Comments Add Comment

कसरी पत्ता लगाउने बच्चा ट्रान्सजेण्डर हो कि होइन  ?

के हो ट्रान्सजेण्डर ? कसलाई भन्ने ? यो प्रश्न जो सकैको मनमा आउनु स्वभाविक होे । किनकी ट्रान्सजेण्डरको कुनै निश्चित अर्थ छैन । ट्रान्सजेण्डरलाई तेश्रोलिङ्गी, समलिंगीलाई पनि भन्ने गरिन्छ ।

चिकित्सकलाई आधार मान्ने हो भने अप्राकृतिक तरीका (मेडिकल साइन्सको सहायता)ले लिंग बदल्नुलाई नै ट्रान्सजेण्डर भनिन्छ । त्यस्तै, केटाले केटीको जस्तो व्यवहार देखाउँछ  र केटीले केटाको जस्तो व्यवहार देखाउँछ भने पनि त्यसलाई ट्रान्सजेण्डर भनिन्छ ।

केटीको रुपमा जन्म लिएर केटाको प्रवृत्ति हावी हुन् र केटाको रुपमा जन्म लिएर केटीको प्रवृत्ति हावी हुनु नै यस किसिमको अवस्था हो ।

ट्रान्सजेण्डरको परिभाषामा जे सुकै भएपनि मानिसको बोलीचाली, रहनसहन तथा लुगा लगाउने तरीकाले नै उनीहरुको जेण्डर (लिंग) पहिचान गर्न मद्दत गर्छ ।

तर कहिलेकाही बाल्यावस्थामा गरिने ससाना गतिविधिले पनि उनीहरुको जेण्डरबारे प्रश्नचिन्ह खडा गर्न सक्छ ।

सामान्यतया, वाल्यावस्थामा छोरीले पुतलीको सट्टा फुटबल खेल्न मन पराउँनु तथा छोरालेे फ्रक  लगाउनुलाई हाम्रो समाजले सामान्य मान्ने गर्छ । किनकी यो सामान्य पनि हो । तर बढ्दो उमेर सँगै उनीहरुको यस्तो बानी दैनिकी बन्न थालेमा भने उनीहरु प्रति प्रश्नचिन्ह खडा हुनसक्छ । किनकी, कुनै पनि बच्चा ट्रान्सजेण्डर भएमा उनीहरुले यस्ता लक्षण देखाउन थाल्छन् ।

बाथरुमको प्रयोग

सामान्यतया कुनै पनि बालक पुरुषकै बाथरुममा शौच गर्न रुचाउँछन् भने छोरीहरु महिलाले प्रयोग गर्ने बाथरुममै जान रुचाउँछन् । तर कहिले काही आफ्नो  जेण्डर (लिंग)का कारण  कुनै पनि पुरुष वा बालक  लिंग भन्दा फरक  विपरित लिङ्गीको बाथरुम प्रयोग गर्न रुचाउँछ भने त्यसबेला प्रश्न गर्न जरुरी छ कि उनीहरु विपरित लिङ्गीको बाथरुम किन प्रयोग गर्न चाहन्छन् ?

किनकी यसले पनि बच्चा ट्रान्सजेण्डर भएको स्पष्ट संकेत गर्दछ । त्यस्तै, यदी बच्चाले लिंग अनुसारको बाथरुपमा शौच गर्न असहज महसुष गरेमा पनि विशेष ध्यान दिन आवश्यक छ । किनकी ,त्यसले पनि बच्चा ट्रान्सजेण्डर भएको संकेत गर्न सक्दछ ।

लुगा लगाउने तरीका

बाल्यावस्थामा प्रत्येक मातापिताले बच्चालाई उनीहरुको मनमर्जी अनुसार लुगा लगाई दिने गर्छन् । तर जब बच्चाले विपरित लिङ्गीले लगाउने झै लुगाा लगाउन थाल्छन्, तब भन आमाबाबु सजग हुन आवश्यक छ । किनकी, बच्चा टान्सजेण्डर भएमा उनीहरुले यस्तो व्यवहार देखाउने गर्छन् ।

बोलीचाली       

कयौ बच्चाहरुको बोल्ने तरीकाले पनि उनीहरुको जेण्डरबारे बताउने गर्छ । विशेषगरी, उनीहरुको हाउभाउ, बोल्ने तरीका तथा आफूलाई चिनाउने तरीकाले पनि उनीहरुको बारेमा धेरै कुरा पत्ता लगाउन सकिन्छ ।

अर्को जेण्डरको गतिविधिप्रति बढी आकषिर्त हुनु

बच्चा अवस्थामा छोराले पुतली खेल्नु तथा छोरीले बलसित खेल्नुलाई हाम्रो समाजले सामान्य मान्ने गर्छ । जबकी कुनै पनि खेल खेल्दा बच्चाले देखाउने गतिविधि एकदम महत्वपूर्ण मानिन्छ । किनकी यस क्रममा उनीहरुले दर्शाउने गतिविधिले नै उनीहरुको बारेमा धेरै कुरा बताइरहेको हुन्छ ।

उदाहरणको लागि यदी कुनै बच्चा (छोरा)आफु सरहको बच्चासित खेल्नुको सट्टा मेकअप गर्न तथा छोरीको लुगा लगाउन बढी सहज महसुस गर्छ भने चाहीँ त्यसबेला उसले त्यस्ता गतिविधिबारे ध्यान दिनै पर्छ ।

हेयर स्टाइल 

यदी कुनै बच्चा आफ्नो  पर्सनालिटीलाई लिएर एकै किसिमको हेयर कट मन पराउँछ भने पनि यो एक किसिमको संकेत हो । त्यसैले, उनीहरुले आˆनो हेयर कटबारे के सोच्छन्, कस्तो हेयर कट गर्न रुचाउँछन् भन्ने कुराबारे जानकारी राखेर पनि उनीहरु ट्रान्सजेण्डर हुन् कि हैनन् भन्ने पत्ता लगाउन सकिन्छ ।

आफ्नो नाम मन नपर्नु

व्यक्तिको नाम नै उसको पहिचान हो । त्यसैले, यदी तपाईको बच्चा आफ्नो नामलाई लिएर खुशी छैन भने बुझ्नु पर्छ कि ऊ आफ्नो  लिङ्गलाई लिएर खुशी छैन । र, उनीहरुसित कुराकानी गरेर उनीहरुलाई उक्त नाम मन नपर्नुको कारण बारे बुझ्न आवश्यक छ । किनकी हुन सक्छ तपाईको बच्चा ट्रान्स जेण्डर हो र उसलाई तपाईले राखेको नाम भन्दा विपरित लिङ्गीको नामले बढी आर्कषण गर्छ ।

आफ्नो लिंगलाई लिएर दुखी हुनु

विशेषज्ञहरुका अनुसार आफ्नो गुप्ताङ्गलाई लिएर निराश हुने बच्चा सधैभरी दुखी हुने गर्छ । उनीहरु आफ्नो लिंगप्रति त्यति धेरै सहज नभएकै कारण उनीहरु प्राय उदास रहने गर्छन् । यसबाट के थाहा पाउन सकिन्छ भने, तपाईको बच्चा ट्रान्सजेण्डर हो र उनीहरुलाई सही सरसल्लाह दिन आवश्यक छ ।

 यस्तो समस्या भएमा बच्चासँग कुरा गर्ने

माथि उल्लेखित कुनै पनि लक्षण बच्चासित मेल खाएमा उनीहरुसित बसेर कुरा गर्न जरुरी छ । किनकी यी संकेतहरु ले नै बताउने गर्छ कि उनीहरुको दिमागमा कुनै कुरा  खेलिरहेको छ । र, उनीहरुको मनको कुरा बुझ्न तथा उनीहरुलाई सही बाटो देखाउनका लागि पनि उनीहरुसित गहिरो सम्बन्ध स्थापित गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment