1. ताजा अपडेट
Comments Add Comment
Paras Mani V. K.
२०७५ भदौ ३० गते ७:५१
फिल्मी लाईन​मा प्राय​ य​ही देखियो , चेह​रा राम्रो​ त​र च​रित्र भ​ने ग​न्जा गोलै हुने किन होला ? साय​द सुपेरिय​र छु भ​न्ने द​म्भ​ ले हो कि ?😂😀😅
Paras Mani V. K.
२०७५ भदौ ३० गते ७:४०
फिल्मी लाईन​मा प्राय​ य​ही देखियो , चेह​रा राम्रो​ त​र च​रित्र भ​ने ग​न्जा गोलै हुने किन होला ? साय​द सुपेरिय​र छु भ​न्ने द​म्भ​ ले हो कि ?😂😀😅👎👎👎
Ramkumar
२०७५ भदौ ३० गते ७:१८
मान्छेले सम्बन्ध मान्छे सग होइन पैसा सग गर्छ जस्तो यी हरुको कथा

अष्ट्रेलियाका किलनसँग सुस्मिताले गरिन् इन्गेजमेन्ट

भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरिन् । उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् ।
उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’

सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामिसँग इन्गेजमेन्ट गरेकी हुन् । पारिवारिक सहमतीमै आफूले इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छिन् । नायक अनमोल केसीकै सहमतीमा यो इन्गेजमेन्ट गरिएको वुझिएको छ । सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा नै बिहे गर्नेछिन् । किलन ग्यासका धनाढ्य व्यापारी हुन् ।

आपसी असमझदारीका कारण सुष्मिता भुवनसँग केही वर्षअगाडि अलग्गिएकी थिइन् । त्यसयता उनी डेरा लिएर एक्लै बस्दै आएकी थिइन् । भुवन र सुष्मिताका छोरा अनमोल भने बाबुसँग बस्ने गर्छन् । सुष्मितासँग छुट्टएिपछि भुवन नायिका जिया केसीसँग लिभिङ टुगेदरमा छन् । श्रीमान-श्रीमतीकै रुपमा बसिरहे पनि बिहेको विषयमा भने दुवै मौन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

24%

खुसी

3%

दुःखी

61%

अचम्मित

7%

उत्साहित

5%

आक्रोशित

ट्रेन्डिङ

Advertisment