Comments Add Comment

आलियाका बारेमा सोधिएको प्रश्नलाई लिएर अमिताभ बच्चन ट्रोल

सामाजिक सञ्जालमा कुनै पनि सेलिबि्रटी ट्रोल हुनबाट बच्दैनन् । महान भनिने कलाकारहरुलाई समेत ट्रोल गर्न बाँकी राखिँदैन किनकी सानोतिनो गल्ति त उनीहरुबाट पनि भइ नै हाल्छ । प्रसंग अमिताभ बच्चनको हो । उनी भारतमा धेरै सम्मानित छन् । तर, अहिले उनले टेलिभिजन कार्यक्रम कौन बनेगा करोडपतिमा सोधेको एक हास्यास्पद प्रश्नलाई लिएर ट्रोलको सामना गर्नु परिरहेको छ ।

अमिताभले सोधेको प्रश्न हो, ‘आलिया भट्टले यीमध्ये कुने हिरोलाई अन स्त्रिmन किस गरेकी छैनन् ? अप्सनमा चार नाम दिइएको थियो । यी प्रश्नलाई लिएर अमिताभको उछितो काड्ने काम भइरहेको हो । बौद्धिक मानिसहरुले हेर्ने कार्यक्रममा बेतुकको प्रश्न सोधेको आरोप अमिताभमाथि लागिरहेको छ । र, यसको भिडियो क्लीप भाइरल भएको छ ।

हो, कार्यक्रममा प्रश्नहरु अमिताभले सेट गर्ने होइनन् । तर, उनले आपत्ति जनाएको भए यो प्रश्न सायदै सोधिने थियो । तर, यो प्रश्न जारी दशौं एपिसोडमा नभएर अघिल्लो नवौं सिजनमा सोधिएको हो । त्यतिबेलाको भिडियो अहिले कसैले सामाजिक सञ्जालमा राखिदिएपछि हजारौंले सेयर गरिरहेका छन् । एकजनाले लेखेका छन्, ‘के यस्तो प्रश्नोत्तरले मान्छेको ज्ञान बढ्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment