Comments Add Comment

एनसेलको ‘रिचार्ज एण्ड विन’ अफरमा १० भाग्यशालीले जिते एक लाख

२८ भदौ, काठमाडौं ।  एनसेल प्राईभेट लिमिटेडले नजिकिदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत पहिलो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । ‘रिचार्ज एण्ड विन’ १० हप्ता सम्ममा संचालनमा रहने अफर हो ।

पहिलो हप्ताका विजेताहरु मंगलबार (भाद्र २६ गते) एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रशारण मार्फत छानिएका हुन् । १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले बिहिबार जनही नगद एक लाख पुरस्कार पाएका छन् ।

एनसेलका सेक्युरिटी तथा जेनेरल सर्भिसेज् निर्देशक महेन्द्र कुमार भट्टचनले काठमाडौंमा आयोजित एक कार्यक्रम माझ दुई विजयीहरु झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई बिहिबार जनही एक लाख नगद पुरस्कार प्रदान गरे।

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा सप्ताहभर १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् ।

यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् यो योजना अन्र्तगत प्रत्येक विजयीले खुद एक लाख नगद पुरस्कार पाउँछन् र यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ । ग्राहकले आइतबार देखि शनिबार सम्मको अबधिमा गरेको प्रत्येक १०० बराबरको रिचार्जका आधारमा उनीहरुले एसएमएस मार्फत एउटा कोड प्राप्त गर्छन् ।

उदाहरणको लागि ग्राहकले आइतबार देखि शनिबार सम्ममा २५० को रिचार्ज गरेका छन् भने सो सप्ताह लगत्तैको सोमबार सम्ममा एसएमएस मार्फत दुई वटा विशेष कोडहरु प्राप्त गर्छन् । प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनौट प्रत्यक्ष प्रशारणमा हुने लाइभ ड्र कार्यक्रम मार्फत गरिनेछ । चर्चित व्यक्तित्वहरुको उपस्थितीमा हुने सो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment