1. ताजा अपडेट
Comments Add Comment
ARUN
२०७५ भदौ ३१ गते ११:३२
Khas ma ramro ta pakkai pani hune chhaina....
nabin
२०७५ भदौ २९ गते १३:४७
उहा हरुको डिभोर्स फेरी भैहाल्छ अनि फेरी बिहे गरे भो

सुस्मिताले इन्गेजमेन्ट गरेपछि भूवनको यस्तो प्रतिक्रिया

नायिका तथा निर्मात्री सुस्मिता केसीले सन् २०१९ को भ्यालेन्टाइन डेमा बिहे गर्ने भएकी छिन् । उनले सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् । अष्ट्रेलियाका ग्यास व्यापारी किलन स्वामीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । सुस्मिताले इन्गेजमेन्ट गरेपछि यस बिषयमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।

यस बिषयमा सुस्मिताका पूर्व पति नायक भूवन केसीले आफ्नो प्रतिक्रिया दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने-‘म उनलाई सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु ।’ भूवनले अगाडि भने-‘अनमोल ५ बर्षको हुँदा मसँग डिभोर्स गरेर अलग हुने निर्णय पनि उनले आफै लिएकी थिइन् । यसपटक बिहेको निर्णय पनि उनको आफ्नै हो । म उनलाई शुभकामना दिन चाहन्छु ।’

भूवनका अनुसार उनी र सुस्मिताविच डिभोर्स हुँदा नायक अनमोल केसी ५ बर्षमा मात्र थिए ।  सुस्मिताले किलनसँग बिहे गर्ने तयारी गरिरहँदा आफ्नो जीवन पूर्ण भएको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

19%

खुसी

5%

दुःखी

61%

अचम्मित

8%

उत्साहित

7%

आक्रोशित

ट्रेन्डिङ

Advertisment