Comments Add Comment

भीभोको भी ११ प्रो एआई स्मार्टफोन नेपालमा सार्वजनिक

२८ भदौ, काठमाडौं । भीभोले आज अल न्यू भी ११ प्रो ९ख्ज्ञज्ञ उचय० नेपाली बजारमा सार्वजनिक गरेको छ । भीभोको भी ११ प्रोमा सफल मूख्य डिजाइनका साथमा न्यू हालो फूलभ्यू डिस्प्ले new Halo FullView™ Display  राखिएको छ ।

यो फोन कभ्र्ड थ्रीडी बडिका साथमा एउटा सहज र इमर्सिभ प्रयोगकर्ताहरुका लागि अनुभव प्रदान गर्दछ, जून स्टेरी नाइट र नेबुला फ्यूजन कलर अप्सनमा आउँछ । भी ११ प्रो भी सिरिजको पहिलो स्मार्टफोन हो, जसमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ प्रविधिको प्रयोग गरिएको छ ।

जसले भीभोको बायोमेट्रिक सेक्यूरिटीको नेतृत्वदायी क्षमतालाई निरन्तरता दिएको छ । यसका साथमा स्लीक र स्ट्यालिस डिजाइनलाई पनि उत्तिकै महत्व दिईएको छ ।

‘हाम्रो प्राथमिकतामा उपभोक्ताहरुको मतिष्कमा आविश्कारिक अनुभव प्रदान गर्नमा केन्द्रित रहँदै आएको छ । हाम्रा प्रयोगकर्ताहरुका लागि अधिक सहज र व्यक्तिगत मोबाइल अनुभव सिर्जना गर्नका लागि हामीले एआई पावरयुक्त भी ११ प्रो स्मार्टफोन सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित भएका छौं,’ भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले भने।

भीभो भी ११ प्रो ले भीभोको पर्फेक्ट शटको खोजलाई निरन्तरता दिएको छ । उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ड्यूल मुख्य क्यामराका साथसाथै ठूलो एफ÷१.८ एपार्चर f/1.8 aperture र १.२८ पिक्सेल n1.28μm pixels रहेको छ ।

सेल्फीका लागि स्मार्टफोनमा २५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ जसले उत्कृष्ट सेल्फी फोटो खिच्ने क्षमता राख्दछ । १२ मेगापिक्सेलको मुख्य क्यामराले ड्यूल पिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटोसेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्दछ । र केबल ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्नसक्ने डिएसएलआर गुणस्तरको ड्यूल–पिक्सेल अटोफोकोस प्रविधि प्रयोग गरिएको छ ।

फोटोग्राफी बाहेक भी ११ प्रोले आर्टिफिसियल इन्टेलिजेन्स(एआई) मोबाइल अनुभव प्रदान गर्दछ जसको लागि भीभोको एआई असिस्ट्यान्ट जोभी ब्क्ष् बककष्कतबलत व्यखष् को प्रयोग गरिएको छ । यसका लागि जोभी स्मार्ट सीन, गूगल लेन्स, र गूगल असिस्ट्यान्ट जस्ता फीचरहरु उपलब्ध छन् ।

यी अनुपम एआई फीचरहरुका लागि भीभो भी ११ प्रोमा उच्च क्षमता भएको स्न्यापड्रागन ६६० एआईई प्रोसेसर प्रयोग गरिएको छ भने फोनकोे कार्यक्षमतालाई उत्कृष्ट र सहज बनाउन ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ ।

एन्ड्रोयड ८.१ मा आधारित भीभोको आफ्नै फनटच ओएस ४.५ (अपरेटिंग सिस्टम) र भीभोको जोभी एआई इन्जिनले सीपीयू र मेमोरी रिसोर्सलाई पहिचान गर्न सँगसँगै कार्य गर्दछ । जसले फोनमा एकैपटक कयौं कठिन कार्यहरुका साथै मल्टिपल एप्स प्रयोग गर्न सहजता प्रदान गर्दछ ।

भीभो भी ११ प्रोमा १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सूपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन–टू–बडि रेसियो रहेको छ । निकै पातलो र हलुका रहेको यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाई मात्र छ भने यसमा साड बेजेल्स पनि छ, यसका साथै थ्रीडी कभ्र्ड बडि डिजाइनले फोनको घुमाउरोपनालाई ससक्त बनाएर डिस्प्लेको उत्कृष्टतालाई देखाउन सफल भएको छ । यसले तपाईँको हातमा उत्कृष्ट स्मार्टफोनमा अतुलनीय हेराईको अनुभव प्रदान गर्न सहयोग गरेको कम्पनीको दावी छ ।

नेपाली बजारमा भीभो भी ११ प्रो को बजार मूल्य रु ४९,४९० तोकिएको छ भने भी ११ को मूल्य रु. ३९,९९० तोकिएको छ । यी फोनहरु बजारमा असोज ४ गते (सेप्टेम्बर २० तारिख, २०१८) देखि उपलब्ध हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment