Comments Add Comment

बझाङ्का मानबहादुर बोहोराको मलेसियामा मृत्यु

२९ भदौ, बैतडी । सवारी दुर्घटनामा परी मलेसियामा शुक्रबार एकजना नेपालीको मृत्यु भएको छ । बझाङको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोराको मृत्यु भएको हो ।

कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर घाइते भएका बोहोराको उपचारका क्रममा शुक्रबार बिहान ७ बजे स्थानीय अस्पतालमा मृत्यु भएको मलेसियाबाट रमेश साउदले जानकारी दिए ।

बोहोरा विगत सात वर्षदेखि मलेसियाको सिनामो (सोफा)कम्पनीमा कार्यरत थिए । मृतक बोहोराको शव नेपाल ल्याउने तयारी गरिएको छ । मलेसियामा सडक पार गर्ने क्रममा धेरै नेपालीले अकालमै ज्यान गुमाउननुपरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment