Comments Add Comment

इटहरी उपमहानगरबारे मोवाइलबाटै थाहा पाउन सकिने

२९ भदौ, सुनसरी । हरित नगर सुनसरीको इटहरीबारे संसारभरबाट मोवाइलमै थाहा पाउन सकिने भएको छ ।

चार महिना भित्रमा इटहरी उपमहानगरको डिजिटल प्रोफाइल तयार गरी मोवाइल एप्समार्फत नगरका सवै तथ्यांक र जानकारी मोवाइलमै हेर्न सकिने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले जानकारी दिए ।

डिजिटल प्रोफाइल र मोवाइल एप बनाउने प्रक्रिया सुरु भइसकेको छ । डिजिटल नगर प्रोफाइल र एप वनाउनका लागि कार्य योजना तथा तयारी वैठक सम्पन्न भएको छ ।

इटहरीको नगर प्रोफाइल मोवाइल एप्समा समेटिने छ । अनलाइन र अफलाइन हेर्न सकिने निर्माणकार्यमा जुटेको संस्था दिगो विकास तथा शान्ति प्रवर्द्घन केन्द्रले जनाएको छ ।

प्रोफाइलमा इटहरीका प्रत्येक घरको सम्पूर्ण जानकारी समेटिने छ । घरको पारिवारिक विवरण जसमा घरका सबै सदस्यको नामथर, जन्ममिति, जात, धर्म, मातृभाषा, शैक्षिक अवस्था, बसोवास घरमै हो कि बाहिर बसोवासको अवस्था, पेशा, बैवाहिक अवस्था, अपाङ्गताको अवस्था, शैक्षिक स्थिति हुने छ ।

यस्तै घरमूलीको सम्पर्क नम्बर, बालश्रमिक राखेको छ कि छैन, एक वर्ष भित्रमा कसैको निधन भएको छ भने के कारणले निधन भयो सो सहितको जानकारी, स्वास्थ्य र ब्यक्तिगत बीमा गरिएको छ कि छैन ती सवै जानकारी समेटिने छन् ।

यसैगरी, घरको जीपीएस नम्बरसहित कुन रोड र वस्तिमा छ सो पनि जानकारी हुने छ ।

तथ्यांक संकलनका लागि ६१ जना गणकहरु एप र जीपीएस चल्ने मोवाइल वोकेर इटहरीका प्रत्येक घर पुग्ने छन ।

उनीहरुले डिजिटल प्रविधि मार्फतनै तथ्यांक संकलन गर्ने छन् । उनीहरु प्रत्येक घर पुगे पुगेनन जीपीएस प्रविधिमार्फत थाहा हुने छ । गणकहरुले असोज महिना भित्रमा तथ्यांक संकलन गरी सक्ने छन् ।

नगरप्रोफाइलमा नगरपालिकाको चिनारी, जनसंख्याको सबै पक्ष समेटिएको बिस्तृत जानकारी, आर्थिक बिबरण, भूउपयोग तथा स्वामित्वको अवस्था, कृषि तथा पशु विकासको अवस्था, पर्यटन, औद्योगिक विकास, सहकारी, ब्यापार तथा ब्यवसाय सम्बन्धी जानकारी समेटिने छ ।

यसैगरी बैंक तथा वित्तीय संस्था, शैक्षिक तथा मानव संसाधन विकास, स्वास्थ्य तथा पोषणको अवस्था, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा सामाजिक समावेशीकरणको अवस्था, संचारप्रविधि, आवास तथा भवन समेटिने छ ।

यस्तै संस्थागत तथा सुशासनको स्थितिका साथमा ऐन नीति नियम र कार्यप्रणाली राखिने छ ।

इटहरीका मेयर द्वारिकलाल चौधरी नगर प्रोफाइल इटहरीको विकास र सम्वृद्धिका लागि पहिलो खुडकिलो हुने जानकारी दिए ।

इटहरीलाई कस्तो बनाउने रणनीतिक योजना वनाउन नगर प्रोफाइल नभइ नहुने उनको भनाई छ । उपमेयर तथा प्रवक्ता लक्ष्मी गौतमले वैज्ञानिक तवरले योजना संचालन गर्न नगर प्रोफाइल विना ब्यवहारिक नहुने भएकाले यो अत्यन्तै जरुरी रहेको वताइन् ।

करलाई वैज्ञानिक र ब्यवस्थित वनाउन पनि नगर प्रोफाइलले सहयोग गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment