Comments Add Comment

साफ यु-१५ च्याम्पियनसिपमा नेपाल समूह ए मा, पहिलो खेल पाकिस्तानसँग खेल्ने

२९ भदौ, काठमाडौं । नेपालमा आयोजना हुने साफ यु-१५ च्याम्पियनसिप फुटबलमा नेपाल समूह ए मा परेको छ ।

साउथ एसियन फुटबल फेडेरेसनले शुक्रबार सार्वजनिक गरेको समूहमा नेपाल ए मा परेको हो । समूह ए मा नेपालसँगै बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहेका छन् । त्यस्तै, समूह बी मा भारत, श्रीलंका र भुटान परेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अक्टोबर २५ देखि नोभेम्बर ३ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्नेछ ।

त्यस्तै, आफ्नो दोस्रो खेलमा नेपालले अक्टोबर २७ मा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको आफ्नो अन्तिम खेलमा २९ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment