Comments Add Comment

ग्लोबल आइएमई बैंकको गोरखा शाखाको उद्घाटन

२८ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंकले बिहिबार गोरखा जिल्लाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । शाखाको गोरखा जिल्लाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा औपचारिक उद्घाटन गरे ।

त्यस्तै सोहि शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरे ।

शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा प्रदान गर्न सफल भएको जानकारी दिादै बैंकिङ सेवाको पहुाचभन्दा टाढा रहेकाअन्य क्षेत्रमा पनि सम्भव भए शाखाको माध्यमबाट र शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट बैंकिङ सेवा विस्तार गर्दै जाने बताए ।

उनले बैंकले प्रदान गरिरहेका सुबिधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट क्षेत्रको आर्थिक सम्बृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे । ग्लोबल आइएमई बैंकले गोरखा जिल्लामा गोरखाबजार, मनकामना र सिरानचोक गरी ३ वटा शाखा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment