1. ताजा अपडेट
Comments Add Comment

एयरपोर्टमा पूजा र आँचलले गरे एक अर्कालाई वेवास्ता (फोटो फिचरसहित)

नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको शितयुद्ध चलेको लामै समय भैसकेको छ । पूजा र आँचल एक अर्कासँग नजिक छैनन् । झन्, नायिका पूजा शर्मालाई लक्षित गर्दै आँचलले एउटा स्टाटस लेखेपछि त यसले यी दुइको सम्बन्ध पानी बाराबारको अवस्थामा नै पुर्‍याइदिएको छ ।

आँचल र पूजाको सम्बन्धमा कतिसम्म तिक्तता छ भन्ने कुरा शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा देखिएको छ । जापानमा आयोजना हुन लागेको ‘सूर्य इन्टरनेशनल अवार्ड’का लागि आँचल र पूजासहित दर्जन बढी कलाकार जापान उडेका छन् ।

जापान उड्नुअघि त्रिभुवन विमानस्थलमा आँचल र पूजाले एक अर्कालाई इग्नोर गरेको स्पष्ट देखियो । यी दुई एक अर्काको नजिक त भए तर पनि बोलेनन् । अन्य चलचित्रकर्मीसँग अंकमाल गर्न र कुरा गर्न व्यस्त देखिएका दुइले एक अर्कालाई भने वेवास्ता गरेका थिए ।

चलचित्र नगरीमा कलाकारविचको यस्तो सम्बन्ध बेला बेलामा देखिने गरिन्छ । यसपटक भने पूजा र आँचलको यो सम्बन्धले जापानमा समेत चर्चा पाउने पक्का छ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

45%

खुसी

7%

दुःखी

23%

अचम्मित

10%

उत्साहित

14%

आक्रोशित

ट्रेन्डिङ

Advertisment