Comments Add Comment

काभ्रेका साढे १५ हजार भूकम्प पीडितले अनुदान लिन सम्झौता गरेनन्

२९ भदौ, काभ्रे । पछिल्लो तथ्यांक अनुसार जिल्लामा ८२ हजार आठ सय ३३ भूकम्प पीडितको पहिचान भएको छ । तर, अझै साढे १५ हजार पीडितहरुकेा अनुदान रकमका लागि सम्झौता नै भएको छैन ।

अहिलेसम्म ६७ हजार २५९ परिवारले अनुदान सम्झौता गरेका छन् भने ४४ हजार ८६ परिवारले दोस्रो किस्ताको अनुदान लिइसकेका छन् । अन्तिम किस्ताका रकम १६ हजार १३४ परिवारले घर निर्माण सम्पन्न गरेर लिएका हुन् ।

‘जिल्लाका १५ हजार ५७४ परिवार मध्ये केहीले अनुदान सम्झौता आफ्नो स्थानीय तहमा गरिरहेका छन् भने केहीले सम्झौता गर्ने कुनै तरखर गरेका छैन्न ।’ जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालयका प्रमुख लोकनाथ रेग्मीले भने ।

‘जिल्लाको पछिल्लो अनुगमबाट नाम छुटेकाहरुका लागि पुनारावेदनको व्यवस्थापन गरेका छौं ।’ उनले अघि भने, ‘ ११८ परिवार आउनु भएको छ । हामी त्यस उपर स्थानीय तहसँग मिलेर सम्बोधनको गर्ने छौं ।’

अहिले पनि पीडितहरु टहरामै बसेका छन् । यसले गर्दा सुत्केरी, महिला, बालबालिका र जेष्ठनागरिकलाई अप्ठेरो हुने गरेको छ ।

तीन वर्षको अवधिमा आफूहरुले दुःखको जीवन विताइरहेको पाँचखालकी इन्द्रामाया दनुवारले गुनासो गरिन् । ‘छोरा सानो छ, अब कसरी हुर्काउ भाछ , आफू त जसो तसो दुःख गरिराछु,’ दनुवारले थपिन्, ‘ठूलो पानी आउदा थामिसक्नु हुँदैन ।’

यस्तै चण्डेनीकी ७८ वर्षीया कान्छीकुमारी तामाङले पनि भूकम्पपछिका दिनहरु निकै कष्टकर भएको बताइन् । ‘ठूलो पानी परेपछि बुढेउली ज्यान, खत्रक्क गल्छ,’ उनले भनिन्,’ अब म के गरु के नगरु, छोराबुहारीले घर बनाउँछौ त भनेका छन्, अहिले गाउँभरी पहिरो आछ, अब हिउँदमा पानी पाइँदैन । इन्द्रावतीबाट ल्याएर बनाउँदा कति पो पर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment