Comments Add Comment

भरतपुर महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले बनाउने

२९ भदौ, चितवन । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले तयार गर्ने सहमति भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा महानगर र कोरियन संस्था सुडोनोन् बीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

एमओयूमा महानगरका तर्फबाट मेयर रेनु दाहाल र सुडोनोन्का तर्फका संस्थाका प्रमुख जो उनले हस्ताक्षर गरेका छन् ।

कोरियन कम्पनीले एक वर्षभित्र भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन सम्बन्धी विस्तृत योजना तयार गर्ने छ । त्यसको लागत ७ करोड लाग्ने अनुमान छ । उक्त खर्च सोही संस्थाले व्यहार्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले जानकारी दिए ।

समझदारी पत्रमा पाँच बुँदा समेटिएका छन् । सम्झौता अनुसार सो कम्पनीले महानगरका हरेक वडाबाट निस्कने सिजन अनुसारको फोहरको प्रकृति, भोल्युम्का बारेमा अध्ययन गरेर योजना बनाउने छ ।

भरतपुर महानगरपालिका वडा नः ११ को आँपटारीमा रहेको १६ विगाहा जमिनमा फोहर प्रसोधन तथा व्यवस्थापन केन्द्र बनाउने लक्ष्य महानगरको छ । यो क्षेत्रमा जग्गा दिएवापत महानगरले वनलाई क्षतिपूर्ति स्वरुप माडी नगरपालिकाको अयोध्यापूरीमा जग्गा खरीद गरी वृक्षारोपण गरेको छ ।

दुईदेखि तीनवर्ष भित्रमा यो प्रोजेक्ट सम्पन्न गर्ने लक्ष्य लिएइएको महानगरपालिकाकी मेयर रेनु दाहालले दावी गरिन् ।

फोहर व्यवस्थापनको योजनासहित सवै आवश्यक उपकरणको व्यवस्थापन यहि कम्पनीले गर्ने महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् । ‘यो उहाँहरुको नमूना प्रोजेक्टका रूपमा यहाँ चल्ने छ, काठमाण्डौंलाई समेत छाडेर यहाँ आउनुभएको छ । महानगरको तर्फबाट आवश्यक सहयोग गर्न तयार छौं,’ मेयर दाहालले भनिन्, ‘यो प्रोजेक्टले भरतपुर महानगरको मात्रै नभइ चितवन जिल्ला र गैंडाकोट नगरपालिका क्षेत्रको फोहरको पनि व्यवस्थापन गर्न सहज हुनेछ ।’

कर्पाेरेशनका अध्यक्ष वनले हाल सो संस्थाले विभिन्न देशका दुई करोड ५० लाख जनसंख्याको फोहर व्यवस्थापन गरिरहेको बताए ।

अध्ययनपछि फोहर व्यवस्थापनका लागि कोरियाली सरकारले सहयोग गर्नसक्ने विश्वास उनको विश्वास छ । पोजेक्टका लागि कति खर्च लाग्छ भन्ने बारेमा गुरुयोजना निर्माण पछि मात्रैं पत्तो लाग्ने महानगरका वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले बताए । यसअघि सो संस्थासँग सन् २०१८ को जनवरी र मे मा छलफलपछि बिहीबार सम्झौता भएको हो ।

भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहर संकलन हुने गर्दछ । निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाको वडा नं १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ ।

महानगरमा २९ वडा छन् । फोहर व्यवस्थापनका लागि महानगरले वार्षिक उक करोड १५ लाखभन्दा बढि रकम खर्च गर्दै आएको छ । हाल महानगरपालिका-३ स्थित नारायणी नदी किनारमा फोहर व्यवस्थापन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment