1. ताजा अपडेट
Comments Add Comment
Sujap Dahal
२०७५ भदौ २९ गते १४:१२
yeti active nepal prahari ?? nsunera ramro lagyo :)

लाइसेन्सको ट्रायलमा पास गराइदिने भन्दै रकम माग्ने ३ जना पक्राउ

२९ भदौ, भक्तपुर । सवारी चालक अनुमति पत्र ट्रायल परीक्षामा पास गराइदिने भनेर रकम मागेको अारोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का २१ वर्षीय बिजय लामा, भक्तपुर राधेराधे बस्ने महोत्तरी बर्दीबासका २० वर्षीय अनिल बानिया र काभ्रे घर भइ बौद्ध बस्ने २८ वर्षीय विकास लामा रहेका छन् ।

उनीहरूलार्इ विशेष सुराकीका आधारमा महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–४ राधेराधे स्थित इगो सजिलो ट्रायल सेन्टरमा अभ्यासको लागि आएका ब्यक्तिहरुसँग उनीहरूले पास गराइदिन्छु भन्दै रकम माग गरेको प्रहरीको भनाइ छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

71%

खुसी

11%

दुःखी

8%

अचम्मित

3%

उत्साहित

8%

आक्रोशित

ट्रेन्डिङ

Advertisment