Comments Add Comment

साफ महिला च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा

२९ भदौं, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलमा समूह ‘ए’ मा परेको छ ।

साउथ एसियन फुटबल फेडेरेसनले आज (शुक्रबार) सार्वजनिक गरेको ड्र मा नेपाल समूह ए मा परेको हो । नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान परेका छन् ।

त्यस्तै, समूह ‘बी’ भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । साफ महिला च्याम्पियनसिप डिसेम्बर १७ देखि २६ तारिखसम्म हुदैछ । तर अहिलेसम्म आयोजक राष्ट्रको टुंगो भने लागिसकेको छैन ।

श्रीलंकाले आयोजना गर्ने दाबी गरे पनि साउथ एसियन फुटबल फेडेरेसनले तत्काल अनुमति दिएको छैन । साफ महिला च्याम्पियनसिप फुटबलको खेल तालिका केही दिनमा फेडेरेसनले सार्वजनिक गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment