’मा मारिए हजुरबा

२८ भदौ, रामेछाप । आफूलाई बलात्कार गर्न खोजेको भन्दै १३ वर्षीया बालिकाले नातामा हजुरबुबा पर्ने बुद्धको हत्या गरेकी छन् ।

रामेछाप नगरपालिका वडा ७ रजरगाँउमा १३ वषर्ीया बालिकाले ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको हत्या गरेकी हुन् । हत्यापछि उनले प्रहरीसामू आत्मसर्मण गरेकी छन् ।

घाँस काट्न जाने बेलामा श्रेष्ठले शरीरको पछाडिको भागमा समातेको उनको बयान छ । त्यहाँबाट फुत्किएर भागेकी उनले घरबाट फलामको रड ल्याई श्रेष्ठको टाउकोमा हानेकी थिइन् ।

घटनापछि उनले रामेछाप प्रहरी समक्ष आत्मसमर्पण गरेकी छन् । उनी स्थानीय विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन् ।

घटनाको अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अमरेन्ऽबहादुर सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment