Comments Add Comment

जन्मदिनमा नीताः निर्मात्री बन्ने तयारी

नेपाली चलचित्र क्षेत्रमा आफ्नो अलग्गै स्थान बनाउन सफल नायिका नीता ढुंगानाको आज जन्मदिन हो । नीताले आफ्नो जन्मदिनको अवसर पारेर आज बेलुकी विशेष कार्यक्रमको समेत आयोजना गरेकी छिन् ।
नीताले गतबर्ष नै आफ्नो जन्मदिनमा चलचित्र निर्माण गर्ने बताएकी थिइन् ।

नीताका अनुसार उनले चलचित्र निर्माण गर्नका लागि नीता फिल्म प्रोडक्शन हाउस स्थापना गरिसकेकी छिन् । तर, चलचित्र बनाउने काम भने अगाडि बढिरहेको छ । चाडै नै चलचित्र निर्माण पनि गर्ने उनको भनाई छ । नेपाली चलचित्र क्षेत्रमा विशेषगरि अभिनय र नृत्यमा पोख्त मानिएकी नीता बक्स अफिसमा औषत हिट छिन् । तर, पनि यसले उनको कामलाई खासै फरक भने पारेको छैन ।

नीताले विभिन्न अवार्ड समेत प्राप्त गरिसकेकी छिन् । आफ्नो लभ लाइफको कारणले समेत केही समय अगाडिसम्म चर्चामा रहेकी नीता अहिले सिंगल रहेको बताउँछिन् । नीतालाई उनका साथीहरुले मध्यराती नै जन्मदिनको सरप्राइज दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment